मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृ’त्यु
०१ मंसिर २०८३
•
१ मिनेट पाठ
मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृ’त्यु
बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ।




बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका बुवा ६६ वर्षीय दलबहादुर खत्री सवार मोटरसाइकल गुलरिया–११ लालपुरमा मिनीफोर्स बससँग ठोक्किँदा उनीहरुको निधन भएको थियो।

बाबु–छोराको एकसाथ निधन भएपछि सिङ्गो चिलहरिया गाउँ शोकमग्न भएको स्थानीय जुद्ध पुनले बताए।

भारतमा रोजगारी गर्दै आएका उनीहरु तिहार मनाउन नेपाल फर्किएका थिए। बर्दियाको गुलरियामा छोरी भेट्न जाने क्रममा उक्त घटना भएको थियो।

गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को  मिनि फोर्स गाडी र नेपालगञ्जबाट गुलरियातर्फ गइरहेको भारतीय मोटरसाइकल एकआपसमा ठोकिएको थियो।

त्यस सडक दुर्घटनामा बाबु–छोराको ज्यान गएपछि आफन्त र छिमेकी गाउँवासीले दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्ज–राजापुर सडक अवरुद्ध पारे पनि सवारीधनी सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जोहरी दर्ता गरेर फर्किएको राप्ती सोनारी गाउँपालिका–५ का वडाध्यक्ष झगरु थारुले बताए।

मृत्यु भएको तीन दिन बित्दासम्म निकाश ननिस्केपछि  मुद्दा दर्ता गर्ने सहमतिमा बाबु–छोराको शव आफन्तजनले बुझेका छन्। मृतक बाबु–छोराको आज स्थानीय अगैयाघाटमा दाहसंस्कार गरिएको वडाध्यक्ष थारुले बताए।

स्थानीय अगुवा तारा ओलीले चाडपर्वको बेला परदेशबाट घर फर्किएका बाबु–छोरालाई सडकमै गुमाउनुपर्दा सिङ्गो बिनौनावासी नै स्तब्ध र शोकमग्न रहेको प्रतिक्रिया दिए।

उनले भने, ‘चाडपर्व मनाउन घर फर्किएका बाबु–छोराको अकाल मृत्युले खत्री परिवारको सहारा खोसिएको छ भने असुरक्षित सडक यात्राले फेरि एकपटक ग्रामीण बस्तीमा कहिल्यै निको नहुने घाउ छाडेको छ।’
अर्को समाचार
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु
३० मंसिर २०८१
•
१ मिनेट पाठ
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु
मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।




घिनाघाट–विराटचोक सडक खण्डअन्तर्गत झोराहाट चोकस्थित नहरको पुलमा आइतबार बिहान १ बजेतिर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

दुर्घटनामा परी कटहरी गाउँपालिका– १ का ४५ वर्षीय उमेश मरिक र उनका २२ वर्षीय छोरा आशिक मरिकको मृत्यु भएको हो।

प्रहरीका अनुसार प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आशिकले चलाएका थिए। तीव्र गतिमा रहेको मोटरसाइकल आफै अनियन्त्रित हुँदा नहरको पुलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङ होम पठाएको थियो। अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस