रासायनिक मल लिन घण्टौँ लाइन बसेका किसान फर्किए रित्तै हात
१८ साउन २०८२
•
२ मिनेट पाठ
रासायनिक मल लिन घण्टौँ लाइन बसेका किसान फर्किए रित्तै हात
बाँकेको कोहलपुरमा आइतबार बिहान रासायनिक मल लिन पुगेका किसानहरू। तस्बिर: दिपेन्द्र शाही
कोहलपुरको साझा चोकस्थित सहकारी संस्था लिमिटेड अगाडी आइतबार बिहान घण्टौँ समयसम्म लाइनमा उभिएका किसानहरू रासायनिक मल नपाएर अन्ततः रित्तै हात घर फर्किए । उक्त सहकारी संस्थाले सार्वजनिक सूचनामार्फत आफ्ना शेयर सदस्य (किसान) हरूलाई प्रतिव्यक्ति २० किलोका दरले मल वितरण गर्ने भनी आइतबार बोलाएको थियो।  




सोही सूचना अनुसार किसानहरू बिहान ४ बजेदेखि नै लाइनमा उभिए । सहकारी संस्थाको कार्यालयमा किसानहरू यति धेरै उपस्थित भए की वितरण गर्न नै कठिन भयो । भिड व्यवस्थापन गर्न प्रहरी नै परिचालन गरियो । तरपनि सहकारी संस्थाले मल वितरण गर्न सकेन । भोक भोकै घण्टौँ समयसम्म लाइनमा उभिएका किसानहरू अन्ततः मल नपाएर रित्तो हात घर फर्किनुपर्‍यो ।  

सहकारी संस्थाले पुनः अर्को सूचना निकालेर किसानको धेरै भिड बढेका कारण रासायनिक मल वितरण गर्न नसकिएको भनेको छ । ‘जाबो २० किलो मलका लागि बिहानभर लाइनमा उभियौँ, तरपनि मल नपाएर रित्तो हात घर फर्किनुपर्‍यो,’ किसान शेरबहादुर खड्काले भने, ‘कृषि प्रधान देशमा हामी किसानको यो अवस्था छ । ’

सहकारी संस्थाका अध्यक्ष पारशनाथ थारुले मलको मौज्दात भन्दा किसान बढी उपस्थित भएका कारण वितरण गर्न नसकिएको बताए । उनका अनुसार उक्त सहकारी संस्थामा १० हजार ३ सय जना सदस्यहरू छन् । सहकारी संस्थाले माग अनुसारको मल नपाउँदा वितरणमा समस्या आएको उनले सुनाए । गत असारमा सहकारी संस्थाले १ सय ८० बोरा रासायनिक मल सहज रुपमा वितरण गरेपनि यसपटक २ सय बोरा मल वितरण गर्न समस्या भइरहेको अध्यक्ष थारु बताउँछन् ।  

कोहलपुरमा जस्तै बाँकेका ८ वटै स्थानीय तहमा रासायनिक मल वितरण गर्न सहकारी संस्थाहरूलाई हम्य–हम्य परिरहेको छ । जिल्लाको नेपालगन्ज, खजुरा, डुडुवा, जानकी, राप्ती सोनारी, नरैनापुर, बैजनाथमा पनि किसानहरू दिनहुँ सहकारी संस्थामा लाइन लागेर रित्तो हात फर्किने गरेका छन् ।  

सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसन हुँदै कृषि सहकारी संस्थामार्फत किसानलाई वर्षेनी रासायनिक मल वितरण गर्ने व्यवस्था मिलाएको छ । तरपनि हरेक वर्ष खेतीको समयमा किसानले पर्याप्त मात्रामा मल पाउँदैनन् ।  

किसानले मल नपाउनुमा सरोकारवाला निकायको आ–आफ्नै तर्क छन् । कृषि सामाग्री कम्पनी लिमिटेडका नेपालगन्ज शाखा प्रमुख पुष्पराज श्रेष्ठ लक्ष्य अनुसार रासायनिक मल प्राप्त नहुँदा किसानलाई पुर्‍याउन समस्या भएको तर्क गर्छन् । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार मेट्रिक टन युरिया, २ हजार पाँच सय मेट्रिक टन डिएपी, ३ सय मेट्रिक टन पोटास वितरण गर्ने लक्ष्य रहे पनि प्राप्त नै हुन सकेको छैन । उक्त आर्थिक वर्षमा युरिया मल ४ हजार ८ सय ४५ मेट्रिक टन, डिएपी २ हजार ९ सय ८ मेट्रिक टन र पोटास २ सय ७१ मेट्रिक टन आएको कम्पनीले जनाएको छ । केन्द्रबाट माग अनुसारको मल नआउँदा सहकारीमार्फत किसानलाई वितरण गर्न समस्या भएको उनले सुनाए । ‘माग अनुसार मल नआउँदा समस्या भएको हो,’ श्रेष्ठले भने ।  

उता कृषि सामाग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयका सूचना अधिकारी  पुण्यप्रसाद उपाध्यायले निर्धारित कोटा अनुसार रासायनिक मल जिल्लामा पुगिरहेको बताए । ‘मलको समस्या छैन, निर्धारित कोटा अनुसारको मल पुगिरहेको छ,’ उनले नागरिकसँग टेलिफोनमा भने । 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस