खोलामा गाडी गुडाउन नपर्ने गरी पुनर्निर्माण हुँदै बिपी राजमार्ग
०६ फागुन २०८२
•
४ मिनेट पाठ
खोलामा गाडी गुडाउन नपर्ने गरी पुनर्निर्माण हुँदै बिपी राजमार्ग
आगामी वर्षा याममा खोलामा गाडी गुडाउन नपर्ने गरी बिपी राजमार्गको पुनर्निर्माण भइरहेको छ।  




सडक डिभिजन भक्तपुरका अनुसार हाल बिपी राजमार्गको पुनर्निर्माणको काम करिब २० प्रतिशत सकिएको छ। ‘तोकिएको समयभित्र बिपी राजमार्ग पुनर्निर्माणको काम पूरा गर्छौं। आगामी वर्षासम्म कमसेकम खोलामा गाडी गुड्नु नपर्ने गरी  काम भइरहेको छ’, सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले भने, ‘पिच भने अलिपछि हुन्छ। कालोपत्रे नभए पनि आगामी वर्षासम्म गाडी खोलाभन्दा माथिबाटै गुड्ने छन्। खोलाभित्रबाट गाडी गुडाउनु पर्दैन।’ हाल बेला बिपी राजमार्ग भएर गुड्ने गाडी ठाउँ ठाउँमा खोला भएर गुड्ने गरेका छन्।  

२०८१ असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएको बिपी राजमार्गको पुनर्निर्माणको काम यतिबेला भइरहेको छ। त्यसमध्ये  एक खण्डको काम जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने भएको छ तर काम भने अझै सुरु भएको छैन। 

सडक विभागका अनुसार जाइकाले बिपी राजमार्गको बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक पुनर्निर्माण गरिदिने सहमति गरेको छ। ‘बिपी राजमार्गमा भत्किएको सडकमध्ये ५.५ किमी सडक खण्ड पुनर्निर्माण गर्न जाइकालाई भनेका थियौं। जाइकाका प्रतिनिधिहरूले भने हामीसँग ३.२ किमी सडक मात्र पुनर्निर्माण गरिदिन सक्छौं भनेका छन्। उनीहरूले बाँकी २.३ किमी सडक निर्माण गर्ने पैसा पुग्दैन भनेपछि हामी आफैंले पुनर्निर्माण गर्न लागेका छौैं’, योगेशले भने, ‘तर जाइकाले अझै काम सुरु गरेका छैन। हामीले भने धमाधम काम गरीरहेका छौं।’

विभागका अनुसार जाइकाले तीन अर्ब रुपैयाँ खर्च गरेर बर्खे खोलादेखि पिप्लेसम्मको सडक पुनर्निर्माण गर्ने भएको छ। जाइकाले गत जेठमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग  बिपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न सहमति गरेको थियो तर अहिलेसम्म काम अघि बढेको छैन। 

बिपी राजमार्गको निर्माण जाइकाले नै गरेको थियो। १६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। यो राजमार्ग निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो। राजमार्ग बनाउन २०५२ सालमा सुरु गरिएको थियो। २०७२ सालको भूकम्पले बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो। क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो। 

विभाग स्रोतका अनुसार गत असोज ११ र १२ गते आएको अविरल वर्षाले बिपी राजमार्ग ठाउँठाउँमा भत्किएको समाचार आएपछि जाइकाले चासो राखेको थियो। जाइकाका प्रतिनिधिहरू बिपी राजमार्ग पुनर्निर्माण गर्ने विषयमा गत कात्तिक ११ र १२ गते स्थलगत अध्ययन तथा अनुसन्धान गर्न सिन्धुली पुगेका थिए। स्थलगत अध्ययनपछि उनीहरूले एउटा प्रतिवेदन तयार गरेका थिए। सडक डिभिजन भक्तपुरका अनुसार भत्किएको खण्ड पुनर्निर्माण गर्न जाइका आफैंले डिजाइन र सर्भे गर्नेछ। ‘हामीले गरेको डिजाइन र सर्भे जाइकालाई दिएका छौं। जाइकाले भने आफैं सर्भे गर्ने भनेको छ’, योगेशले भने। उनका अनुसार जाइकाले पुनर्निर्माण गर्ने सडक दुई लेनको हुने छ। यसअघि जाइकाले बिपी राजमार्ग एक लेनको बनाएको थियो। अब पुनर्निर्माण हुने सबै सडक खण्ड दुई लेनको हुने छ। 

सडक डिभिजन भक्तपुरले २५ किमी र सडक डिभिजन सिन्धुलीले पाँच किमी सडक पुनर्निर्माणको काम गरीरहेका छन्।  सडक डिभिजन भक्तपुरका अनुसार भक्तपुर डिभिजनले तीन प्याकेजमा र सडक डिभिजन सिन्धुलीले एक प्याकेजमा बिपी राजमार्गको पुनर्निर्माणको काम गरीरहेका छन्। डिभिजन प्रमुख योगेशका अनुसार पहिलो प्याकेजमा चारसयबेसीदेखि भकुण्डेबेसीसम्म ११ किमी सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरले एक अर्ब १४ करोड रुपैयाँमा लामा नव–कान्तिपुर जेभिसँग सम्झौता गरेको छ। यो सडक ठेकेदार कम्पनीले दुई वर्षभित्र पुनर्निर्माण गरिसक्ने छ। 

दोस्रो प्याकेजमा बिपी राजमार्गको डालाबेसीदेखि चारसयबेसीसम्म ८.५ किमी सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरसँग थानी कमलजीत ए वान जेभिसँग एक अर्ब २२ करोड रुपैयाँमा सडक डिभिजन भक्तपुरले सम्झौता गरिसकेको छ। ठेकेदार कम्पनीले यो सडक खण्ड दुई वर्षभित्र पुनर्निर्माण गर्ने भएको छ। सडक डिभिजन भक्तपुरले तेस्रो प्याकेजमा २.३ किमी सडक पुनर्निर्माण गर्न ठेकेदारसँग सम्झौता गरिसकेको छ। 

यसैगरी सडक डिभिजन सिन्धुलीले नेपाल थोकदेखि बर्खे खोलासम्म पाँच किमी सडक पुनर्निर्माण गर्न सम्झौता गरेको छ।  सडक डिभिजन सिन्धुलीसँग क्षितिज थिसिङ निर्माण सेवा कम्पनीले ६२ करोड रुपैयाँमा सडक डिभिजन सिन्धुलीसँग सम्झौता गरेको छ। सम्झौता अनुसार ठेकेदार कम्पनीले दुई वर्षभित्र बिपी राजमार्ग पुनर्निर्माण गरिसक्ने जनाएको छ। 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस