यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई गगनको आश्वासनः पार्टीका विभिन्न तहमा प्रतिनिधित्व गराउँछु
०५ जेष्ठ २०८३
•
४ मिनेट पाठ
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई गगनको आश्वासनः पार्टीका विभिन्न तहमा प्रतिनिधित्व गराउँछु
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका विभिन्न तहमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन्। पार्टी सभापति थापाले पार्टीका प्रत्येक तहमा सबै समुदायको सहभागिता सुनिश्चित गर्ने नीति अनुरूप लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि जिम्मेवारीमा ल्याउने चाहना रहेको बताएका हुन्।  




मायाको पहिचान नेपाल र क्वयेर नेपालका प्रतिनिधिहरूसँग नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भएको छलफलमा सभापति थापाले कांग्रेस यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई स्वागत गर्ने पार्टी भएको उल्लेख गरे। उनले समुदायका व्यक्तिहरू पार्टीका विभिन्न तहमा आएर सक्रिय भएमा समुदायसँग सम्बन्धित विषयलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

“पार्टीका विभिन्न तहमा आउनु भयो भने यो विषय सम्बोधन गर्ने कुरामा मद्दत पुग्छ,” सभापति थापाले भने। उनले कांग्रेसभित्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक विभाग गठन गर्ने मागबारे आफूहरू पनि गम्भीर रहेको जनाउँदै पार्टी छुट्टै विभाग गठन गर्न तयार रहेको बताए।

सभापति थापाले पछिल्लो समय पार्टीले गरेका कमजोरी सुधार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सबै समुदायलाई पार्टी संरचनामा सहभागी गराउने नीति कांग्रेसले अघि सारेको बताए। उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई पार्टीका विभिन्न जिम्मेवारीमा राख्ने चाहना रहेको स्पष्ट पारे।

“भूमिका महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, केही समय हामीसँग काम पनि गर्नुभयो। त्यो बेला हाम्रो पनि कमजोरी भयो होला, जसरी ठाउँ दिँदै लिएर जानु पर्ने थियो, हामी कहीँ न कहीँ चुक्यौँ होला भन्ने लाग्छ मलाई,” उनले भने, “हामीले तपाईँहरूको कम्युनिटीबाट पनि केही साथीहरूलाई पार्टीका विभिन्न जिम्मेवारीमा राख्न चाहन्छौँ, जसले गर्दा हामी जहाँ बसेर छलफल गर्छौँ, निर्णय गर्छौँ, त्यो आवाज त्यहीभित्र आओस् भन्ने चाहना रहन्छ।”

उनले पहिलो संविधानसभाको समयमा अल्पसंख्यक अधिकारका विषयमा पर्याप्त संवेदनशीलता र बुझाइ नभए पनि नेपाली कांग्रेसले त्यसलाई ग्रहण गर्दै संविधानमा समावेशी अधिकार सुनिश्चित गर्न भूमिका खेलेको बताए।

सभापति थापाले सुनिल बाबु पन्तको योगदानको समेत स्मरण गरे। संविधानको मौलिक हकसम्बन्धी विषयमा भएको बहसमा सुनिल बाबु पन्तले आफूहरूलाई धेरै विषयमा सचेत र शिक्षित बनाएको उनले बताए।

“सुनिल बाबुले हामीलाई एजुकेट गर्नु भएको हो। यो विषय किन आवश्यक छ, अझ धेरै कुरा किन समेटिनुपर्छ भन्ने बहसहरू त्यो बेला भएका थिए,” उनले भने, “संविधानमा जे जति कुरा समावेश भए, त्यहाँसम्म पुर्‍याउने काममा सुनिल बाबुको ठुलो भूमिका थियो।”

संविधानमा समावेश गरिएका मूल्य र अधिकारलाई कानुनमार्फत पूर्ण रूपमा कार्यान्वयन गर्ने विषयमा अपेक्षित गतिमा काम हुन नसकेको स्वीकार गर्दै सभापति थापाले समावेशिताको अर्थ आफैँमा निकै व्यापक र गम्भीर रहेको आफूले पछिल्लो समय थप महसुस गरेको बताए।

सभापति थापाले नेपाली कांग्रेसले पछिल्लो समय पार्टी विधानमै सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको बताए। अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका लागि समेत विशेष स्थान राखिएको उल्लेख गर्दै उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका इच्छुक व्यक्तिहरूलाई पनि पार्टीका विभिन्न तहमा सहभागी हुन आग्रह गरे।

उनले नेपाली कांग्रेसलाई केवल एउटा सङ्गठनभन्दा पनि एउटा विचारको रूपमा बुझ्नुपर्ने धारणा राखे। “नेपाली कांग्रेसले सबै मानिस स्वतन्त्र छन् भन्ने कुरामा विश्वास गर्छ। सबैको समान अधिकार, समानता र समावेशितामा विश्वास गर्छ,” उनले भने, “समाजभित्र सबैको आफ्नै स्पेस होस्, सबैको गरिमा सुरक्षित भए मात्र समाज शान्तिपूर्ण र प्रगतिशील बन्न सक्छ भन्ने विश्वास कांग्रेसले गर्छ।”

सभापति थापाले ‘समुन्नति’ र ‘समृद्धि’ फरक अवधारणा भएको उल्लेख गर्दै विकासका नाममा नागरिकको गरिमा र अधिकारलाई बेवास्ता गर्न नहुने बताए। उनले काठमाडौँका अव्यवस्थित बस्ती हटाएर शहर सफा बनाउनु मात्र समृद्धि हुन सक्ने तर त्यहाँ बस्ने मानिसहरूको अवस्था, विकल्प र अधिकार नहेरी गरिने विकासलाई समुन्नति भन्न नसकिने धारणा राखे।

“सबैभन्दा ठुलो कुरा मान्छेको डिग्नीटीको कुरा हो, उसको अधिकारको कुरा हो,” उनले भने, “हाम्रा पोलिसीहरुले र कामहरूले त्यही आधार पछ्याउनुपर्छ।”

सभापति थापाले नेपाली कांग्रेसको ऐतिहासिक राजनीतिक सङ्घर्ष स्मरण गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारका लागि पार्टीले लामो समय प्रतिबन्ध र दमन भोगेको बताए। नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला जेल जानुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले कांग्रेस अहिले पनि नागरिक स्वतन्त्रता र अधिकारको पक्षमा दृढ रहेको बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२२ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस