बिहीबारबाट ताप्लेजुङ सदरमुकाम फुङलिङमा सञ्चालित स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय शुसासन जोखिम मूल्याङ्कन सम्वन्धी अनुशिक्षण शुक्रबार सकिएको छ।
अनुशिक्षणको समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यि दुबै कार्यलाई स्थानीय तहले आफ्नो जिम्मेवारीको रुपमा ग्रहण गर्नुपर्ने बताए। संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय शुसासन जोखिम मूल्याङ्कन कार्यले आफ्नै कार्य सम्पादनका सवल र दुर्वल पक्षको पहिचान गर्ने भएकोले सवल पक्षलाई थप परिस्कृत गर्न र दुर्बल पक्ष सुधार्न अभिप्रेरित गर्ने लामाको बिश्वास थियो।
अनुशिक्षणका सहजकर्ता समेत रहेका पाँचथरको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेन लिम्बूले संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय शुसासन जोखिम मूल्याङ्कन कार्यलाई स्थानीय तहले आफ्नो कार्य सम्पादनको प्रभावकारिता सुधार गर्ने सूचकको रुपमा ग्रहण गनुपर्ने बताए।
जिल्ला समन्वय समिति ताप्लेजुङको निमित्त समन्वय अधिकारीको समेत भूमिका निर्वाह गरिरहेका आठराई त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले तथा विकास र सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिइ आवधिक समिक्षाको आधार प्राप्त गर्न यो कार्य स्थानीय तहले उपभोग गर्न सक्नुपर्ने अवस्था रहेको बताए।
अनुशिक्षणका सहभागी फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले स्थानीय तहको कार्य सम्पादन व्यवस्थापनमा सघाउने अभिप्रायका साथ अभियान सुरु भएको सिकाई सुनाए। स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न संस्थागत क्षमता स्वमूल्याङ्कन गरिन्छ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन वित्तीय शुसासन जोखिम मूल्याङ्कन गरिन्छ। यि प्रकृयाले सेवा बितरणको प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाका स्थानीय शासन विज्ञ अनिता गुरागाँई र प्रदेश अनुसन्धान तथा प्रतिष्ठान केन्द्रका लैंगिक समता तथा सामाजिक समावेशीकरण विज्ञ गीता श्रेष्ठले कार्यक्रमको मूल सहजीकरण गरेका थिए।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्ने कार्यमा सघाउन वित्तीय सुसाशन जोखिम मूल्याङ्कन गरिन्छ।