जुम्लामा भालुको आक्रमण : तीन गम्भीर घाइते
२० असोज २०८२
•
२ मिनेट पाठ
जुम्लामा भालुको आक्रमण : तीन गम्भीर घाइते
जुम्लाका विभिन्न स्थानमा भालुको आक्रमणबाट एकै दिन तीन जना गम्भीर घाइते भएका छन्। सोमबार बिहानदेखि दिउँसोसम्म भएका फरक–फरक घटनामा घाइते भएकाहरूको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 




जुम्लाको तातोपानी गाउँपालिका–४, गिडीरिखोलामा सोमबार बिहान करिब ८ बजे आफ्नै स्याउ फार्ममा काम गरिरहेका १८ वर्षीय दीपेन्द्र न्यौपानेमाथि भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्। 

वडाध्यक्ष अमर बहादुर रोकायाका अनुसार आक्रमणमा परेका न्यौपानेको टाउको, बायाँ खुट्टा र शरीरका अन्य भागमा चोट लागेको छ। उनलाई तत्कालै उनका दाइ दिनेश न्यौपानेले उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोमबार दिउँसो करिब १:३० बजेतिर गुठिचौर गाउँपालिका–५, धिता गाउँकी ५५ वर्षीया झापु धिताल पनि भालुको आक्रमणमा परेकी छन्। घाँस काट्ने क्रममा जंगलमा आक्रमणमा परेकी धितालको टाउको र ढाडमा चोट लागेको छ। 

उनलाई पनि छोरा महेश धितालले तत्काल उपचारका लागि प्रतिष्ठान पुर्‍याएका थिए। यसअघि आइतबार बिहान गुठिचौर गाउँपालिका–३, नानीपातल जंगलमा घाँस काट्न गएका बेला भालुको आक्रमणबाट ४५ वर्षीया बुङ्ची कामी र उनकी कान्छी छोरी १६ वर्षीया तिर्सना कामी घाइते भएकी थिइन्। प्रहरीले दुवैको अवस्था सामान्य रहेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीका अनुसार सबै घाइतेको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भइरहेको छ। उनले जुम्ला आसपासका क्षेत्रमा जंगली जनावरको सक्रियता बढेकाले स्थानीयलाई सचेत रहन आग्रह गरेका छन्। 

स्थानीय बासिन्दाका अनुसार जुम्ला क्षेत्रमा वन्यजन्तुको चलखेल पछिल्लो समय बढ्दो छ, जसका कारण दैनिक गाउँघरका बासिन्दा त्रसित छन्। जंगली जनावरसँगको द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको माग छ। 
अर्को समाचार
भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते
०६ भदौ २०७९
•
१ मिनेट पाठ
भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते
जुम्लामा भालुले आक्रमण गर्दा एक जना महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा जुम्ला चन्दननाथ नगरपालिका-८ जाते भिर बस्ने ४० बर्षका मैया बुढा रहेकी छन्।




उनी सोमबार दिउँसो १ बजे खतवाला लेकमा दाउरा लिन गएको अवस्थामा जंगली भालुले आक्रमण गरी टाउको र घाँटिमा चिथोरेर घाइते बनाएको थियो।  

घाइते बुढाको हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ।

उनको अवस्था बोल्ने सक्ने रहेको डाक्टर मंगल रावतले जनकारी दिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस