नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै सेनाको एनसिसी
२८ पौष २०८२
•
६ मिनेट पाठ
नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै सेनाको एनसिसी
बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।




देश निर्माणमा जुट्नुपर्ने होनहार युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड र जलाउने कार्य समेतमा अग्रसर भएपछि उनीहरूमा मुलुकप्रतिको कर्तव्य र राष्ट्रप्रेमको भावना जागृत तुल्याउन एनसिसी प्रशिक्षण जरुरी देखिएको हो।

राष्ट्रिय सेवा दलका महानिर्देशक यामप्रसाद ढकाल नवयुवापुस्तालाई अनुशासित, बफादार र नेतृत्व लिन सक्ने देशभक्त र राष्ट्रप्रति समर्पित दक्ष जनशक्ति तयार गर्न सेवा दल अहोरात्र लागि परेको बताउँछन्।

देश निर्माणका संवाहक युवापुस्तालाई मुलुकप्रति उत्तरदायी बनाउँदै अनुशासित र जिम्मेवार तुल्याउन प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले भने ६ दशकदेखि बेग्लै संरचना खडा गरी ‘राष्ट्रिय सेवा दल’ मार्फत युवालाई तालिम प्रदान गर्दै आएको छ।

राष्ट्रनिर्माण र विकासमा अनुशासित जनशक्ति उत्पादनका लागि नेपाल सरकारले विसं २०२२ मा राष्ट्रिय सेवा दल स्थापना गरी युवा विद्यार्थीलाई तालिम प्रदान गर्दै आएको छ। सेवा दलको आदर्श वाक्य ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने छ।

सुरुका वर्षमा काठमाडौंलाई आधार मानेर वार्षिक रूपमा ५०० जनालाई प्रदान गर्न थालिएको तालिम देशभर विस्तारसँगै सहभागीको सङ्ख्या बढाएर प्रतिवर्ष सात हजार ७१० जना पुर्‍याइएको छ।

नेपालभरबाट माग भइ आएका विद्यालयमा सेवा दलले तालिम प्रदान गर्दै आएको छ। महानिर्देशक ढकालका अनुसार प्रत्येक वर्ष यस तालिमको माग बढ्दो छ। एक हजारभन्दा बढी स्कुलले तालिम माग गरे पनि सेवा दलले २५७ वटा विद्यालयमा मात्र पुर्‍याउन सकेको छ। अनुशासित र तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सरकारले यस तालिमलाई थप प्राथमिकताको सूचीमा राखेर सङ्ख्या बढाउन अपरिहार्य रहेको छ। सेवा दलले तालिमका लागि हरेक वर्ष भरसक फरक विद्यालयको छनोट गर्दै आएको छ।

छनोटमा परेका प्रत्येक विद्यालयमा पुगेर सेवा दलले १५ जना छात्र र १५ छात्रालाई तालिम प्रदान गर्दै आएको छ। त्यस्तो तालिम देखेर मात्रै पनि सम्पूर्ण विद्यार्थीको मानसिकता परिवर्तन भएको सेवा दलको भनाइ छ।

छिमेकी मुलुक भूटानले पनि नेपालकै जस्तो सेवा दलको तालिम दिएर स्काउट, स्वयम्सेवक दस्ता र जगेडा बलजस्ता जनशक्ति उत्पादन गरेको र अनुशासित जनशक्ति नभई राष्ट्र अघि बढ्न सक्दैन।

तालिमपूर्व कुलतमा लागेका युवा पनि एनसिसीको प्रशिक्षणपछि असल मार्गमा फर्किएका छन्। विद्यालयस्तरका विद्यार्थीलाई राष्ट्र र राष्ट्रियताको भावना जगाउने असरदार कार्यक्रमका रूपमा पछिल्लो समय सेवा दलको प्रशिक्षण विस्तार भएको छ। सरकारले यसलाई प्राथमिकतामा राखेर वार्षिक रूपमा सङ्ख्या बढाउन आवश्यक रहेको र सेवा दलले सो सङ्ख्या बढाएर वार्षिक रूपमा ११ हजार ५०० पुर्‍याउनपर्ने आवश्यकता औँल्याएको छ।

भारतमा यस किसिमको तालिम वार्षिक रूपमा २० लाखलाई दिने गरिएको छ। त्यहाँ सरकारी विद्यालयमा अध्ययनरत पिछडिएको क्षेत्र, विपन्न वर्ग, सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राथमिकता दिइएको छ।

एनसिसीको विद्यालयमा हुने तालिममा खुराकका रूपमा उपयुक्त आहारको समेत व्यवस्था गरेको छ। ७९ दिनको संस्थागतपछि २१ दिने सामूहिक तालिम दिइन्छ। मोरङको याङसिला, महोत्तरीको बर्दिबास, नवलपरासीको हात्तीखोर र बाँकेको कोहलपुरमा रहेका शिविरमा २१ दिने सामूहिक तालिम प्रदान गरिन्छ।

उक्त तालिममा सहभागी प्रतिविद्यार्थीका लागि यातायात, पोसाक, खानासमेत गरी रु ३५ हजार खर्च लाग्ने सङ्गठनले जनाएको छ।

तालिमका क्रममा उनीहरूलाई अनुशासन, राष्ट्रियता, इतिहास, भूगोल, परम्परा, संस्कृति, सम्पदासम्बन्धी ज्ञान दिलाउनाका  साथै  नेतृत्व विकास र सैनिक कलामा प्रशिक्षित तुल्याइँदै आइएको छ।

स्थापनादेखि हालसम्म ८८ हजारभन्दा बढी युवाले सेवा दलको तालिम प्राप्त गरिसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

त्यस्ता तालिम प्राप्त जनशक्ति स्वतःस्फूर्त रूपमा निःशुल्क स्वास्थ्य शिविर, बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोप र विपद्पछिको खोज, उद्धार र राहत कार्यमा स्वतः परिचालित हुँदै आएको पाइन्छ।

देशका पूर्वप्रधानमन्त्रीदेखि उच्च ओहदाका सरकारी अधिकारी, सुरक्षा फौजका उच्चअधिकृत, राजदूत, डाक्टर र इन्जिनियरले समेत उक्त तालिम प्राप्त गरेका छन्।

तालिममा सहभागीमध्येबाट प्रतिनिधिमूलक रूपमा सार्क राष्ट्रमा युवा अनुभव आदान–प्रदान कार्यक्रममार्फत तत्तत् देशको भूगोल, विकास सम्भावना, कला, साहित्य, प्रकृति र संस्कृतिबारे जानकारी गराइँदै आएको छ।

तालिम लिएका व्यक्ति सम्मिलित अल्मुनाईमा जिल्ला, प्रदेश र केन्द्रमा क्रमशः कमिटी, सल्लाहकार समिति र संरक्षक समिति छ। त्यस्तो जनशक्तिलाई सुरक्षा फौजमा भर्ना छनोटमा समेत प्राथमिकतामा राखिनुपर्ने आवाजसमेत उठेको छ।

विक्रम संवत् २००८ मा राष्ट्रिय सेवा दलको तालिम लिएका डा बद्रीराज पाण्डेका अनुसार त्यसबेला नेपाली कांग्रेससमेत सम्मिलित अन्तरिम सरकार थियो। उनीहरू त्रिचन्द्र कलेजमा आइएस्सीमा पढ्थे। 'तालिममा छनोट भएपछि गोदावरीमा लगेर आर्मीद्वारा तालिम गराइयो। तोकिएको पोसाक उपलब्ध भयो, कवाज खेलाइयो, विपद्का समयमा अनुशासन र नैतिकताको कसीमा रही परिचालित हुन सिकाइयो,' उनले स्मरण गरे।

उनी भन्छन्, 'आपत्कालीन अवस्थामा राष्ट्र र समाजलाई सहयोग पुर्‍याउन प्रेरित गर्ने सेवा दलका तालिमलाई अझै विस्तार गर्दै लैजानुपर्छ। नव युवापुस्तालाई राष्ट्रप्रेम र नैतिकवान् बनाउन आवश्यक छ, ‘चेनअफ कमान्ड’ र अनुशासनबिना राज्य अघि बढ्न सक्दैन।'

अझ जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वाेच्च अदालत र सङ्घीय संसद् सहितका महत्वपूर्ण भवन र सम्पदामा भएको तोडफोड र आगजनीका घटनाले युवापुस्तालाई अनुशासित र देशप्रति समर्पित भावना जगाउन तालिम प्रशिक्षण विस्तारको आवश्यकता औँल्याइएको छ।

युवालाई गलत बाटो रोज्न नदिने, अनुशासित र राज्यप्रति उत्तरदायी बनाउने दायित्व राज्यको भएकाले राष्ट्रिय सेवा दलको अवधारणा अघि बढाएर सञ्चालनको जिम्मेवारी भने सेनालाई दिइएको इतिहास छ।

सेवा दलले विद्यालय तथा उच्च विद्यालयमा अध्यनरत छात्रछात्रालाई शिक्षाका साथै सैनिक तालिमको माध्यमबाट अनुशासन, स्वास्थ्य समाजसेवा, उद्धार कार्य, सामूहिक जिम्मेवारी तथा राष्ट्रियताको भावनाको विकास र अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धि गराउने उद्देश्यले काम गरिरहेको छ।  

सेवा दलले २५७ विद्यालयमध्ये ३६ विद्यालयमा सिनियर डिभिजन र बाँकी विद्यालयका छात्रछात्रालाई जुनियर डिभिजनमा विभाजन गरी मङ्सिरदेखि माघसम्म वार्षिक रूपमा तालिम प्रदान गर्दै आएको छ।

यस वर्षको जुनियर डिभिजनको तालिमको समापन यही पुस २९ गते हुँदैछ। सिनियर डिभिजनको दीक्षान्त कबाज आगामी माघ २० का लागि निर्धारण गरिएको छ। तालिमबाट महिला सशक्तिकरणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुग्दै आएको छ।

तालिम दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्बोधन गर्ने परम्पराले विद्यार्थीलाई उत्प्रेरित गर्ने सङ्गठनको विश्वास छ।

महानिर्देशक ढकालका अनुसार नेपाली युवामा एनसिसी तालिमले सकारात्मक प्रभाव पार्दै आएको छ। राज्यलाई सङ्कट परेका अवस्थामा सशक्त फौज निर्माणमा यो तालिम महत्वपूर्ण साबित हुनेछ। देशलाई आवश्यक सशक्त, जुझारु, अनुशासित एवम् देशभक्त युवा जनशक्ति यसैबाट उत्पादन हुन्छ। तालिमको प्रभावकारिता र उपयोगिता आगामी दिनमा थप बढाउन सकिनेछ। रासस
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
१९ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस