इलाका प्रशासन कार्यालय टीकापुरको भवन समय अगावै निर्माण सम्पन्न
२४ कार्तिक २०७९
•
२ मिनेट पाठ
इलाका प्रशासन कार्यालय टीकापुरको भवन समय अगावै निर्माण सम्पन्न
विकास निर्माणका काममा ढिलासुस्ती भैरहेको जनगुनासो बढेको बेला इलाका प्रशासन कार्यालय टीकापुरको भवन भने निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ।  




निर्माण कार्यको जिम्मेवारी पाएको नागार्जुन कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयभन्दा तीन महिना अघि नै निर्माण सम्पन्न गरेको हो। २०७७ पुस २६ गते भएको सम्झौता अनुसार भवन निर्माणको काम २०७९ पुस २५ गते सम्पन्न हुनुपर्ने उल्लेख छ।  

निर्माण कम्पनीले भने भवन निर्माणको काम २०७९ असोज ७गते नै सम्पन्न गरेको छ। निर्माण कम्पनीले निर्धारित समय अगावै काम सके वापत बोनस समेत प्राप्त गरेको छ। निर्माण कम्पनीका सञ्चालक दलबहादुर साउँदले १ सय ८ दिन वापतको बोनस प्राप्त गरेको बताए।  

३ करोड २३ लाख ८८ हजार ५३० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनको आज एक समारोहकाबीच नेपाल सरकारका गृह सचिव विनोद प्रकाश सिँहले उद्घाटन गरेका छन्।  

निर्धारित समय अगावै भवन निर्माणको काम सम्पन्न गरेको भन्दै गृह सचिव सिँहले निर्माण कम्पनीलाई धन्यवाद व्यक्त गरे। उनले निर्माण कार्यमा ढिलाई गरेका कारण त्यस्ता निर्माण कम्पनीहरुको आलोचना भैरहेका बेला समय अगावै काम सम्पन्न गरेर उदाहरणीय कार्य प्रस्तुत गरेकोमा आभार व्यक्त गरेका छन्।

‘सबैतिर समयमा काम हुन नसकेको भन्दै चर्को आलोचना हुने गरेको सुनिन्छ’ उनले भने,‘तर यहाँ त समय अगावै भवन निर्माण सम्पन्न भयो। यसबाट अरुले पनि सिक्नुपर्छ।’

इलाका प्रशासन कार्यालय टीकापुर अहिलेसम्म भाडाको भवनमा सञ्चालित थियो। संघीय सरकारको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ। भवन निर्माण पश्चात सेवासुविधामा सहज हुने इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पुष्कर खड्काले जानकारी दिए।  

उनले कर्मचारी अभाव भएका कारण सेवासुविधामा ढिलासुस्ती भैरहेकोले तत्काल आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गरिदिन गृह सचिव सिँहसँग आग्रह गरेका छन्।  

कार्यालयले जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका गरी पाँच वटा पालिकाका ३ लाख १५ हजार जनससंख्यालाई सेवा दिँदै आएको छ। हाल कार्यालयमा उपसचिवको नेतृत्वमा ११ जना कर्मचारी मात्रै कार्यरत छन्। जसले सेवाग्राहीको काम समयमै सम्पादन गर्न कठिनाई हुने गरेको छ।  

कार्यालय प्रमुख खड्काले दैनिक ६० वटा नयाँ नागरिकता र ४० जति नागरिकताको प्रतिलिपि बनाउने गरेको जानकारी दिए। उनले राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका अन्य काम समेत प्रभावित हुने गरेको बताए।  

गृह सचिव सिँहले कर्मचारी अभाव सबैतिर भएकाले आवश्यकता अनुसार व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे।  
अर्को समाचार
टीकापुरमा नागरिकता लिनेको संख्या दोब्बरले बढ्यो
१६ कार्तिक २०८०
•
२ मिनेट पाठ
टीकापुरमा नागरिकता लिनेको संख्या दोब्बरले बढ्यो
नागरिकता फाँटमा सेवाग्राहीको लाइन। तस्बिर: योगेश रावल
इलाका प्रशासन कार्यालय टीकापुरमा नागरिकता बनाउनेको संख्या अत्याधिक बढेको छ। दसैँ लगत्तै नागरिकता बनाउनेको संख्या दोब्बरले बढेको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले जानकारी दिए।  




उनका अनुसार दशैं अघि दैनिक प्रत्येक दिन ७० जनासम्मले नागरिकता बनाउने गरेकोमा अहिले त्यो संख्या १ सय ४० सम्म पुग्ने गरेको छ। उनले जिल्ला प्रशासन कार्यालय कैलालीको भन्दा धेरै संख्यामा नागरिकता वितरण भैरहेको बताए।

‘हिजोआज जिल्लाको भन्दा बढी नागरिकता वितरण गर्दै आएका छौं’ उनले भने, ‘दशैं तिहारको समय भएकाले संख्या बढेको हो।’

नागरिकता लिनेको संख्या अत्याधिक बढेपछि कार्यालयमा कामको चाप समेत बढेको छ। सेवाग्राहीले काम ढिलो भैरहेको गुनासो गरेका छन। उनीहरुले नागरिकता बनाउन तीन दिनसम्म लाग्ने गरेको बताए।

लम्की चुहानगरपालिका वडा नम्बर ६ तिल्खाका खेमराज शर्माले तीन दिनदेखी लाईनमा बस्नु परेको बताए। उनले आफू जस्तै कैयौं व्यक्तिहरुको नागरिकता बनाउनमा ढिलाई भइरहेको सुनाए।  

जोशीपुर गाउँपालिका वडा नं. १ कीट्ंिवकल चौधरीले पनि समयमा नागरिकता नबनेको सुनाइन्। नागरिकता फाँटको लाईनमा भेटिएकी चौधरीले समयमा काम नभएका कारण ढिलाई भैरहेको बताइन।

अध्ययनका क्रममा काठमाण्डौं रहेका टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १० का केशव जैशी समेत दशैं विदाको सदुपयोग गर्दै नागरिकता बनाउने लाइनमा भेटिए। उनले दुई दिन देखी नागरिकता बनाउने दौडधुपमा रहेको बताए।

कार्यालय प्रमुख रानाले नागरिकता बनाउनेको संख्या बढे पनि सेवामा ढिलाई नभएको दाबी गरे। उनले अघिपछिको भन्दा तुलनात्मक रुपमा समय लागे पनि दुईतीन दिन लाग्ने कुरा गलत भएको बताए।

‘सेवाग्राहीको चाप अनुसार दरबन्दी छैन तर नागरिकताकै लागि दुईतीन दिन लाग्दैन’उनले भने ‘केहीप्रकृया नपुगेको भए समय लाग्न सक्छ।’कार्यालयमा सेवाग्राहीको संख्याको तुलनामा दरबन्दी निकै कम रहेको छ। कार्यालय प्रमुख रानाले दरबन्दी थपका लागि पहल भइरहेको जानकारी दिए।  
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस