इलामको पश्चिमी फाकफोकथुम गाउँपालिका–३, आमचोककी पवित्रा परियार नेपालीका ७ वर्षे छोरा इसानलाई केही समयअघि १ सय ४ डिगी फरेनहाइट ज्वरो आयो। ३ दिनसम्म घटेन। गाउँमै औषधोपचार गर्न खोज्दा चिकित्सकको त कुरै छाडौं, राम्रो सिटामोलधरि पाइएन। परिवारजन आत्तिए।
बालक निसान झन्–झन् बिरामी पर्दै गएपछि उनलाई उपचारमा अन्यत्रै लैजानुपर्ने भयो। गाउँमा न एम्बुलेन्स छ, न भनेका बेला गाडी नै पाइन्छ। हारगुहार गरेपछि नजिकै रहेको फाकफोकथुम गाउँपालिकाको गाडीले बिरामी बालकलाई राँके बजारसम्म पुर्याइदियो। त्यहाँबाट अर्काे गाडी खोजेर झापाको बिर्तामोड लैजानुपर्यो। घरबाट हिँडेको ७ घन्टाभन्दा बढीमा बिर्तामोड पुर्याएपछि डाक्टरले भने, 'धन्य अलि चाँडो ल्याउनुभएछ, नभए केही भन्न सकिने थिएन।'
यो घटना सम्झिँदा पवित्राका आँखा अहिले पनि रसाउँछन्। ‘गाडी नपाउँदाको कष्ट त छँदैछ, काखमा बोकेको बिरामी नानी फर्काएर घर ल्याउन पाइन्छ कि पाइँदैन भन्ने सन्त्रास सम्झिँनभन्दा बिर्सिनै मन लाग्छ,’ उनले भनिन्, ‘खर्चको चाहिँ कुरा नगरौं।’ त्यसअघि पनि उनका छोरा बिरामी भएर यसैगरी रातारात बिर्तामोड लैजानुपरेको थियो। गाउँमै अस्पताल, औषधि र चिकित्सक नहुँदा उनले बालक छोराको उपचार गर्न जोखिम मोल्नुपरेको र महँगो रकम तिर्नुपरेको बताइन्। ‘एक पटकको गाडीको एकोहोरोमात्रै खर्च २३ हजारभन्दा बढी लाग्यो,’ उनले भनिन्, ‘यहाँबाट टाढाको अस्पतालमा बिरामी राखेको खर्च त झन् भनिसाध्य छैन। ’
गएको दसैंअघि गाउँका एकजना बिरामी भए। समस्या उही हो–गाउँमा औषधि र चिकित्सक दुवै थिएनन्। उपचारका लागि राम्रो अस्पताल लैजान त हिँडाइयो तर करिब ३ घन्टापछि इलाम सदरमुकाम कटेर माइखोला पुर्याएपछि उनको बाटैमा मृत्यु भयो। यस्ता घटना अरू पनि छन्।
अहिले गाउँमा ‘चुनाव लागेको’ छ। ‘यो गरिदिन्छु, त्यो गरिदिन्छु’ भनेर सपना देखाउने उम्मेदवार दिनहुँजसो घर–घर आइरहेका छन्। यसरी गाउँ आउनेमा नयाँ उम्मेदवार त छँदैछन्, यही क्षेत्रबाट पटक–पटक चुनाव जितेर जाने नेता पनि छन्। ‘अहिलेसम्म जसले चुनाव जितेर गए, अरू काम त गरे होलान् तर अत्यावश्यक बेलामा गाउँमै राम्रो उपचार हुने व्यवस्था चाहिँ गर्न सकेनन्,’ पवित्रा भन्छिन्, ‘गाउँमा कम्तीमा राम्रो औषधि र उपचार पाइए न अकालमा ज्यान जान्थ्यो, न यहाँबाट कोही बसाइँ हिँड्दै आफैंले जिताएका नेतालाई सराप्नु नै पथ्र्याे। ’ बिरामी पर्दा अक्सिजन, पानीको बाफ लगाउने मेसिनको त कुरै नगरौं, सामान्य ज्वरो आउँदा खानुपर्ने राम्रो गुणस्तरको औषधिसमेत गाउँमा नपाइएको पवित्राको दुखेसो छ।
इलाम क्षेत्र नम्बर २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभर नै सडक, शिक्षा, खानेपानी, बिजुलीजस्ता अत्यावश्यक सुविधा नपुगेको यहाँका मतदाता बताउँछन्। त्यसमा पनि खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडक चाहिँ यहाँको मुख्य आवश्यकता हुन्। कालोपत्रे सडक नभएको यो क्षेत्रमा हिउँदभर जसोतसो गाडी चल्छ, बर्खा लागेपछि सबैतिर ठप्प।
फाकफोकथुमकै दुर्गाप्रसाद दाहाल राजनीतिक दलका उम्मेदवार गाउँमा अहिलेसम्म भोट माग्नमात्र आउनेगरेको सुनाउँछन्। ‘यी दलका नेता उम्मेदवारभन्दा अब देशलाई त बालेन (काठमाडौंका मेयर बालेन्द्र साह)जस्तै स्वतन्त्रकै आवश्यक परेको हो कि भन्ने लाग्न थालिसक्यो,’ उनले भने, ‘के–के न हुन्छ भनेर दलका नेतालाई जिताइयो, गर्न त गरे होला तर हामीजस्ता सर्वसाधारणले कहिले गाउँमै उपचार पाउने? कहिले गाउँका सडकमा हिउँद–बर्खै गाडी चढ्न पाउने? कहिले हाम्रो आँगनमा धारो बन्ने र पानी आउने?’
उनले गाउँमा प्रसूति हुने महिलाको उपचारमा अत्यन्त ठूलो समस्या भइरहेको बताए। ‘यो गाउँमा सुत्केरी हुने बिरामी कि अस्पताल नपुर्याइ सुत्केरी हुन्छन् कि बाटैमा मर्छन्,’उनले भने, ‘एउटामात्रै भएपनि पक्की बाटो भइदिएको भए, एउटामात्र भरपर्दाे अस्पताल र डाक्टर भइदिएको भए यो दुर्दशा हुने थिएन।’ उनले अब मतदाता धेरै चनाखो भइसकेको र काम गर्ने उम्मेदवारलाई मात्र भोट जिताएर पठाउने बताए।
फाकफोकथुमकै ७९ वर्षीया गोमादेवी भण्डारी भोट माग्दै आउने उम्मेदवारसँग सन्तुष्ट छैनन्। ‘अहिले पनि दिनैपिच्छे यहाँ भोट माग्न आइरहेका छन्,’ उनले भनिन्, ‘हिजोमात्रै पनि ८/९ गाडीमा ठूलो हुल बाँधेर भोट चाहियो भन्दै आएका थिए, मैले त मुखुुञ्जेली भन्दिएँ, 'अब सपना नदेखाओ, हामीले रोजीरोजी भोट हाल्न जानेका छौं, कसलाई हाल्नुपर्छ भन्ने अब थाहा भो भनेर आँगनबाटै फर्काइदिएँ।’
वृद्धा भण्डारी यसअघि यो क्षेत्रबाट चुनाव जितेर जानेसँगमात्र होइन, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँगसमेत सन्तुष्ट छैनन्। उनले भोटअघि ‘सिप लाउँदै’ आएका नेता जितेर गएपछि गाउँका मतदातासँग बोल्दा पनि छुत लाग्छजस्तो गर्नथालेको गुनासो गरिन्। ‘घुँडो दुखेर खप्न सकिनँ, यहाँ उपचार भएन, डाक्टर भेटिएनन्, बल्लबल्ल झापाको अस्पताल गएर महँगो पैसा तिरेपछि उपचार त गरिदियो तर अझै जाती भएको छैन, खुट्टो काट्नुपर्छ भनेको थियो, त्यो उपचार गर्न नसक्दा अहिले पनि पीडा छँदैछ,’ भण्डारीले भनिन्, ‘हामीजस्ता डाँडापारिको जून भएकाले यतिका वर्ष नेताहरूलाई भोट हालेर जितायौं, आज यही बिजोक देख्नलाई हो?’ भण्डारीले जितेर जाने उम्मेदवारले अस्पताल, बाटो, खानेपानी र स्कुलको सुविधा चाहिँ अनिवार्य रूपमा गाउँमै दिनुपर्ने बताइन्। ‘घरैमा पैसा ल्याइदेओ भनेको छैन हामीले, वृद्धभत्तासम्म दिए, दिएनन् पनि भनेको छैन। तर, गाउँमा अस्पताल बनाउन, पानीको धारो ल्याउन, एउटा राम्रो बाटो बनाउन चाहिँ किन नसकेका हुन्?’ उनले भनिन्, ‘जितेर जाने नेताले काम नगर्दा हामीजस्ता जनता उपचार नपाएर घर–घरमै मर्नु नपरोस्मात्रै भनेको हो। ’
क्षेत्र नम्बर २ का बासिन्दामात्र होइन, सिंगो इलाम जिल्लाबासी प्रभावकारी स्वास्थ्य सेवाबाट वञ्चित छन्। सदरमुकामस्थित इलाम अस्पतालमा पूर्वाधार र उपकरणको खास अभाव छैन। तर, दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा जिल्लाबासीलाई उपचार गराउन समस्या छ। बालविशेषज्ञ चिकित्सक चाहिँ सदरमुकामका अस्पतालमा समेत नहुँदा बालबालिका बिरामी भए झापा, मोरङ, धरान, विराटनगर वा भारतका अस्पताल पुर्याउनुपर्ने बाध्यता छ। सदरमुकामबाट टाढा रहेको क्षेत्र नम्बर २ का बासिन्दाले तुलनात्मक हिसाबले स्वास्थ्य सेवामा अझ बढी सास्ती खेप्नुपरेको छ। यो क्षेत्रको मंगलबारेमा प्राथमिक स्वास्थ्य केन्द्र छ। फाकफोकथुमलगायत गाउँहरूमा स्वास्थ्य केन्द्रहरू भएपनि दक्ष चिकित्सक र औषधि पर्याप्त छैन। बर्खामा सडक नहुँदा औषधि ढुवानीमा समेत समस्या छ भने बिरामीलाई उपचार गराउन झनै कष्ट।
यो निर्वाचन क्षेत्रबाट २०५६ सालयता निरन्तर प्रतिनिधिसभाको चुनावमा विजयी भएका नेता हुन् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ। आफूले पहिलो चुनाव जितेका बेला यो क्षेत्रमा एकै किलोमिटर सडक नभएको, एउटा बिजुलीको बल्ब नझुन्डिएको, २ वटा टेलिफोन लाइन रहेकामा एउटा चाहिँ बिग्रिएको अवस्था रहेको बताउँछन्। अहिले पनि यही क्षेत्रको उम्मेदवार रहेका नेम्बाङले अब यो क्षेत्रमा नयाँ सडक आवश्यक नभएको तर आफ्नै पहलमा सुरु भएका दर्जनौं सडक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीसँग अहिले पनि आफ्नै पहलमा थालेको भनिएका दर्जनौं सडक र अन्य पूर्वाधारको सूची ‘अब पूरा गर्नुपर्ने योजना’का रूपमा छ। उनले इलाम अस्पतालको पूर्वाधार विकास, चिकित्सक व्यवस्थापन र नियमित सेवादेखि मंगलबारेमै ५० शैयाको अस्पतालसम्मको प्रतिबद्धता गरेका छन्।
‘अहिले यहाँको विकास पर्याप्त छैन तर दर्जनौं सडक, पुल बनेका छन्, धेरैजसो अधुरा विकासे काम पूरा गर्नुछ,’ नेम्बाङ मतदातालाई भन्दैछन्, ‘अरू दलले ३० वर्ष देशमा सरकार चलाउँदा जति बजेट यो क्षेत्रमा दिए, त्योभन्दा बढी त मैले यहाँको एउटै योजनामा ल्याएको तपाइँहरूले देख्नुभएकै छ। त्यसैले अुधरा काम पूरा गर्ने अवसर दिनुहोस्। तपाइँहरूले चाहेजस्तै विकास भएको क्षेत्र बनाउने छु।’
नेम्बाङको मुख्य प्रतिस्पर्धीका रूपमा रहेका गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्का यो क्षेत्रमा विकास अधुरो रहेको भन्दै मतदातालाई दुर्गम क्षेत्रको विकासका लागि अब नयाँ उम्मेदवार चाहिने बताउँदैछन्। ‘अब नयाँ उम्मेदवारलाई जिताएर हेर्नुहोस्, म यो क्षेत्रलाई सुगम बनाउनेगरी काम गर्नेछु।’ उनले पनि स्वास्थ्य र सडकका दर्जनौं योजना मतदातालाई देखाएका छन्। यही क्षेत्रको उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा अब यो क्षेत्रका मतदाताले ठूला नभइ साना दलका उम्मेदवारलाई अवसर दिने दाबी गर्छन्। ‘अब जनताले पुराना वा अहिलेसम्म ठूलामा गनिएका होइन, राम्रो काम गर्ने साना दलका उम्मेदवारलाई जिताउनेछन्,’ उनको दाबी छ, ‘अबको चुनावमा हाम्रो दल (म)लाई मतदाताले अवसर दिनेछन्।’ पालुङ्वाले पनि यो क्षेत्रको सडक, बिजुली, विद्यालय, खानेपानी, खेलकुदलगायत दर्जनौं क्षेत्रका योजना ल्याएका छन्।
विगत ३ दशकभित्र यो निर्वाचन क्षेत्रमा विकासका काम सुरु नभएका होइनन्। तर, सुरु भएका काम पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो। इलाम क्षेत्र २ र पाँचथरको ‘मेरुदण्ड’मात्र नभइ मोरङ र धनकुटासमेत छोएको राँके–रवि–भेडेटार सडक निर्माणक्रममा छ। तर, ६ अर्ब लगानी रहने यो सडकको १८ प्रतिशत भौतिक प्रगति भएपछि निर्माण व्यवसायीको लापरबाहीले काम रोकिएको छ। नेम्बाङसहित चारै जिल्लाका यसअघि निर्वाचित सभासदहरूले यो सडकको ठेक्का तोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लिखित आग्रह गरिसकेका छन्। दमक–चिसापानी सडकमा अढाई अर्ब र इलाम–बेलासे–झापा सडकमा ५६ करोड रुपैयाँ विनियोजित भएकामा काम भएको छ तर सडक सुध्रिन अझै समय लाग्ने छ।