नेपालमा सूचीकृत आदिवासी जनजातिको वर्गीकरणअनुसार दश वटा समुदाय तथा जातिलाई लोपोन्मुखमा राखिएको छ। ती दश लोपोन्मुख जातिमध्ये एक हो हायु। यो नेपालको जातीय र भाषिक विविधताभित्र फरक पहिचान बनाएको जाति हो। लोपोन्मुख भाषाभाषीको सूचीमा राखिएको हायु जाति सानो सङ्ख्यामा रहेका छन्। हायु जाति सांस्कृतिक धरोहर, मौलिक जीवनशैली र ऐतिहासिक विरासतका दृष्टिले महत्त्वपूर्ण छ।
आजको युगमा हायु जातिको भाषा, संस्कृति र पहिचान संकटमा छ। शिक्षाको पहुँच नपुगेका, गरिबीले पिल्सिएका तथा सामाजिक–आर्थिक अवसरबाट पछि पारिएका हायुहरू आफ्नो मौलिक संस्कृति गुमाउने खतरा सामना गरिरहेका छन्।
हायु जातिको भाषा ‘हायु’ हो, जुन तिब्बती–बर्मेली भाषासमूहभित्र पर्छ। यो भाषा नेपाल सरकारद्वारा संरक्षित लोपोन्मुख भाषाहरूमा सूचीकृत छ। हायु जातिको मौलिक भाषिक स्वरूप र संस्कार उनीहरूको आदिम समयदेखिको सांस्कृतिक निरन्तरताको प्रमाण भएको आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ बताउँछन्।
विशेष गरी धर्म परिवर्तन, सहरी पलायन र नयाँ पुस्तामा मौलिक चासोको कमीका कारण हायु संस्कारहरू कमजोर बन्दै गएका आयोगका सदस्य गुरुङले बताए। उनका अनुसार हायु जातिका मानिसहरूको मानसिक रूपमा विकास नभएसम्म उनीहरूको जीवनस्तर सुध्रिन गाह्रो हुनसक्छ।
नेपाल सरकारले हायु जातिलाई आदिवासी जनजातिका रूपमा मान्यता दिएको भए पनि उनीहरूको जीवनस्तर उकास्ने ठोस योजना भने बनाएको देखिँदैन। यसका लागि शिक्षा, रोजगारी, भाषा संरक्षण र सांस्कृतिक पुनर्जागरणमा दीर्घकालीन रणनीति आवश्यक रहेको आयोगका सदस्य गुरुङको भनाइ छ।
‘हायु जातिलाई भत्ता मात्र दिएर हुँदैन। भत्ताबाट आएको पैसालाई कसरी व्यवस्थित तरिकाले खर्च गर्ने भन्नेबारे ज्ञान दिन जरुरी छ,’ उनले भने, ‘जबसम्म हायु जातिमा सचेतना आउँदैन, यस जातिमा विकास हुन सक्दैन।’
यिनीहरू नेपालका मौलिक जनजाति हुन्, जसको पहिचान भाषा, परम्परा र जीवनशैलीमा अभिव्यक्त हुन्छ। वर्तमान समयमा उनीहरूको भाषा र संस्कृति जोगाउन सरकार, संस्थाहरू र स्वयं समुदायको सक्रिय सहभागिता अपरिहार्य भएको छ। हायु जातिको समृद्ध इतिहास र परम्पराको संरक्षण नेपालकै विविधतायुक्त पहिचान जोगाउने दिशामा एक महत्त्वपूर्ण पाइला हुनसक्ने आयोगका सदस्य गुरुङले बताए।
हायु जातिलाई आर्थिक रूपले हेर्दा यिनीहरूको सम्पन्नता हुने प्रतिशतमा पनि भिन्नता रहेको देखिन्छ। अध्ययन प्रतिवेदनअनुसार यो जातिमा अति न्यून आर्थिक स्रोत भएकाहरूको संख्या ३४.९६ प्रतिशत, न्यून २१.०२ प्रतिशत, मध्यम २८.७४ प्रतिशत, उच्च ९.४५ प्रतिशत र अति उच्च ५.८३ प्रतिशत रहेको छ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालभर यो जातिको संख्या तीन हजार ६९ रहेको छ। त्यसअघि २०६८ को जनगणनाअनुसार हायु जातिको संख्या २९ सय २५ रहेको थियो। यसरी हेर्दा १० वर्षमा हायु जातिको संख्या बढेको देखिए पनि उनीहरूलाई लोपोन्मुख जातिको समूहमा राखिएको छ।