आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी खोटाङका दुई स्थानीयतहमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका जन्तेढुंगा र बराहापोखरी गाउँपालिकामा सोमबार नमूना मतदान सम्पन्न गरेको निर्वाचन कार्यालय खोटाङले जनाएको छ। निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले मतदातालाई मतदानबारे सुक्ष्म जानकारी गराउन तथा मत बदर हुन नदिन नमूना मतदान कार्यक्रम गरिएको बताए।
उनका अनुसार कर्मचारी, सुरक्षाकर्मी, नागरिक अगुवामार्फत सर्वसाधारणलाई मतदान गर्ने तरिका सिकाउन ‘मतदाता शिक्षा कार्यक्रम’ अन्तर्गत नमूना मतदान कार्यक्रम आयोजना गरिएको हो। महिला, पुरुष र अशक्त, अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टाछुट्टै लाईन बनाएर मतदाता परिचयपत्र तथा मतदान अधिकृतको हस्ताक्षर रुजु र गोप्य कोठामा मत हाल्नेलगायत सबै मतदानको प्रक्रिया अपनाइएको थियो।
त्यसैगरी सर्वसाधारणलाई स्वस्तिक छाप लगाउन र मतपत्र पट्याएर मत पेटिकामा खसाल्ने विधिसमेतबारे जानकारी दिइएको निर्वाचन कार्यालयले जनाएको छ। नमूना मतदान गर्दा जन्तेढुंगा गाउँपालिकामा १ सय ३५ मत खसेको थियो भने बराहपोखरी गाउँपालिकामा १ सय ६० मत खसेको थियो। खसेका मतमध्ये जन्तेढुंगामा ५ मत र बाराहापोखरीमा १२ मत बदर भएको राईले बताए। सूचना अधिकारी राईले स्थानीयतह र प्रतिनिधिसभा तथा प्रदेशको चुनावमा चुनाव चिन्ह फरक हुने भएकाले मतदाता झुक्किएर बदर मत भएको अनुमान गरे।
स्थानीयतहको चुनावमा ७ वटा चुनाव चिन्हमा मत हाल्नुपर्ने तर, प्रतिनिधिसभा र प्रदेशसभामा फरक फरक मतपत्रमा एक/एकवटा मात्र हाल्नुपर्ने भएकाले मतदाता झुक्किएको उनको भनाई छ। यो चुनावमा मतपत्रको आकार, रङ, चुनाव चिन्ह, मतदान गर्ने तरिका र बदर हुन नदिन अपनाउनुपर्ने सचेतनाबारे नमूना मतदानमा सिकाइएको उनले बताए।
आगामी चुनावमा सकेसम्म मत बदर हुन नदिन जिल्लाव्यापी नमूना मतदान कार्य गर्ने योजना रहेको कार्यालयले जनाएको छ। खोटाङमा २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीयतह रहेका छन्। सदरमुकाममा दिक्तेल रुपाकोट मझुवागढी र पश्चिम भेगमा हलेसी तुवाचुङ नगरपालिका रहेका छन् भने बाँकी गाउँपालिका छन्। निर्वाचन कार्यालयले १० वटै स्थानीयतहमा नमूना मतदान गर्ने क्रम चलिरहेको जनाइएको छ।
चुनाव हुन १२ दिन बाँकी रहँदासम्म निर्वाचन कार्यालयले मतपेटिका, आयोगबाट प्राप्त भएको समानुपातिकतर्फको मतपत्र मतदान केन्द्र पठाउने तयारी गरेको छ। खोटाङमा १ सय ३६ मतदानस्थल र १ सय ९४ मतदान केन्द्र तथा २ अस्थायी मतदान केन्द्र रहेका छन्। त्यसका लागि ७ सय ९२ थान मतपेटिका पठाउने तयारी गरेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रत्येक मतदान केन्द्रका लागि ५ वटा मतपेटिका र २ अस्थायी मतदान केन्द्रमा १/१ वटा मतपेटिका प्रयोग हुने छ। प्रत्यक्ष र समानुपातिक मत खसाल्न प्रत्येक मतदान केन्द्र ४/४ वटा मतपेटिका प्रयोग हुने भए पनि थप १ थान मतपेटिका भईपरी आउनसक्ने भन्दै जगेडाका लागि मतदान केन्द्र पठाउन लागिएको हो।
खोटाङमा यो चुनावमा १ लाख ४२ हजार ७ सइ ९२ जनालाई मताधिकार रहेको छ। यसअघि मतदाता नामावलीमा दर्ता गराएका तर, परिचयपत्र पाउन बाँकी मतदातालाई पनि निर्वाचन आयोगले मतदान गर्न पाउने व्यवस्था मिलाएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए। गौतमका अनुसार मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभभएका मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र तथा नेपाल सरकारद्वारा जारी परिचय खुल्ने अन्य कुनै कागजातको आधारमा पनि मतदान गर्न पाउने छन्।
गत वैशाख ३० मा सम्पन्न स्थानीयतह चुनावमा फोटोसहितको मतदाता नामावलीमा नाम भए पनि मतदाता परिचयपत्र नभएकालाई मतदान गर्न दिइएको थिएन। त्यस्तो व्यवस्थाले मताधिकार हनन् भएको ठहर गर्दै मंसिर ४ को चुनावमा यो व्यवस्था गरिएको उनले बताए।