पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड
०१ मंसिर २०८३
•
३ मिनेट पाठ
पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड
हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ।




यहाँको गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन्। यस्तै ओझेलमा परेको रसुवाको नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड।

समुद्री सतहबाट करिब चार हजार ५५० मिटरको उचाइमा अवस्थित यो कुण्ड जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित छ। स्थानीयस्तरमा यसलाई पाल्दोर कुण्डका नामले चिनिन्छ।

हिमालबाट निरन्तर भरिने यस कुण्डको पानी स्वच्छ, पारदर्शी र अत्यन्त चिसो छ। कुण्डको वरिपरि फैलिएका अल्पाइन घाँसेमैदान, चट्टानी भूभाग र हिमाली वनस्पतिले यहाँको प्राकृतिक छटालाई थप मनमोहक बनाएको छ। विशेषगरी गर्मी समयमा फुल्ने दुर्लभ हिमाली फूलले प्रकृतिप्रेमीलाई आकर्षित गर्दछ। मौसम सफा भएको समयमा कुण्ड परिसरबाट वरिपरिका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।

प्राकृतिक सुन्दरताका साथै डिल्पु कुण्डको धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ। स्थानीय तामाङ समुदायले यस कुण्डलाई पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्ने परम्परा छ। लिखित ऐतिहासिक अभिलेख नभए पनि पुस्तान्तरण हुँदै आएका मौखिक जनश्रुतिले यस स्थानलाई आस्थाको केन्द्रका रूपमा स्थापित गरेको छ। विशेष पर्व तथा अवसरमा स्थानीय बासिन्दा यहाँ पुगेर पूजाआजा र धार्मिक अनुष्ठान गर्ने गर्दछन्।

डिल्पु कुण्ड पुग्न काठमाडौंबाट सडक मार्ग हुँदै रसुवाको सदरमुकाम धुन्चे र त्यहाँबाट चिलिमेसम्म पुग्न सकिन्छ। चिलिमेबाट स्थानीय पदमार्ग पछ्याउँदै साञ्जेन क्षेत्र र त्यहाँबाट पैदल यात्रा गरी कुण्डसम्म पुग्न सकिन्छ। हिमाली क्षेत्र भएकाले मौसम र बाटोको अवस्था बुझेर स्थानीय पथप्रदर्शकको सहयोगमा यात्रा गर्नु उपयुक्त मानिन्छ।

सो क्षेत्रको भ्रमणका लागि वैशाख, जेठ र असोज–कात्तिक महिना सबैभन्दा अनुकूल मानिन्छ। यो समयमा आकाश खुल्ने भएकाले हिमाल र कुण्डको स्पष्ट दृश्य देख्न सकिन्छ। हिउँदमा अत्यधिक चिसो र हिमपात हुने भएकाले यात्रा कठिन हुन सक्छ। अपार पर्यटकीय सम्भावना बोकेको भए पनि डिल्पु कुण्डमा आवश्यक पूर्वाधारको अभाव छ।

पदमार्गमा स्पष्ट सङ्केत बोर्ड नहुनु, खानेपानी तथा बासस्थानको उचित प्रबन्ध नहुनु र फोहर व्यवस्थापनमा ध्यान नपुग्नु यहाँका मुख्य चुनौतीका रूपमा रहेको छ।

रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले डिल्पु कुण्डजस्ता ओझेलमा परेका गन्तव्यको प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटनमा नयाँ आयाम थपिने बताए।

उनका अनुसार डिल्पु कुण्डलाई नजिकैको पार्वतीकुण्ड र साञ्जेनका अन्य प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर एकीकृत पदमार्गका रूपमा विकास गर्न आवश्यक छ।

'यस्ता लुकेका गन्तव्यमा आधारभूत पूर्वाधार, पदमार्ग सुधार र पर्याप्त प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ', अध्यक्ष न्यौपानेले भने, 'यसले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणमा प्रत्यक्ष टेवा पुग्ने भएकाले स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबिच सहकार्य आवश्यक छ।'

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको संरक्षण तथा प्रवर्द्धनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए।

अध्यक्ष तामाङले भने, 'डिल्पु कुण्डको प्राकृतिक र सांस्कृतिक महत्वलाई जोगाउँदै पदमार्ग व्यवस्थापन, सङ्केत बोर्ड स्थापना र आधारभूत पूर्वाधार निर्माणका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम अघि बढाउनेछ। पर्यटन व्यवसायी र स्थानीय समुदायसँगको सहकार्यमा यस क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ।' रासस
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
१ घण्टा अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
यो पनि पढौँ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस