जुम्लाको पातारासी गाउँपालिका उर्थुचौतारा गाउँका हिक्मत बिष्ट स्याउ किसान मध्ये उत्कृष्ट किसानका रुपमा चिनिन्छन्। उनको बगैँचामा दुई हजार स्याउ बिरुवा छ। बिष्ट उक्त गाउँकै बढी स्याउ लगाउने किसान हुन् । हिक्मतले गत वर्ष मात्रै १५ लाख रुपैयाँको स्याउ बिक्री गरे। उनका अनुसार हरेक बर्ष उनले १२ लाख देखि १५ लाख रुपैयाँ स्याउ बिक्री गरिरहेका छन्।
तर, यो वर्ष बगैँचामा ५० क्विन्टल स्याउ मात्रै फल्यो। उनी निकै चिन्तित देखिन्छन्। उनले भने,'उर्थुचौतारा गाउँभरिमा सबैभन्दा बढी स्याउ फलाउँथे। तर,यो पटक उत्पादन कम भयो। कमाइ पनि राम्रो भएन। फलेको स्याउ निकै गुणस्तरको फल्यो ।’
यस्तै अर्का किसान अधिराज विष्टले पनि उस्तै गुनासो पोखे। उनको पनि एक हजार २ सय स्याउ फल्ने बिरुवा छन्। विगतका हरेक बर्ष ५ देखि ७ लाख बराबरको स्याउ बेच्थे। राम्रो आम्दानी हुन्थ्यो। घर परिवारको खर्च बालबालिका कापी कलम, स्कुल पोसाक लगायतको खर्च टर्थ्यो। तर, अहिले स्याउ उत्पादन हुन सकेन्। यो वर्ष ७ कार्टुन स्याउ फल्यो,बेच्नु भन्दा पनि बाहिर चिनजानका साथीहरूलाई कोसेली पठाउन पनि खरिद गर्नु अवस्था छ। अधिराजले भने, 'मेरो मात्रै होइन पातारासी क्षेत्रमा २० प्रतिशत स्याउ फल्यो।'
उर्थु गाउँ पातारासी क्षेत्रकै बढी स्याउ उत्पादन हुने गाउँका रुपमा प्रख्यात छ। तर,१० प्रतिशत मात्रै स्याउ उत्पादन भएको उनले बताए। यता उर्थुचौतारा गाउँका प्रदीप विष्ट स्याउ किसान सँगै व्यापारीका हिसाबले परिचित छन्। प्रदिपले छिमेकीको स्याउ हरेक वर्ष धनगढीमा लैजान्छन् । गत वर्ष उनले १० गाडी स्याउ धनगढी पुर्याएका थिए। तर यो वर्ष ४ गाडी स्याउ पुर्याउन कठिन भयो।प्रतिकेजी ७० रुपैयाँमा स्याउ खरिद गरेका प्रदीपको आफ्नै बगैँचाको उत्पादन पनि निकै कम भयो । गत वर्ष एक गाडी स्याउ आफ्नै बगैँचामा फलेको थियो । यो वर्ष तीन क्विन्टल स्याउ मात्रै फल्यो ।
उनले भने, ‘बजारमा स्याउको माग अधिक छ । तर स्याउ कम फलेकोले पुर्याउन मुस्किल छ ।’ स्याउको फूल लाग्ने समयमा अत्याधिक पानी परेको, कालो तुसारो लागेको र रोग किराको सङ्क्रमणका कारण बगैँचा रित्तो देखिएको बिष्ट बताउँछन् । उर्थुचौतारा गाउँमा र १ सय ५० घरधुरी छ। स्याउ बेचेर निकै कम कमाउने घरले न्यूनतम १ लाख रुपैयाँ कमाउँछन्। अधिकतम १५ लाख रुपैयाँसम्म कमाइ हुन्थ्यो। विडम्बना यो वर्ष अधिकतम आम्दानी गर्नेले ५ लाख रुपैयाँ गर्न नसकिने अवस्था छ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गत वर्ष भन्दा उत्पादन घटेकाले किसानको आम्दानी पनि घट्ने कार्यालयको अनुमान छ ।कार्यालय जुम्लाका अनुसार यस वर्ष ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जुम्लाले बेचेको हो।२० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो। जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ।