सोरुङछविसे काण्डका मृतक परिवारलाई राहत, चुनाव बहिष्कार गर्ने निर्णय फिर्ता
२३ कार्तिक २०७९
•
३ मिनेट पाठ
सोरुङछविसे काण्डका मृतक परिवारलाई राहत, चुनाव बहिष्कार गर्ने निर्णय फिर्ता
क्याप्सनः कटारी नगरपालिकामा नमूना मतदानको अभ्यास गरिदै। तस्विरः महेश्वर
गएको वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा सुरक्षाकर्मीको गोली लागेर युबकको ज्यान गुमाउनुका साथै किशोर घाइते भएको घट्नालाई लिएर आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने कटारी नगरपालिका १० सोरुङछबिसेबासीको निर्णय फिर्ता हुने भएको छ। घट्नाबारे भएको सहमति राज्यले कार्यान्वयन नगरेको भन्दै स्थानीयले सर्वदलीय बैठक राखेरै चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए।  




स्थानीयले बहिष्कारको निर्णय फिर्ता लिएपछि अव चुनाव शान्तिपूर्वक हुने अपेक्षा गरिएको छ। स्थानीयतह चुनावमा जनता कालिका मावि सोरुङ केन्द्रमा मतदान सकिएलगत्तै विवाद हुँदा प्रहरीले चलाएको गोलीले १८ वर्षीय वीरबहादुर कटुवालको घट्नास्थलमै ज्यान गएको थियो। घट्नापछि भएको दोषीलाई कारबाही गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिने तथा मृतकलाई शहीद घोषणा गर्नेलगायत ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयबासीले चुनाव बहिष्कार गर्ने चेतावनी दिएका थिए। 

घट्नालाई लिएर मृतकका आफन्त, स्थानीयवासी र राज्यपक्षबीच पटकपटक भएको छलफलले ६ बुँदे सहमति गरी ३ दिनपछि मतगणना सुरु भएको थियो। तर, घट्नाको ७ महिना पुरा हुन लाग्दासम्म कार्यान्वयन नगरेको भन्दै स्थानीयले सर्बदलीय, सर्बपक्षीय बैठक राखेर चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए। वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा र सरोकारवाला व्यक्ति र निकायको सहभागितामा भएको बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको थियो।  

‘७ महिनाअघिको घट्नाप्रति राज्य मुकदर्शक भएर सहमति कार्यान्वयन नगरेले मंसिर ४ को चुनाव कुनै पनि हालतमा सञ्चालन हुन नदिने निर्णय गरेका थियौँ’ वडाध्यक्ष खड्काले भने, ‘अब केही माग पुरा हुने भएपछि निर्णइ फिर्ता लिदैछौँ।’ वडाध्यक्ष खड्काका अनुसार ६ बुँदे सहमतिमध्ये आंशिक माग पुरा हुने भएपछि चुनाव बहिष्कारको निर्णय फिर्ता लिने सहमति भएको हो।  

घट्नामा कटुवालको ज्यान लिनुका साथै अर्का स्थानीय १३ वर्षीय मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए। घटनापछि तनावग्रस्त भएको सोरुङबासीले मतपेटिका र शवसमेत उठाउन दिएका थिएनन्। जिल्ला प्रशासन, प्रहरी, राजनीतिक दल, कटारीस्थित इलाका प्रशासन, प्रहरी र नगरपालिकाको संयुक्त प्रयासमा लामो छलफलपछि ६ बुँदे सहमति गर्दै ३ दिनपछि मात्र शव उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाइयोभ ने मतगणना गरिएको थियो।  

सहमति अनुसार घट्नाबारे उच्चस्तरीय छानबिन गृह मन्त्रालयमार्फत आयोग गठन गर्ने, मृतकलाई शहीद घोषणा गर्न र दोषी सुरक्षाकर्मीलाई निलम्बन गरी कारबाही गर्न गृह मन्त्रालयलाई लेखि पठाउने, मृतक परिवारलाई क्षतिपूर्ति दिने, घाइतेलाई उपचार र उचित क्षतिपूर्ति दिनेलगायत बुँदाहरु थिए। तीमध्ये हाललाई केही मागहरु पुरा गर्ने र बाँकी कुरा माथिल्लो निकायसँग पुरा गर्न लेखि पठाउने सहमति गरेपछि बहिस्कारको निर्णय फिर्ता भएको कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।  

नगरपालिका, प्रशासन, प्रहरी र कटारी इलाका प्रशासन तथा प्रहरीसँगै राजनीतिक दलहरुबीचको छलफलले सहमति आंशिक भए पनि कार्यान्वयन गरेर चुनाव निर्भयपूर्वक सम्पन्न गर्ने निर्णय गरेको मेयर श्रेष्ठले बताए। उनका अनुसार राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी, निर्वाचन कार्यालय र स्थानीयसमेतलाई सहभागी भएको बैठकले यो निर्णय गरेको हो। मंगलबार बसेको सामुहिक छलफलले तत्काल गर्न सकिने माग पुरा गर्ने र बाँकी मागका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएसँगै स्थानीयबासी चुनाव बहिष्कार गर्ने निर्णय फिर्ता लिएको मेयर श्रेष्ठले बताए।  

प्रमुखजिल्ला अधिकारी जनार्दन गौतमले घट्नाको पीडितपक्षमो माग संबोधन गरेर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बाटो खोलिएको बताए। उनका अनुसार मृतक परिवारको नाममा १० लाख रकम राहतस्वरुप बुधबारै बैंक खातामा जम्मा गरिदिएको र अन्य मागहरु पनि संबोधन गर्ने प्रतिबद्धता जनाएको बताए। जस अनुसार घट्नाको छानविन गर्न गृह मन्त्रालयबाट गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न र मृतकलाई शहीद घाेषणा गर्न गृहलाई आग्रह गर्ने, घाइतेको उपचारमा लागेको खर्च बेहोर्ने काम भएको सिडिओ गौतमले बताए।

स्थानीयले बहिष्कारको निर्णय फिर्ता लिएसँगै बुधबारदेखि सोरुङछबिसेमा राजनीतिक दलहरुले चुनावी गतिविधि गर्न खुल्ला भएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार सो वडामा २ हजार१ सय ४० मतदाता रहेका छन्। स्थानीय चुनावमा १ हजार ४ सय ६८ मत खसेको उनले बताए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
७ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस