सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म
१८ साउन २०८२
•
१२ मिनेट पाठ
सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म
गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो। सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो। भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो। दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो। बिस्तारै धुवाँको मुस्लो बढ्दै गयो। आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो।




आगो निभाउन सँगै मान्छेको उद्धारमा त्यतिबेला सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको थियो। सीमित स्रोतको बाबजुत सङ्कटका बेला ज्यानको वास्ता नगरी भवनभित्र पसेर ११ जनाको जीवन बचाउन सफल भयो सशस्त्र प्रहरी बलका उद्धार टोली।

प्लाजामा आगो लाग्दै गर्दा एउटा तस्बिर ‘भाइरल’ बनेको थियो त्यतिबेला। सशस्त्र प्रहरी सहायक हबल्दार डोरीमा झुण्डिएर प्लाजामा फसेर सर्वसाधारणको उद्धार गर्न खटिएका थिए। आगोको ताप, धुवाँको अन्धकारमा त्यतिबेला सशस्त्र प्रहरीको मुक्तकण्ठले प्रशंसा सामाजिक सञ्जालमा भएको थियो। भवनको चार तलामा फसेका सर्वसाधारणलाई डोरी र भर्‍याङमार्फत सशस्त्र प्रहरीले बाहिर निकालेको त्यो दृश्य केबल साहसको कथा मात्र थिएन, त्यो दैनिक तयारी, तालिम र जनताको सुरक्षाप्रति गहिरो प्रतिबद्धताको प्रमाण पनि थियो।  

प्लाजाको आगलागीमा सशस्त्र प्रहरी बल सुनसरीबाट एक सयभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए। त्यतिबेला केही सुरक्षाकर्मी आफैँ पनि घाइते भए तर उद्धार कार्य भने रोकिएन। सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा भन्छन्, 'हामीलाई थाहा थियो, आगोभन्दा अघि हामीले त्यहाँ पुगेनौँ भने भित्रका मानिस बाँच्दैनन्। आगोले ठूलो मानवीय क्षति गर्ने थियो होला हामीले त्यसबेला तालिम होइन, जिम्मेवारी निभाइरहेका थियौँ।' नौ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो भने बाँकी दुई जना नेपाल प्रहरी, नेपाली सेनासहितको संयुक्त टोलीले उद्धार गरेको थियो।

उद्धारका क्रममा प्रयोग गरिएको डोरी, फायर बलसहितको अग्नि सुरक्षा उपकरण र आपतकालीन तालिमप्राप्त टोलीको समन्वयले सो कार्य सम्भव भएको उनको भनाइ छ। विपद् जब एकैछिनमा जीवन र मृत्युको खाडल कोर्दै अघि बढ्छ, त्यहीबेला सशस्त्र प्रहरी बल नेपालले निर्णय लिन्छ जीवनरक्षाको पक्षमा उभिने। पछिल्ला घटनामा देखिएको तत्क्षण प्रतिक्रिया, सूक्ष्म समन्वय र अदम्य साहसले फेरि एकपटक प्रमाणित गर्‍यो सशस्त्र प्रहरी केबल शान्ति र सुरक्षाको होइन,जीवनको पनि रक्षक हो।

विसं २०८० चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म सुनसरीको बराहक्षेत्र चतराधाममा लागेको पूर्णमहाकुम्भ मेलाको अपार भीडमा कोशी नदीमा स्नान गर्दै गर्दा हराएका आठ सर्वसाधारणलाई सशस्त्र प्रहरीको गोताखोरसहित खटिएको टोलीले जीवन फर्काइदिनु सशस्त्र प्रहरी बलको दृष्टि, गति र समर्पणको सङ्गम बनेको उदाहरण हो।

नेपालको भूगोलिक सिमाना मात्र भौगोलिक सीमा होइन, राष्ट्रको अस्तित्व, सुरक्षा र सार्वभौमिकताको जीवनरेखा पनि हो। यिनै सीमाका अडिग र निडर पहरेदारका रूपमा परिचालित छन् सशस्त्र प्रहरी बल नेपाल। बलको गठनदेखि लिएर, सीमाको रक्षा, आन्तरिक सुरक्षाको मजबुती, राजस्व सङ्कलन सहयोग, विपद् व्यवस्थापनजस्ता सुनसरीमा १८ भन्दाबढी कार्यक्षेत्रमा उनहरूको सक्रिय सेवा गरिरहेका छन्।

भारतसँग सीमा जोडिएको यस क्षेत्रमा मुख्यतः खाद्यान्न, लत्ताकपडा, मोबाइल, मदिरा, चिनी, सौन्दर्य सामग्री र वस्तुहरूको तस्करी हुने गरेकामा सशस्त्र प्रहरीको तत्परताले ती क्रियाकलापमा कडाइ गरिँदै आएको छ।
तर यतिमात्र होइन, सशस्त्र प्रहरी बललाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बहसले पनि तीव्रता पाइरहेको छ। सीमा स्तम्भको संरक्षण, सीमामा परिचालित जनशक्ति, भौतिक संरचनाको अवस्था, अनि केन्द्रदेखि स्थानीय तहसम्मको राजस्व सङ्कलनमा उनीहरूले खेलेको भूमिकाले राज्य संयन्त्रमा यस संस्थाको महत्वलाई अझ गहिरो बनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लाको सीमाक्षेत्रमा सशक्त उपस्थिति जनाउँदै आएको छ। २०६४ सालदेखि स्थायी रूपमा तैनाथ सशस्त्र प्रहरीले सीमासुरक्षा मजबुत बनाउँदै अहिले सुनसरी जिल्लामा दुई वटा प्रस्तावित सीमासुरक्षा गुल्म र नौ वटा बिओपीमार्फत सेवा प्रवाह गरिरहेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण मुख्यालय, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, ६१.९ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा फैलिएका ११ वटा युनिटमार्फत नियमित गस्ती, निगरानी, सुराकी सङ्कलन र अवैध गतिविधि नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेका छन्। यी युनिटले जिल्लाको सीमा सुरक्षामा सतर्कता, समन्वय र प्रविधि आधारित रणनीति अपनाएर कार्य गरिरहेको उनले बताए।  

उपरीक्षक थापाका अनुसार सुनसरीका सबै सीमाक्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण भए पनि विशेषगरी कोशी नदी आसपासका नाका तुलनात्मक रूपमा बढी संवेदनशील मानिन्छन्। मानिस तथा सवारीसाधनको बाक्लो आवतजावत हुने भएकाले ती क्षेत्र लागुऔषध ओसारपसार, चोरी तस्करी तथा साना हतियारको अवैध कारोबारको उच्च जोखिममा पर्ने गरेको उनको भनाइ छ।  

सीमा क्षेत्रमा लागुऔषध, घरायसी तथा विद्युतीय सामग्री, साना हतियारलगायत उच्च मूल्यका वस्तुहरूको अवैध तस्करी प्रयास भइरहने गरेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, ‘सर्च अप्रेसन’, प्रविधिमैत्री निगरानी, संयुक्त अभियान र सूचनाका आधारमा कारबाही सञ्चालन गर्दै आएको बताए।  

साथै, अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान, नियन्त्रण र कानुनी प्रक्रिया अगाडि बढाउने काममा समेत उल्लेखनीय प्रगति भएको उनको भनाइ छ।

सुरक्षा प्रवर्द्धनमा सशस्त्र प्रहरी बलले स्थानीय प्रशासन, स्थानीय तह, भन्सार कार्यालय, व्यवसायी, समुदाय तथा सर्वसाधारणसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ। उपरीक्षक थापाले भने, 'सामूहिक सुरक्षाको अभ्यासलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले समुदायसँगको साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले सूचना आदानप्रदानदेखि सामूहिक जिम्मेवारीसम्म बलियो बनाएको छ।'

सीमावर्ती सुरक्षामा मात्र होइन, अन्तर्राष्ट्रिय समन्वयमा पनि सशस्त्र प्रहरीको भूमिका सशक्त रहेको छ। उनले भने, 'भारतसँगको मित्रतापूर्ण सम्बन्धलाई कायम राख्दै, सम्बन्धित सुरक्षा निकायसँग नियमित समन्वय, सूचना आदानप्रदान तथा बैठकको माध्यमद्वारा सीमासम्बन्धी समस्या तथा सीमा अपराधलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको छ।' सीमा जोडिएका १६ वटा वडामा सीमा सहजीकरण समितिसमेत गठन गरिएको र उक्त समितिबाट समयसमयमा सुरक्षा बैठक, छलफल तथा सहकार्यका माध्यमबाट समस्या समाधान गरिँदै आएको छ।

सीमापार अपराध नियन्त्रणमा यस्ता संयन्त्रले दीर्घकालीन र प्रभावकारी भूमिका खेलिरहेको उपरीक्षक थापाले बताए। उनका अनुसार सीमामा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश तथा स्थानीय सरकारबीचको सहकार्यलाई अझ संस्थागत गर्दै सशस्त्र प्रहरी बल नेपालको उपस्थिति सीमामा मात्र सीमित नभई राष्ट्रको समग्र सुरक्षामा समर्पित अभियन्ताको रूपमा परिभाषित भइरहेको छ।

सुनसरीको भोक्राहा नहरसिं गाउँपालिका–३ निवासी स्थानीय व्यवसायी राजाराम साह भन्छन्, 'भारत भन्सार नजिकै मेरो घर पर्छ। पहिले चोरी डकैती धेरै हुने गरेको थियो अहिले त्यो धेरै कम भएको छ। अहिले हरेक गल्ली र चोकमा सशस्त्र प्रहरी देखिन्छन्। जनताको सुरक्षामा खटिएको देख्दा हामीलाई भरोसा हुन्छ।' साहका अनुसार सशस्त्रको सक्रिय उपस्थिति मात्र होइन, स्थानीय जनसहभागितासहितको सहकार्यपूर्ण व्यवहारले पनि वातावरण परिवर्तन भएको छ। 'सुरक्षाकर्मीले हाम्रो मात्र सुरक्षा हैन कहिलेकाहीँ हाम्रो पनि सहयोग माग्नुहुन्छ हामीले पनि सहयोग गर्ने गरेका छौं। अहिले प्रशासन कडा छ, सशस्त्र प्रहरीले आफ्नो कर्तव्यमा कुनै कसर छोड्नु भएको छैन, उनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्,' उनले भने।

सुनसरी सशस्त्र प्रहरी बल नेपाल भारत सीमा क्षेत्रमा रहेको बिओपी लौकहीलगायत आठ वटा अन्य बिओपीहरूले सिमानामा सुरक्षा, अवैध क्रियाकलाप नियन्त्रण तथा राजस्व सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।  

उक्त बिओपीहरूले सुनसरी जिल्लाको भौगोलिक पूर्वी सिमाना क्षेत्र, विशेषगरी कोशी नदी आसपासको क्षेत्रमा निगरानी गर्दै आइरहेको सशस्त्र प्रहरीहरूले अन्तर्राष्ट्रिय सिमानाको रक्षा गर्नुका साथै सीमामा रहेका पिलरहरूको सुरक्षा, मर्मत, रङरोगन तथा अभिलेखिकरणसम्बन्धी कार्य नियमित रूपमा गर्दै आइरहेको बिओपी लौकहीका बिओपी पति निगम राईले बताए।

साथै यस बिओपीले मानव तथा लागुऔषध तस्करी, अवैध रुपमा ओसारपसार, काठ चोरी, राजस्व छली तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा पनि सक्रिय भूमिका खेलिरहेको उनले बताए।  

सीमावर्ती क्षेत्रमा भइरहेका अपराध नियन्त्रण गर्नुका साथै अन्तरदेशनिक सुरक्षामा समेत बिओपीहरूको योगदान उल्लेखनीय रहेको छ। बिओपीपति राईका अनुसार सीमावर्ती अपराध नियन्त्रण, आन्तरिक सुरक्षाको मजबुती, आपतकालीन उद्धार, राजस्व सङ्कलन तथा सीमावर्ती जनताका सुरक्षामा आफूहरू निरन्तर समर्पित भएर कार्य गरिरहेको उनको भनाइ छ।  

'सशस्त्र प्रहरी बल सच्चा सिमानाका रक्षक हुन्,' प्रमुख दाहालले भने, 'उनहरूको सतर्कता, समर्पण र समन्वयात्मक भूमिकाले राष्ट्रको सुरक्षा र आर्थिक व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको छ।'
सुनसरीको कोशी गाउँपालिका–१ का वडाध्यक्ष तथा सीमा सहजीकरण समितिका अध्यक्षले सोभित नारायण यादवले सशस्त्र प्रहरी बल नेपालसँग सीमा सुरक्षाका विषयमा निरन्तर समन्वय भइरहेको बताए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको भूमिकालाई सकारात्मक रूपमा लिँदै उनले स्थानीय सरकारसँगको सहकार्य अझ सुदृढ हुँदै गएको बताए।  

उनले भने, 'सीमा क्षेत्र नजिकका समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका स्थानीय जनप्रतिनिधिहरूको सक्रियतामा सुरक्षासम्बन्धी सूचना आदानप्रदान हुने गरेको छ। सशस्त्र प्रहरी बलको उपस्थिति सीमा क्षेत्रमा अत्यन्त आवश्यक छ। हामी गाउँपालिका र समितिको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिरहेका छौँ।'

सीमा क्षेत्रमा पछिल्लो समय लागुऔषधको प्रयोग तथा ओसारपसारसम्बन्धी समस्या केही बढेको वडाध्यक्षको भनाइ छ। उनले भने, 'लागुऔषधको समस्या समाधान गर्न अब गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक छ। यो युवा पुस्ताको भविष्यसँग जोडिएको विषय पनि हो।' समस्या समाधानका लागि सशस्त्र प्रहरी, स्थानीय सरकार, समुदाय तथा शिक्षा संस्थाबीच समन्वय गरी सचेतनामूलक कार्यक्रम, निगरानी संयन्त्र र आवश्यक कारबाहीलाई सशक्त बनाउनुपर्ने अध्यक्ष यादवले बताए।  

सीमा समन्वय समितिको नेतृत्व गर्दै आएका अध्यक्षले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा आपसी समन्वयमा आधारित सुरक्षा रणनीति निर्माणमा स्थानीय सरकारको भूमिका झनै प्रभावकारी बनाउने जानकारी दिए।  

सशस्त्र प्रहरी बल सुनसरीले जिल्लाभित्रका भन्सार कार्यालयहरू, पालिका सरकार, तथा स्थानीय सामाजिक नेतृत्वसँग निरन्तर समन्वय गर्दै चोरीपैठारी नियन्त्रण, लागुऔषध कारोबारविरुद्धको अभियान, तथा सीमा क्षेत्रमा हुनसक्ने अपराधहरूमा प्रतिरोधात्मक भूमिका खेलिरहेको छ। विपद् व्यवस्थापनदेखि समुदायस्तरको शान्ति स्थापनासम्म सशस्त्र प्रहरी बलको कार्यक्षेत्र सीमामा मात्रै सीमित छैन भन्ने उदाहरण सुनसरी बनिरहेको छ।  

सुनसरीको कोशी ब्यारेजस्थित मुख्य भन्सार कार्यालयका प्रमुख राधेश्याम दाहालले सशस्त्र प्रहरी बललाई सीमावर्ती सुरक्षाका विश्वसनीय रक्षकका रूपमा मूल्याङ्कन गरेका छन्। सशस्त्र प्रहरीको नियमित गस्ती, चेकिङ र सतर्कताका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको उनले बताए।  

'सीमामा तैनाथ सशस्त्र प्रहरीको निगरानी र समन्वयकारी भूमिकाले साना ठूला तस्करी गतिविधिमा गिरावट आएको छ,' उनले भने। भारतसँग सीमा जोडिएको यस क्षेत्रमा मुख्यतः खाद्यान्न, लत्ताकपडा, मोबाइल, मदिरा, चिनी, सौन्दर्य सामग्री र वस्तुहरूको तस्करी हुने गरेकामा सशस्त्र प्रहरीको तत्परताले ती क्रियाकलापमा कडाइ गरिँदै आएको छ।

भन्सार र सशस्त्र प्रहरीबीच सूचनाको आदानप्रदान, संयुक्त अपरेसन, जोखिमयुक्त क्षेत्रको पहिचान, अस्थायी चेकप्वाइन्ट स्थापना तथा रात्रिकालीन गस्तीलाई प्राथमिकता दिइएको प्रमुख दाहालले जानकारी दिए।  

उनका अनुसार सशस्त्र प्रहरीको उपस्थिति र गस्तीको प्रभावकारिताले सीमावर्ती सुरक्षामा स्थायित्व कायम राख्न सहयोग पुगेको छ। तर, सीमा सुरक्षामा अझ सुदृढता ल्याउन प्रविधिमैत्री पूर्वाधार, पर्याप्त जनशक्ति र स्थानीय तहको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। सीमाको खुला भौगोलिक बनावट, सीमित जनशक्ति र प्राविधिक उपकरणको अभाव अझै चुनौती रहेको उनको भनाइ छ।

सीमा सुरक्षाका साथै सीमा स्तम्भको संरक्षण, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रण, अवैध तस्करी रोकथाम तथा विपद् र प्रकोपजस्ता घटनामा सफल उद्धार कार्य सञ्चालन गर्दै सङ्गठनले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सुनसरीको कोशी ब्यारेज भन्सार कार्यालयले रु ४६ करोड २० लाख १२ हजार लक्ष्यको (९६ प्रतिशत) राजस्व सङ्कलन गरेको जानकारी दिँदै प्रमुख दाहालले सशस्त्र प्रहरीको योगदान, प्रविधिको प्रयोग र कर्मचारीको सक्रियतालाई सफलताका मुख्य आधारका रूपमा उल्लेख गरे।  

'सशस्त्र प्रहरी बल सच्चा सिमानाका रक्षक हुन्,' प्रमुख दाहालले भने, 'उनहरूको सतर्कता, समर्पण र समन्वयात्मक भूमिकाले राष्ट्रको सुरक्षा र आर्थिक व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको छ।'

सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल उच्च सतर्कता र सक्रियताका साथ परिचालित भएको छ।  

सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा कोशी प्रदेशका सशस्त्र प्रहरी प्रवक्ता सुधिरजङ्ग थापाले सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई दीर्घकालीन प्राथमिकताका रूपमा लिएर रणनीतिक ढङ्गले काम गरिरहेका बताए।

प्रवक्ता थापाका अनुसार भारतसँग सीमा जोडिएका सबै नाकाहरूमा लागुऔषध ओसारपसार, भन्सार छली, चोरी, तस्करी, मानव ओसारपसारलगायत सीमापार आपराधिक गतिविधिहरू बढ्दै गएकाले त्यसको रोकथामका लागि सशस्त्र प्रहरी बल पूर्ण सतर्कतामा रहेको छ। त्यस्ता अपराध नियन्त्रणका लागि बलले आवश्यक रणनीति तयार पार्दै कार्यान्वयनमा लैजाने तयारी गरेको उनले बताएका छन्।

सीमा सुरक्षालाई सशक्त बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता सशस्त्र प्रहरी बलले जनाएको छ।

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सीमावर्ती बस्तीका नागरिकहरूसँग अन्तरक्रिया, संवाद र सहयोग विस्तार गरी समुदायमैत्री सुरक्षा प्रणाली निर्माण गर्ने प्रयास भइरहेको प्रवक्ता थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बलले स्थानीय समुदायसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै आवश्यक स्रोत साधन, जनशक्ति र प्रविधिको प्रयोगमार्फत सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने रणनीति लिएको छ। हाल सीमावर्ती क्षेत्रमा देखिएको आपराधिक क्रियाकलापले राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना गरिरहेका बेला सशस्त्र प्रहरीको सक्रियता र तत्परताले राष्ट्रकै दीर्घकालीन सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका स्थानीय प्रशासन, अन्य सुरक्षा निकायहरू, आम जनसमुदाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था र समकक्षी काउन्टरपार्टहरूसँग सुमधुर सम्बन्ध तथा समन्वय कायम गरी समग्र नागरिकमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी बल, नेपाल निरन्तर सक्रिय रहँदै आएको छ।  

सीमा सुरक्षाका साथै सीमा स्तम्भको संरक्षण, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रण, अवैध तस्करी रोकथाम तथा विपद् र प्रकोपजस्ता घटनामा सफल उद्धार कार्य सञ्चालन गर्दै सङ्गठनले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस