कोहलपुर–१४ स्थित हवल्दारपुरकी ६४ वर्षीया सनफुलिया चौधरीको उमेर ढल्किँदो छ। जतिजति उमेर ढल्किन्छ उतिउति नै उनको आँखा नदेख्ने समस्या जटिल बन्दै थियो। दुई वर्षदेखि उज्यालो संसार हेर्न नसकेकी उनी अहिले संसारलाई एकाएक नियाली रहेकी छिन्। कोहलपुर–१, कौशिलानगरका ४७ वर्षीय जर्मबहादुर बमको पनि सुन्दर आँखाले संसार हेर्ने आशा लगभग समाप्त भइसकेको थियो। उनले कानले सुन्थे अनि मनले देख्थे। आँखामा मोतीबिन्दुको समस्याले गर्दा उनका लागि तीन वर्षदेखि संसार अन्धकार थियो। परिवार र आफन्तलाई स्वरको माध्यमले चिन्दथे। तर, आँखाको अप्रेसन भएपछि पुनः सुन्दर संसार हेर्ने उनको रहर पूरा भएको छ।
भनिन्छ, ‘कसै न कसैमा तिम्रो सुन्दरता चिन्ने आँखा हुन्छ। कसै न कसैमा तिम्रो सत्यलाई सुन्ने कान हुन्छ।’ तर, कोहलपुर–७ का ७९ वर्षीय अम्मरबहादुर गौतमले सत्यतालाई सुन्न सकेका थिएनन्। कान नसुन्ने समस्याले आँखाले नियाल्थ्ये र सत्यता पहिचान गर्थे। तर, अहिले अवस्था उनको फरक छ। सुन्दरता र सत्यतालाई चिन्न र सुन्न सक्ने आँखा कान स्वस्थ छन्। यति मात्र होइन कोहलपुर नगरपालिकामा चार हजार एक सय ७५ जनाले आफ्नो आँखा नदेख्ने समस्या र कान नसुन्ने समस्याबाट छुटकारा पाएका छन्।
‘मलाई लाग्थ्यो सुन्दर संसार अब कहिले देख्न पाउँला,’ सनफुलियाले भनिन्, ‘तर, नसोचेको सम्भव भयो।’ उमेर ढल्किँदै गए पनि आँखाको ज्योति फिर्ता भएर आएको उनी बताउँछिन्। ‘अब त दुवै आँखा देख्ने भइयो, यसरी फेरि हेर्न सकिएला भन्ने लागेकै थिएन, यो मेरो जिन्दगीकै सबैभन्दा खुसीको दिन हो,’ उनले भनिन्। ‘आँखाको शल्यक्रिया भएपछि पहिलाझै देख्न थालेको छुँ,’ जर्मबहादुरले भने, ‘फेरि संसार चिन्ने अवसर पाएको छुँ, निकै खुसी छुँ।’ आर्थिक अभावका कारण उनले आँखा परीक्षण गर्न सकेका थिएनन्। ‘उपचार गराउन महँगो हुन्छ भनेर अस्पतालसम्म पुगेन,’ उनले भने, ‘गाउँमै शिविर आएपछि सजिलो भयो।’
यहाँका असहाय, अपांगता भएका र विपन्न व्यक्तिलाई संसार हेर्ने आँखा र सुन्ने कान राम्रो बनाइ जीवन सहज बनाउने उद्देश्यले समाज सेवा संस्था बाँके कोहलपुरले आँखा र कान परीक्षण शिविर राखेको थियो। उक्त शिविरबाट कोहलपुरका असहाय, अपांगता भएका र विपन्न व्यक्ति लाभान्वित भएका छन्। शिविर भदौ ३१ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले जनाए। उनका अनुसार उक्त शिविर कोहलपुरका १५ वटै वडामा सञ्चालन गरिएको थियो। ‘शिविरमा आँखाको जाँच दुई हजार ६ सय ९४ जनाको गरेका थियौं,’ उनले भने, ‘त्यसमध्ये तीन सय ७१ जनाको अप्रेसन भएको थियो।’ उनका अनुसार एक हजार चार सय ८१ जनाको कान चेकजाँच भएको थियो। जसमध्ये एक सय २७ जनाको अप्रेसन गरिएको उनले जनाए।
समाज सेवा संस्थाका अनुसार १ नम्बर वडामा एक सय ९५, २ नम्बरमा दुई सय ९५, ३ नम्बरमा तीन सय सात र ४ नम्बर वडामा एक सय ५२ जनाले आँखा तथा कान चेकजाँच गराएका छन्। त्यस्तै वडा नम्बर ५ मा चार सय २७, ६ मा दुई सय, ७ मा दुई सय ४७, ८ मा दुई ३६, ९ मा दुई सय १७, १० मा दुई सय २७, ११ मा चार सय ३६, १२ मा चार सय १५, १३ मा दुई सय ५६, १४ मा दुर्ई सय ५२ र १५ मा तीन सय १३ जनाको जाँच भएको छ।
शिविरमा आँखा परीक्षण गरिँदै। तस्विरः नागरिक