अदालतको आदेशपछि पनि सरकारी जग्गा व्यक्तिकै कब्जामा
२२ वैशाख २०८३
•
२ मिनेट पाठ
अदालतको आदेशपछि पनि सरकारी जग्गा व्यक्तिकै कब्जामा
२०४३ सालदेखि अतिक्रमणको चपेटामा परेको भेरीगंगा नगरपालिकाको ठकुरी टोल। तस्बिरः नगेन्द्र/नागरिक
भेरीगंगा नगरपालिकाको प्रशासनिक भवन र इलाका प्रहरी कार्यालय छिन्चुसँगै जोडिएको छ, ठकुरी टोल। यही टोलको सात रोपनी जमिन २०४३ सालदेखि व्यक्तिको ‘कब्जा’मा छ। २०४३ सालमा स्थानीय भवीलाल सुनारले ‘कब्जा’ गरेको जमिनमा अहिले १० वटा पक्की घर, केही टहरा र क्रिस्चियन धर्मावलम्बीहरूले चर्च छ।




जिल्ला अदालत सुर्खेतले १८ वर्षअघि ठकुरीटोलको उक्त जमिन सरकारी ठहर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जमिन खाली गरेर संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय र भेरीगंगा नगरपालिकालाई पटक–पटक पत्राचार गरेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन। अतिक्रमण गरिएको जमिनमा पूर्व प्रदेशसभा सदस्य ठम्मर विष्ठको पनि घर छ।  

मेयर यज्ञप्रसाद ढकालले पटक–पटक सूचना जारी गरे पनि सरकारी जमिन खाली गर्न नसकेको बताए। उनले नगरपालिका एक्लैले बस्ती खाली गराउन नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागिएको बताए।  

‘नगरपालिकाले खाली गराउन सक्ने अवस्था छैन, हामीसँग प्रहरी छैन,’ मेयर ढकालले भने, ‘सरकारी जमिन खाली गराउने दायित्व प्रशासनको हो, अहिलेसम्म खाली भएको छैन।’ उनले ठकुरी टोलको जमिनका सन्दर्भमा जिल्ला प्रशासनले मागेका आवश्यक कागजातहरू पठाइएको जानकारी पनि दिए।  

तत्कालिन राप्ती अञ्चल क्षेत्रीय बसोबास कार्यालय सुर्खेतले नापनक्सा गरी फिल्डबुकसमेत आफ्नो नाममा कायम गरिसकेको जमिनमा छिन्चु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सार्वजनिक खानेपानी ट्याङ्की निर्माण गरेको भन्दै २०६४ सालमा भवीलालले जिल्ला अदालत सुर्खेतमा जग्गा खिचलो मुद्दा दायर गरेका थिए।

जिल्ला न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले २०६५ साल माघ २२ गते गरेको फैसलामा मालपोतलगायत सरोकारवाला कार्यालयमा उक्त सात रोपनी जमिन भवीलालको नाममा नदेखिएको र झुठा मुद्दा दायर गरिएको भन्दै उजुरीकर्ताको कोर्टफि जफतको फैसला गरेको थियो।  

‘वादीको दावी अनुसार जग्गा उनकै हो भनि स्थापित हुन नसकेकोले जग्गा खिचलोतर्फ विचार गरिरहनु परेन्,’ जिल्ला न्यायाधीश थापाको एकल इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दामा मुलुकी अ.बं. १८० नं. बमोजिम दाबीको फिराद खारेज हुने ठहर्छ।’ फैसलामा उजुरीकर्तालाई पनि सजाय तोकिएको छ। ‘इन्साफ खण्डमा लेखिए बमोजिम दाबी खारेज हुने ठहरी फैसला भएकोले वादीलाई केही सजाय गर्नुपर्छ कि भन्नलाई वादीले सुरु फिराद दायर गर्दा रु. चार हजार एक सय ७८ रुपैयाँ कोर्टफि राखी दायर गरेको देखिँदा,’ फैसलामा भनिएको छ, ‘उक्त कोर्टफि जफत हुन्छ, अरु केही गरिरहन परेन।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अतिक्रमित जमिन खाली गराउने प्रक्रिया सुरु गरेको छ। सोमबार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सडक डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका प्रमुखहरूसँग भएको छलफलमा जिल्ला प्रशासन कार्यालयले एक साताभित्र सबै कार्यालयहरूले एक साताभित्र अतिक्रमण भएको सरकारी जमिनको विवरण संकलन गर्न र हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
अर्को समाचार
अदालतको आदेशपछि पनि सडकको जग्गा व्यक्तिकै कब्जामा
०८ पौष २०७६
•
६ मिनेट पाठ
अदालतको आदेशपछि पनि सडकको जग्गा व्यक्तिकै कब्जामा
रुद्र खड्का/नगेन्द्र उपाध्याय




काठमाडौं – देशकै राजधानी काठमाडौंमा ललितानिवासस्थित सरकारी जग्गा भूमाफियाले कब्जा गरेको सन्दर्भ चर्चामा रहेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि यस्तै प्रकृतिको घटना देखिएको छ।

तीनै तहका अदालतले सार्वजनिक ठहर गरिसकेको वीरेन्द्रनगर नगरपालिका–६ स्थित जुम्ला–सुर्खेत सडकसँग जोडिएको करोडौं मूल्य पर्ने जमिन केही व्यक्तिले वर्षौंदेखि अनधिकृत रूपमा उपभोग गर्नुका साथै बेचबिखन पनि गरेको पाइएको छ। २०३६ सालमा सडक विभागले स्थानीय लीलबहादुर भण्डारीसँग ३९ हजार रूपैयाँमा अधिग्रहण गरेको १६ कट्ठा १३ धुर जमिनमध्ये आठ कट्ठा जग्गा उनले आफ्नै कब्जामा राखेर बेचबिखनसमेत गरेको खुलेको छ।

‘२०३६ मा भण्डारीलाई मुआब्जा दिएर १६ कट्ठा १३ धुर जग्गा अधिग्रहण गरिएको रहेछ’, सडक विभागका अधिकारीले भने, ‘त्यसमध्ये सुर्खेत–जुम्ला सडक बनाउँदा आठ कट्ठाजति जमिन बचको रहेछ। सोही जमिनलाई पुनः भण्डारीले मालपोत र नापीका कर्मचारीलाई प्रभावमा पारी आफ्नो नाममा सारेपछि विवाद सुरु भएको हो।’

अनधिकृत रूपमा जग्गा उपभोग गरिरहेका व्यक्तिलाई जिल्लाका केही राजनीतिक दलका अगुवाले साथ दिएका कारण स्थानीय प्रशासनले अदालतको फैसला कार्यान्वयन गर्न नसकेको बताइएको छ। सडकसँग मुआब्जा लिइसकेको मंगलादेवीदेखि एरी चोकसम्मको उक्त जग्गामध्ये भण्डारीका छोरा इन्द्रले अरूलाई बिक्री गर्दा विवाद थप पेचिलो बनेपछि स्थानीयले सार्वजनिक सरोकारको विषयमा अदालतको ढोका ढकढक्याएका थिए।

२०६८ मा अधिवक्ता रामलाल पोखरेलसहित चारजनाले जिल्ला अदालतमा दायर गरेको सार्वजनिक सरोकारको उक्त मुद्दामा तीनै तहका अदालतले एकैखाले (त्यो जग्गा सरकारी नै भएको) फैसला गर्दै आएका छन्। २०७१ असार १९ मा व्यक्तिद्वारा कब्जा गरिएको जमिन सरकारीकरण गर्न सुर्खेत जिल्ला अदालतले गरेको फैसलालाई २०७२ भदौ २९ मा पुनरावेदन अदालत सुर्खेतले सदर गरेको थियो। तत्कालीन जिल्ला र पुनरावेदन अदालतले गरेको फैसलामा चित्त नबुझाई विपक्षी भण्डारी सर्वोच्च अदालत पुगेका थिए। तीन वर्षअघि सर्वोच्चले पनि तल्ला दुई अदालतको फैसलालाई सदर गरेको थियो। न्यायाधीश (हाल प्रधानन्यायाधीश) चोलेन्द्रशमशेर राणा र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ मंसिर १ मा जिल्ला र पुनरावेदन अदालतको फैसला सदर गरेको थियो।

स्थानीय प्रशासनले भने अदालतको फैसलाअनुसार अझै पनि उक्त जमिन सरकारीकरण गर्न सकेको छैन। अधिवक्ता पोखरेलले फैसला कार्यान्वयनका लागि पटकपटक निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरे। ‘सरकारी जग्गा संरक्षणका लागि पहल गरियो,’ उनले भने, ‘तीनै तहका अदालतले सरकारी जग्गा संरक्षण गर्न फैसला दिँदा पनि कार्यान्वयन हुन सकेको छैन।’ तीनै तहका अदालतले सरकारीकरण गर्न फैसला गर्दा समेत कार्यान्वयन हुन नसकेपछि कानुनी शासनमै प्रश्न उठेको सडक विभागका अधिकारीहरू बताउँछन्।

तीन वर्षअघि सर्वोच्चले गरेको फैसला अझै कार्यान्वयन नहुँदा सडक डिभिजनको उक्त जग्गा सधैंका लागि गुम्ने खतरा देखिएको कतिपय अधिकारी बताउँछन्। ‘अदालतको फैसलालाई स्थानीय प्रशासनले कार्यान्वयन गर्न नसक्दा कानुनी शासनमा विश्वास गर्ने पनि निराश छन्,’ ती अधिकारीले नागरिकसँग भने। सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले यतिखेर देशभरि नै सार्वजनिक जग्गा संरक्षणमा समस्या देखिएको बताए।

‘सडक विभागको नाममा रहेका कतिपय जग्गा व्यक्तिले, कतिपय जग्गा अन्य सरकारी निकायले समेत उपभोग गरिरहेका छन्,’ उनले भने, ‘विभागले सक्ने ठाउँमा फिर्ता ल्याएको छ। नसक्ने ठाउँको जग्गा अरूले नै उपभोग गरिरहेका छन्।’ आफैंले सडक विभागलाई बिक्री गरेको जमिन मालपोतका कर्मचारीसँग मिलेमतो गरेर आफ्नो बनाएपछि उक्त विवाद जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुगेको थियो।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अदालतको फैसला अब भने जसरी पनि कार्यान्वयन हुने दाबी गरे। ‘सडक विभागले मुआब्जा दिएर अधिग्रहण गरेको जमिन पुनः तिनै व्यक्तिले कब्जा गरेका रहेछन्,’ उनले भने, ‘जुन कुरा अदालतले पनि फैसला गरिसकेको छ,’ अब कब्जा गरिएको जग्गा चाँडै सरकारीकरण हुन्छ।’
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस