भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण
०३ कार्तिक २०७९
•
१ मिनेट पाठ
भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण
भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।




सो अवसरमा आयोजित बृहत् अभिभावक भेलामा नगर प्रमुख सुनिल प्रजापतिले शिशुस्याहार केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारीहरुले असल व्यवहारबाट बालबालिकाहरुलाई हुर्काउने प्रयासमा लाग्नुपर्ने बताए। उनले भवन र संरचना राम्रो हुँदैमा सेवा प्रवाह राम्रो हुने नभइ त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरुको मेहनतमा संस्थाको प्रगति हुने बताए।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शिक्षिक र सुसंस्कृत नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले कलेज तथा शिशुस्याहार केन्द्रहरु व्यवस्थित ढंगले सञ्चालन गर्दै आएको बताइन्। भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कामदार वर्गका अभिभावकका बालबालिकाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको शिशुस्याहार केन्द्रले सेवा गरिरहेको बताए।

त्यस्तै कार्यक्रममा शिशुस्याहार तथा बाल विकास केन्द्र प्रमुख दिपेन्द्र प्रजापति र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि शिशुस्याहार केन्द्रबाट प्रवाहित सेवा सुविधाहरुबारे चर्चा गरे। नगरपालिकाले नगरका ठाउँंठाउँंमा यस्तै शिशुस्याहार केन्द्रहरु सञ्चालन गरिराखेका छन्।
अर्को समाचार
भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा राष्ट्रघाती एमसीसी खारेजीको माग
२७ माघ २०७८
•
२ मिनेट पाठ
भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा राष्ट्रघाती एमसीसी खारेजीको माग
भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको सभाको बैठकमा नगरसभासद्हरुले देशघाती एमसीसी खारेजीको माग गरेको छ।




सभाध्यक्ष प्रजापतिले नगरसभा वैचारिक छलफल र संघर्ष गर्ने थलो भएको बताउँदै आजको बैठकमा राष्ट्रघाती एमसीसीको विरोधमा आफ्ना विचारहरु व्यक्त गर्ने सभासद्हरुलाई आफ्नो सांस्कृतिक र बौद्धिक विकासको लागि अझ थप अध्ययन अनुसन्धान गर्न प्रेरित गरे।

राजनैतिक दल आस्था र विचारको आधारमा स्थापित हुने र नेमकिपाको विचार सुरुदेखि अहिलेसम्म सही सावित भइरहेको हुँदा अहिले राजनीतिक प्रतिनिधित्वको आधारमा सानो दलको रुपमा रहे पनि कालान्तरमा यसको विचारले विजय प्राप्त गर्ने निश्चित छ भने।

एमसीसीको विषयमा वर्तमान प्रधानमन्त्री र सत्ता गठबन्धनका माओवादी नेता पुष्पकमल दाहालले चार महिना अगाडि व्यक्त गरेको भिन्न विचारहरुमध्ये अहिले प्रम देउवाले भनेजस्तै सहमतिमा एमसीसीलाई पत्राचार गरेको प्रमाणित भएको हुँदा नेता दाहालले एमसीसीबारे जनतालाई ढाँटेको प्रमाणित भएको छ भने।

सभाको विशेष समयमा बोल्दै सभासद् राजेन्द्र माकले राष्ट्रघाती एमसीसीको विरोध गर्नुपर्नाका कारणहरुबारे प्रष्ट पार्दै एमसीसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा औंल्याए।

सभासद् छोरीमैंया सुजखूले नेमकिपाले नेपालको सार्वभौमसत्ता रक्षाको लागि भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको थिचोमिचोविरुद्ध जनतालाई सचेत र संगठित पार्दै आइरहेको बताए। त्यस्तै सभासद् तुल्सीलक्ष्मी दुमरुले देशका शासक दल र तिनका नेताहरूको सत्ता स्वार्थका लागि विदेशी शक्तिसामू झुक्ने प्रवृत्तिले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा बढिरहेको बताए।

सभासद् पूर्णगोपाल राजचलले एमसीसीको विरोधमा नेमकिपाले सुरुदेखि आवाज उठाउँदै आइरहेको अवगत गर्दै एमसीसीको नाममा अमेरिकी अनुदान पाएका कुनै पनि देशको आर्थिक अवस्था माथि नउठेको प्रष्ट पारे। सभामा बोल्दै सभासद् रञ्जना त्वातीले नगरका अव्यवस्थित तारहरुको व्यवस्थापन र खानेपानीको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सोही क्रममा सभासद्हरु शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु र गोविन्द दुवालले एमसीसी संरा अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त सैन्य रणनीतिको अंग भएको हुँदा तत्काल खारेज गर्नुपर्ने, नेपाल सरकारले श्रीलंकाबाट शिक्षा लिई छिटो एमसीसी सम्झौता खारेज गर्नुपर्ने, शासक दलका नेताहरूको दलाली प्रवृत्तिकै कारण नेपाललाई अवाञ्चित किसिमको दबाब दिइरहेकोलगायतका धारणाहरु व्यक्त गरे।

बैठकले आ.व. २०७८/७९ को साउन १ गतेदेखि २०७८ माघ मसान्तसम्मको कार्यपालिका बैठक निर्णय विभिन्न समिति–उपसमितिको निर्णय प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तहबाट भएका सम्पूर्ण निर्णयहरु, आदेश र काम कारबाही सभाबाट अनुमोदन गर्ने निर्णय सर्वसम्मतिले पारित गर्यो। नगरसभाको अर्को बैठक २०७८ फागुन ३ गते मंगलबार बस्ने गरी स्थगित भयो।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस