तेअङ्सी सिरिजङगासिंह थेबेको ३१८ औ जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सिरिजङ्गा मेला तथा सिरिजङगा गोल्ड कपको दोस्रो संस्करण हुने भएको छ।
तेल्लोक स्पोर्टिङ क्लव र तेअङ्सी सिरिजङगासिंह थेबे स्मृति प्रतिष्ठानको आयोजना मंसिर २५ देखि २९ गते सम्म सिरिजङ्गा मेला तथा खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए। खेल तेल्लोक माविको मैदानमा हुने भएको छ। फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ५१ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। उपविजेता टिम ८१ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार हुने छ। प्रत्येक खेलका म्यान अफ द म्याच दिइने छ। खेल अवधिभरबाट चार विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल, प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरिने अध्यक्ष भट्टराईले जानकारी दिए।
फुटबल प्रतियोगितामा १० टिमलाई मात्र सहभागिता गराइने छ। सहभागी फुटबल क्लवहरुले मंसिर १० गतेभित्र प्रकृयामा समावेश हुनुपर्ने र मंसिर १५ गते भित्र खेल तालिका सार्वजनिक गरिसक्ने समेत भट्टराईले सुनाए।
मेलाका लागि करिव २० लाखको खर्च प्रस्ताव
सिरिजङ्गा मेलाका लागि १९ लाख ६० हजार रुपैयाँ बराबरको खर्च प्रस्ताव गरिएको छ। क्लवका कोषाध्यक्ष दिनेश भट्टराईका अनुसार महोत्सवका लागि सरकारी निकाय,संघसंस्था,दाता महानुभावहरुलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको छ। मेलालाई स्थानीय स्तरमा उत्पादित बस्तुको बिक्री र प्रवद्र्धनको अवसरको रुपमा उपयोग गर्ने योजना बनाइएको छ। क्लबका सचिव रञ्जित मावोका अनुसार मेलाका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा मनोरजनात्मक कार्यक्रम,स्थानीय समुदायको जातिय पहिचान झल्कने जातीय झाँकी प्रदर्शनी सहितका कार्यक्रम हुने भएका छन्।
सरिजंगासिंह थेबेलाइ किराँत लिम्बू लिपिका प्रचारक,सिरिजंगा लिपि र याक्थुङ संस्कृतिका प्रणेता,जातिय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ। सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजंगासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ। मंसिर २९ गते सिरिजंगासिंह थेबेको जन्म जयन्ती हो। यसअघि २०७८ साल मंसिर २९ गतेदेखि पुस ४ गते सम्म सिरिजङ्गा महोत्सव आयोजना गर्ने भनिएपनि कोरोना संक्रमणका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको थियो।