मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखीकरणमा साझा संयन्त्रको खाँचो औंल्याएको छ। मानव अधिकार मञ्च इलामले ताप्लेजुङमा शुक्रबार गरेको अन्तरक्रियामा मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखीकरणमा साझा संयन्त्रको आवश्यकता औंल्याईएको हो।
मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले साझा संयन्त्रमार्फत मानव अधिकार संरक्षण र अनुगमन अभिलेखीकरण हुन सकेमा मानव अधिकार संरक्षणका लागि खास महत्वको हुने बताए। साझा संयन्त्रमार्फत मानव अधिकारका बिषयहरुलाई नजिकबाट नियाल्ने र संयन्त्रमार्फत एकिकृत अभिलेखीकरण गर्ने हो भने यसले मूल नतिजा दिने विश्वकर्माको बिश्वास रहेको छ।
मानव अधिकार मञ्च इलामका योजना अनुगमन तथा मूल्याङ्कन अधिकृत योगराज सापकोटाले आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र मौलिक अधिकारका दृष्टीले मानव अधिकारको अवस्था बिश्लेषण गरी मानव अधिकारका आधारभूत सवाल पहिचान गर्न साझा संयन्त्र कामयावी हुने बिश्वास लिए। मानव अधिकारको क्षेत्रमा संलग्न अधिकारकर्मी तथा अधिकारवाला संस्थाहरुले भिन्न–भिन्न हिसावले मानव अधिकारका सवाल पहिचान गर्ने गरेको बिद्यनमान अवस्थामा मानव अधिकारका आधारभूत सवाल पहिचान गरी एकिकृत संयन्त्रमार्फत मानव अधिकाार संरक्षणका लागि अघि बढ्न संयन्त्रले ठूलो योगदान दिने उनको बिश्वास थियो।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष समेत रहेका वातावरण संरक्षण तथा विकास मञ्च(इसिडीएफ)का अध्यक्ष खड्गबिक्रम सुबेदीले अधिकारकर्मी र अधिकारवाला संस्थामार्फत हुँदै आएका अहिले सम्मका कामहरुलाई एकिकृत सूचना प्रणालीमा आवद्ध गर्न संयन्त्र फलदायी हुने बिश्वास व्यक्त गरे। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले इन्सेकको सुत्र र शैली अनुसार मानव अधिकारका घटनाको अभिलेखीकरण हुने गरेको बताउँदै यि बाहेक अधिकार संरक्षणका सवालहरुलाई इन्सेक अनलाइन र आफू कार्यरत सञ्चारमाध्यमहरुमा प्रयोग गर्दै आएको बताए।
नेपाल वार एशोसिएसन ताप्लेजुङ वार ईकाईका अध्यक्ष बलराम भट्टराईले द्धन्दकालमा एकिकृत सञ्जालमार्फत गरिएको कामले मानव अधिकारको संरक्षणमा ठूलो योगदान पुगेको अनुभव सुनाए। पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्यले जिल्ला र गाउँ तह सम्म मानव अधिकारको क्षेत्रमा क्रियाशिल संयन्त्र निर्माणले अधिकार क्षेत्रका सवाल पहिचान गर्न सहज हुने धारणा राखे। मानव अधिकार मञ्च इलामले मानव अधिकार संरक्षणका सवाल र प्रकृया बारे यहाँका स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारी तथा सदस्यसंग समेत अन्तरक्रिया गरेको छ।