टक्कबहादुरले बनाए घरको छतमा 'नेपाल एयरलाइन्स'
१२ साउन २०८२
•
३ मिनेट पाठ
टक्कबहादुरले बनाए घरको छतमा 'नेपाल एयरलाइन्स'
जुम्लाको तातोपानी गाउँपालिका-५ लाम्रा गाउँका टक्कबहादुर नेपाली (सार्की) अहिले ४२ वर्षका भए। उनीमा बाल्य अवस्थादेखि नै विज्ञान र प्रविधि क्षेत्रमा निकै रुचि थियो। सार्की भन्छन्,'सानैदेखि काठ र माटाको गाडी, हेलिकप्टर, प्लेनजस्ता खेलौना बनाउने गर्थे। पढ्नेतिर खासै रुचि थिएन्।'




सार्की २०५८ सालमा एसएलसी अनुत्तीर्ण भएका हुन्। घरको जेठो सन्तान रहेका सार्कीले उच्च शिक्षा पढ्न भने पाएनन्। २०६० सालतिर उनी हाउस वायरिङ सम्बन्धी तालिम लिन नेपालगन्ज हानिए। सीप सिक्दै गर्दा सार्कीलाई वैदेशिक रोजगारमा जाने अवसर मिल्यो। विं स २०६२ सालमा वैदेशिक रोजगारीका लागि उनी मलेसिया पुगे।

मलेसियामा एक वर्ष मात्रै काम गर्दा भोगेको दुःख तथा पीडा,कष्टले टक्कबहादुरको जीवनको सिकाइ बन्यो। गाडीको पार्टपुर्जा बनाउने कम्पनीमा प्रोडक्सन अफिसरका रूपमा काम गर्दा उनले मासिक ४ सय १० मलेसियन रिंगेट तलब पाउँथे । ओभर टाइम काम गरेर कुनै महिना उनी १००० रिंगेटसमेत कमाउँथे ।

तर, सामान्यतया ६-७ सय रिंगेट जति मात्रै मासिक कमाइ हुन्थ्यो । त्यो पैसाले उनलाई त्यहीँ खान-बस्न धौधौ हुन्थ्यो। ‘मलेसियामा जुन प्रकारको सम्झौता भएको थियो, त्यो अनुसार काम थिएन। एकदमै दुःख र पिडादायीको काम थियो। काम गर्न नसकेर एक वर्षमै म नेपाल फर्किएँ,’ टक्कबहादुरले भने।

काम गर्न नसक्ने र त्यति दुःख नेपालमै गरे राम्रो कमाइ गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर उनी विं.स. २०६३ सालमा नेपाल फर्किए। नेपाल फर्किएपछि उनले विद्यालयमा पढाउन थाले निजी कोटाबाट। स्कुलमा पढाउँदा पढाउँदै उनले विद्युतीय भोटिङ मेसिन बनाएका थिए। उनले बनाएको भोटिङ मेसिनको चर्चा भयो। उनलाई त्यति बेला साबिकको लाम्रा गाविस कार्यालयले १० हजार रुपैयाँ दिएर पुरस्कृत गर्‍यो। तत्कालीन जिल्ला विकास समिति (जिविस)ले समेत उनलाई बोलाएर सम्मान गर्‍यो । उनलाई त्यो भोटिङ मेसिन काठमाडौं लगेर निर्वाचन आयोगलाई देखाउन सुझाव दिएका थिए। उनी भोटिङ मेसिन बोकेर जुम्लाबाट काठमाडौं पुगे।

उनले भोटिङ मेसिन निर्वाचन आयोगमा देखाए। निर्वाचन आयोगले सबै कुरा परीक्षण गरेपछि  ‘पेटेन्ट राइट’ परीक्षण गराउन उनलाई नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानमा जान भनियो । प्रतिष्ठानमा गएर परीक्षण गराउँदा त्यो मेसिनको पेटेन्ट राइट भारतसँग रहेको पत्ता लाग्यो ।

उनले भने, ‘यो मेसिन इण्डियामा बनेको रहेछ। उहाँहरूले यसको पेटेन्ट राइट इण्डियासँग छ, अब यो मेसिन बनाउनतिर नलाग्नुस् भन्नुभयो।’ यही क्रममा आफूलाई दिइएको सुझाव अनुसार टक्कबहादुर त्रिपुरेश्वरमा रहेको घरेलु तथा साना उद्योगको कार्यालय पुगे । त्यहाँ उनलाई खान–बस्नसहित सिक्ने व्यवस्था मिलाइयो । त्यहाँ उनले विभिन्न काम थाले, जुन सफल नभए पनि उनको जीवनको महत्त्वपूर्ण सिकाइ बन्यो ।

‘क्याप टोपीमा सोलार सिस्टम राखेर मोबाइल चार्ज गर्न मिल्ने बनाएँ । त्यस्तै साइकल चलाउँदा चार्जिङ हुने डायनामा समेत बनाएँ । त्यो दुवैले खासै प्रगति भएन,’ टक्कबहादुरले भने, ‘तर, त्यहाँबाट मलाई व्यवसाय गर्ने आइडिया आयो।’

टक्कबहादुरले २०७४ सालमा प्याराग्लाइडिङ समेत बनाएका थिए। त्यो बनाए बापत उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाएका थिए। उनले युट्युब हेरेरै बनाएको प्याराग्लाइडिङको परीक्षण सफल भएको थियो । त्यो बेला उनले विभिन्न निकायबाट सात लाख रुपैयाँको पुरस्कार पाएका थिए । तर, व्यावसायिक उडान अनुमति नपाएपछि उनले बनाएको प्याराग्लाइडिङ त्यत्तिकै घरमा थन्किएको छ।

अहिले टक्कबहादुरले आफ्नो घरको छतमा नेपाल एयरलाइन्स प्लेनको आकृति बनाएका छन्। जुम्लाको तातोपानी गाउँपालिका-६ हियाँखोलामा नवनिर्मित घरको छतमा उनले नेपाल एयरलाइन्सको प्लेनको आकृति बनाएका हुन्। यसमा झण्डै १ लाख रुपैयाँको लगानी गरिएको बताए।

सिमेन्ट, बालुवा, गिट्टी र सरिया बाट निर्माण गरिएको छ। उनले भने,'तल पसल छ। माथि नेपाली ध्वजा बाहक एयरलाइन्स नेपाली झण्डा अंकित गरिएको छ। टक्कबहादुरको घर कता छ ? भन्दा प्लेन भएको घर हो भनेर सजिलै चिन्न सकियोस् र राम्रो चिटिक्क देखियोस् भनेर बनाएको छु।'

सार्कीको घर कर्णाली राजमार्गको आडैमा भएकोले दिनप्रतिदिन हेर्ने, अवलोकन गर्ने, फोटा खिच्ने र टिकटक भिडियो बनाउन आउने गर्दछन्। 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस