उदयपुरको चौदण्डीगढी नगरपालिका १० स्थित इक्राहा र शिवनगर जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । वर्षायाममा इक्राहा र शिवनगर बासीलाई त्रियुगा नदी वारपार गर्न असहज हुँदै आएकाले झोलुङ्गे पुल निर्माण थालिएको हो ।
नेपाली कांग्रेसका नेता तथा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले शिलान्यास गरेसँगै पुल निर्माण कार्य सुरु भएको हो। वर्षायामको बाढीले शिवनगरबासी र इक्राहाका स्थानीयलाई त्रियुगा नदी आउजाउ गर्न वर्षौँदेखि समस्या हुँदै आएको छ । स्थानीयले पक्की पुलको माग गरे पनि हाललाई बजेट अभावमा झोलुङ्गे पुल बनाउन लागिएको हो ।
पुल विभागमार्फत निर्माण सुरु सो पुल मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ९ करोड ६९ हजार ४९ लाख ९ सय ३९ रुपैँया लागतमा ठेक्का लागेको जानकारी दिइएको छ । पुल थानी निर्माण सेवा काठमाडौँंले बनाउने गरी असार दोस्रो साता सम्झौता भईसकेको छ।
५ सय ८० मिटर लम्बाई र १ सय २० मिटर चौडाईको पुल आउँदो ०८४ असार १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । निर्माण कम्पनीले निर्धारित समयभित्रै पुल बनाइसक्ने गरी काम थालिसकेको कार्यक्रममा जानकारी दिइयो ।
पुल शिलान्यास गर्दै सांसद डा. खड्काले स्थानीयबासीले बारम्बार पुलको माग गर्दै आएको र सकेसम्म पक्की बनाउने गरी बजेट व्यवस्था गर्ने प्रयास गरे पनि नसकेपछि झोलुङ्गे पुल बनाउन लागेको बताए । डा. खड्काले आगामी वर्षको बर्खायाममा त्रियुगाको बाढीबाट मुक्ति दिलाउने गरी फटाफट काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै पुल निर्माण गर्दा गुणस्तरीय सामग्रीको प्रयोग र निर्माणमा लापरबाही हुन नदिने गरी सम्बन्धित निकायलाई निर्देशन दिए ।
डा. खड्काले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा सक्दो लागिरहेको बताउँदै तर, राजनीतिक संकिर्णता बोकेका प्रतिपक्षीहरूले विना कारण आलोचना गर्ने तथा काममा बाधा व्यवधान खडा गर्ने गरेकोमा असन्तुष्टि जनाए । जिल्लाबासीलाई बाढी पहिरो र नदी कटान डुबानबाट बँचाउन त्रियुगा नदीका दुवै किनारमा अर्बौँ बजेटको बाँध निर्माण भइरहेको तथा ठाउँ ठाउँमा पक्की र झोलुङ्गे पुलहरू बन्दै गरेको स्मरण गराए ।
त्रियुगाकै शिवाईको पक्की पुल निर्माणको अन्तिम चरणमा पुग्दा बाढीले भाँचेको घट्नालाई दुर्भाग्य भन्दै सांसद खड्काले त्यो ठाउँमा अर्को नयाँ पुल बनाउन स्रोत सुनिश्चित भईसकेको जानकारी दिए। पुल मात्र नभएर आफ्नो निर्वाचन क्षेत्र बासीका लागि विद्यालय, खानेपानी र स्वास्थ्य भवन तथा एम्बुलेन्सहरू र सडक नालाका विभिन्न विकास निर्माणका योजनाहरू सम्पन्न भईसकेको तथा निर्माणाधीन अवस्थामा रहेको दाबी पनि उनले गरे ।
गाईघाट मोतिगडादेखि जोगीदह, हडिया, शिवाइ, फत्तेपुर जोड्ने सडक कालोपत्रे भइरहेको तथा जोगीदहमा निर्माणाधीन सगरमाथा विमानस्थल महत्त्वपूर्ण रहेको उनको दाबी थियो । विमानस्थल उदयपुरका लागि मात्र नभएर मुलुककै लागि महत्त्वपूर्ण योजनाभित्र पर्ने भन्दै यो योजना जिल्लाकै गौरवशाली भएकाले जसरी पनि निर्माण गरेरै छाड्ने प्रतिबद्धता डा. खड्काले जनाए ।
डा. खड्काले मैनामैनीको सोकोपेपुल, गिँदेरीखोलापुल निर्माणमा असफल भएको स्विकार्दै तर, अरु विकास निर्माणमा आफ्नो प्रयास जारी रहेको बताए। कार्यक्रममा चौदण्डीगढी १० का वडाध्यक्ष धर्मेन्द्र खड्काले छिमेकी त्रियुगा नदीकै चौदण्डीगढी ९ स्थित ज्यामिरे र हडियालाई जोड्ने अर्को झोलुङ्गे पुल पनि अत्यावश्यक भएको भन्दै बजेट व्यवस्था गर्न सांसद खड्कासँग माग गरेका थिए ।