संस्कार हराउँदैन, फर्कन्छः बेल्जियमकी ‘स्टेरा’को भक्तपुरमा गुफा
२१ साउन २०८२
•
४ मिनेट पाठ
संस्कार हराउँदैन, फर्कन्छः  बेल्जियमकी  ‘स्टेरा’को भक्तपुरमा गुफा
ज्ञानेन्द्रका बुबा तुलसी नारायण प्रजापति कमल विनायक नजिकै बस्छन्। उनका चारमध्ये तीन छोरा अहिले विदेशमा छन्। विदेशमा भए पनि उनीहरूले आफ्नो पारिवारिक संस्कार, उत्सव र सांस्कृतिक पक्ष बिर्सेका छैनन्।‘छोराहरू टाढा छन् तर संस्कृतिले तानेरै यहाँ ल्याउँछ,’ तुलसीनारायण भन्छन् ‘व्रतबन्ध होस् वा गुफा, यी अवसरहरूले घर भरिन्छ, संसार भरिएजस्तो लाग्छ।’




तुलसी नारायणको मात्र हैन, सिङ्गो समाजको मन श्रद्धाले भरिएको छ। धार्मिक सहिष्णुता र संस्कृतिको समन्वयले नेपाललाई सधैं विशेष बनाएको छ। मुलुकमा कहिलेकाहीं यस्ता दृश्य देखिन्छन्, जसले सांस्कृतिक विविधताको सौन्दर्यलाई उजागर मात्र गर्दैनन्, भविष्यका पुस्तालाई एक नयाँ आशा र सन्देश पनि दिन्छन्। यस्तै सन्देश दिएको छ– भक्तपुरको मुनी बिहारमा मंगलबार सम्पन्न स्टेराको ‘गुफा’ ले।

ज्ञानेन्द्र प्रजापति पारम्परिक हिन्दु संस्कार र संस्कृतिभित्र हुर्किएका व्यक्ति हुन्। उनकी जीवनसाथी बेल्जियमकी जोय क्रिश्चियन धर्मावलम्बी हुन्। १५ वर्षअघि सम्पन्न अन्तरधार्मिक विवाहको यो सम्बन्ध केवल पारिवारिक मात्र होइन, सांस्कृतिक सहिष्णुताको उदाहरण पनि बन्दै गएको छ।उनीहरूकी आठ वर्षीय छोरी स्टेराको गुफा मंगलबार भक्तपुरको मुनि बिहारमा हुँदा सिङ्गो सहर रमायो। उक्त अवसरमा उनीहरूका नातेदार, साथीभाइ र आफन्तहरूको उपस्थिति थियो। नेपाल मात्र होइन, बेल्जियममा बसोबास गरिरहेका ५० भन्दा बढी आफन्त कार्यक्रममा सहभागी हुन आएका थिए।

यो पनि पढ्नुहोस्

मुनि बिहारमा ‘स्टेरा’ को गुफा

ज्ञानेन्द्रले भने, ‘बेल्जियममा हामी आधुनिक शिक्षा र धार्मिक स्वतन्त्रतामा हुर्किरहेका छौँ तर नेपालका यी संस्कारले हामीलाई हाम्रो जरा सम्झाउँछन् र बेलामौकामा हामी यहाँ आउँछौँ।’

नेवारी संस्कारमा कुनै पनि बालिका किशोरावस्थामा प्रवेशसँगै गुफा राख्नुपर्ने चलनका कारण स्टेराको परिवार नेपाल आएका हो। ‘स्टेरालाई गुफा राख्न नेपाल आएका हौँ,’ जोयका साथ नेपाल आएका ज्ञानेन्द्रले भने, ‘नेपाली संस्कार हेर्न बेल्जियमका केही आफन्त पनि हामीसँगै आएका छन्।’

मुनि बिहारबाट बाहिरिएकी स्टेराले गुफा बसेको क्षण निकै यादगार रहेको सुनाइन्। बेल्जियमबाट आएका अन्य पनि स्टेरासँगै बसेका थिए। ‘स्टेरासँगै म पनि गुफा बसेँ,’ बेल्जियमबाट आएकी सोफियाले भनिन्, ‘मलाई पनि रमाइलो लागिहरेको छ।’

‘गुफा’ नेवारी संस्कृति हो। स्टेराको ‘गुफा’ तीन धर्मबिचको गहिरो समझदारी र आपसी सम्मानको अतुलनीय उदाहरण बन्न पुग्यो। ‘हामीलाई निकै खुसी लागेको छ,’ बिहारका भिक्षु उडासेनले भने,’ धर्मको हिसाबले नाम फरक भए पनि सबै एकै हुन्।’यस्तै बुझाइ छ अन्यको पनि। ‘यसले एउटी बालिकाको व्यक्तिगत संस्कारभन्दा ठुलो अर्थ बोकेको छ,’ स्टेराका ठुलो बुबा दीपेन्द्र प्रजापतिले भने्, ‘हेर्दा यहाँ हिन्दु, क्रिश्चियन र बौद्ध धर्मावलम्बी देखिन्थ्यौँ तर यसले समग्रको मुहारमा ल्याएको खुसी भने एकै छ।’

स्टेराको गुफा कार्यक्रममा भिक्षुहरूले गुफाको सांस्कृतिक पक्ष, सूर्य दर्शनको अर्थ र बौद्ध धर्ममा यो संस्कारको ऐतिहासिक महतत्वबारे विदेशी अतिथिलाई पनि जानकारी गराएका थिए। यसका लागि कार्यक्रममा दोभासेको सहयोगसमेत लिइएको थियो। ‘स्टेराको गुफा कार्यक्रममार्फत हामीले विदेशीलाई संस्कृति बुझाउन खोजेका हौंं,’ दीपेन्द्रले भने, ‘उनीहरूले निकै ध्यानपूर्वक सबै कार्यक्रम नियालेँ।’स्टेरा भिक्षुहरूको अगुवाइमा ध्यान, शान्ति र अनुशासनको अभ्यासमा सामेल हुँदा उनका साथीहरूले पनि ध्यान बसेका थिए। यस्तो लाग्थ्यो फरक धर्म र संस्कृति अँगालेको सिङ्गो संसार नै भक्तपुरको बुद्ध बिहारमा ध्यानमग्न छ।

कार्यक्रममा सहभागी धेरैजसोले भादगाउँले टोपी लगाएका थिए। बालबालिकादेखि वृद्ध वृद्धासम्मको अनुहारमा उत्साह झल्किरहेको थियो। बेल्जियमबाट आएका पाहुना पनि गुफा संस्कारको भव्यता देखेर खुसी देखिन्थे। ‘धर्म फरक भए पनि संस्कार र माया एउटै हो,’ स्टेराकी आमा जोयले मुस्कुराउँदै भनिन्, ‘छोरीको जीवनको यो पाटो हेर्न पाउँदा धन्य छु।’

स्टेराकी मामाघरकी हजुरआमा अझ भावुक देखिन्थिन्। ‘नेपालमा आएर यस्तो सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु हाम्रा लागि ठुलो भाग्य हो,’ हजुरआमा बेया अलेनले भनिन्, ‘यो मेरो जीवनभरको यादगार क्षण बन्ने छ।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस