धवलागिरी पदयात्राका धेरै पर्यटकसँग सम्पर्कै छैन
२३ असोज २०७९
•
५ मिनेट पाठ
धवलागिरी पदयात्राका धेरै पर्यटकसँग सम्पर्कै छैन
विदेशी पदयात्रामा गएको धवलागिरी हिमाल। फाइल तस्बिरः नागरिक
विभिन्न हिमाली क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी अलपत्र परेका छन्। धवलागिरी क्षेत्रको पदयात्रामा गएका विदेशीहरु बढीमात्रामा प्रभावित भएको पदयात्रा व्यवसायीले बताएका छन्। पदयात्रामा रहेका उनीहरु हिमपातमा परेको र फर्किन नसकेको अनुमान व्यवसायीको छ। पदयात्रामा रहेका उनीहरुसँग सम्पर्क समेत नभएको व्यवसायीले बताएका छन्।  




व्यवसायीका अनुसार पदयात्रामा रहेका ती पदयात्री हिमपातपछि बीचमै रोकिएर सुरक्षित बसेको अनुमान छ। तर, वास्तविक अवस्था भने अझै यकिन भएको छैन। सञ्चार सम्पर्क नहुँदा अवस्था यकिन हुन नसकेको पदयात्रा व्यवसायीको भनाई छ। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष सुशीलराज पौडेलका अनुसार धवलागिरीको पदयात्रामा कतिजना छन् भन्ने यकिन छैन। विभिन्न कम्पनिबाट गएका उनीहरुबारे विस्तृत विवरण कतै छैन।  

‘धवलागिरी सर्किटमा गएका विदेशी अप्ठेरोमा परेका छन्। उनीहरुसँग सम्पर्क पनि भएको छैन,’ पौडेलले भने। पौडेलको कम्पनिबाट गएका तीनजना भारतीय र उनीहरुका पाँचजना नेपाली सहयोगी र एकजना गाइड गरि नौजना अहिले सम्पर्कमा नरहेको उनले बताए। उनीहरु आइतबारसम्म पोखरा फर्किसक्नुपर्ने भएपनि सम्पर्कमा नआएको अध्यक्ष पौडेलले बताए। ‘आइतबारसम्म पोखरा फर्किनुपर्ने हो, तर, उनीहरु सम्पर्कमै छैनन,’ उनले भने, ‘कतै अप्ठेरोमा परेको अनुमान छ।’

धवलागिरीको पदयात्रामा गएका कोरियन, भारतीय र नेपाली सहित ठुलै टिम अलपत्र परेको आशंका रहेको उनले बताए। ‘हिमपातले गर्दा तल फर्किन पनि नसक्ने र माथि जान पनि नसक्ने अवस्था आएको हाम्रो अनुमान छ। सहज हुन्थ्यो भने उनीहरु सम्पर्कमा आउँथे। बीचमै अलपत्र परेको बुझेका छौं,’ पौडेलले भने, ‘धेरैजना पर्यटक त्यहाँ अप्ठेरोमा परेका छन्। उनीहरु सम्पर्कमा छैनन। यदी पदयात्रा पुरा हुन्थ्यो भने उनीहरु सम्पर्कमा आइसक्नुपर्ने हो। कतिजना छन् भन्ने यकिन छैन।’
अध्यक्ष पौडेलका अनुसार एक्सपीडिसनका लागि धवलागिरी बेसक्याम्प (४७४८) मा बसिरहेको टिमले सम्पर्कविहीन भएका व्यक्तिको खोजी गरिरहेका छन्। तर, उनीहरु बीचबाटोमै अलपत्र परेको आशंका छ। धवलागिरी पदमार्गको इटालियन क्याम्प (३६६०) र धवलागिरी क्याम्पको बीचमा जापानीज क्याम्प (३८९०) छ, जहाँ कुनैपनि तरिकाबाट सम्पर्क हुँदैन । सम्पर्कमा नरहेका भनिएका विदेशी पदयात्री र उनीहरुका नेपाली सहयोगी त्यही जापानीज क्याम्पमा रोकिएको आशंका रहेको उनले बताए।

‘जापानीज क्याम्पमा पनि नरहेको हो भने त्यो अप्ठेरो अवस्था हो भन्ने बुझनुपर्छ,’ उनले भने, ‘उनीहरुसँग खाने र बस्ने सामाग्री त पर्याप्त छ। तर, सम्पर्क भएको छैन।’ उनीहरु पदयात्रा गएकै बाटोबाट फर्किने विकल्प भएपनि हिमपातले समस्या ल्याएको हुनसक्ने उनले बताए। ‘जहाँबाट पदयात्रा सुरु हुन्थ्यो, त्यही बाटोबाट फर्किनुपर्ने हो, धवलागिरी पास पुरा गर्न नसक्दा गएकै बाटोबाट फर्किनुपर्ने हो, तर, कतैपनि सम्पर्क छैन,’ उनले भने। मौसम खराबीले हेलिकप्टर पनि जान नसकेको उनले बताए।

पदयात्रा व्यवसायी मिलन तिवारीका अनुसार धवलागिरीको इटालियन क्याम्प माथि होटल छैनन। होटल नहुँदा पदयात्रामा गएका पदयात्री टेन्टमा बस्नुपर्छ। ‘धेरै नै जना सम्पर्कमा नआएको भन्ने सुनेका छौ। तर, कति जना छन् भन्ने नै यकिन छैन। कम्पनिले पनि विवरण दिएका छैनन,’ तिवारीले भने, ‘धवलागिरी पदयात्रामा निकै नै समस्या देखिएको छ। पदयात्रामा गएका पाहुना फर्किन पनि सक्ने अवस्था छैन।’  

तिवारीका अनुसार धवलागिरीको पदयात्रामा गएका पदयात्रीमध्ये केहीले मात्र  ४७४८ मिटर पार गरेर मुस्ताङको मार्फा झर्छन। नत्र गएकै बाटो फर्किने हुन। मार्फा झर्ने रुट निकै नै जोखिमपूर्ण रहेको छ। ‘इटालियन क्याम्पबाट माथि गएको थाहा भएको तर, तल झरेको थाहा भएको छैन। तल झरेको भए उनीहरु सम्पर्कमा आइसक्थे। उनीहरु सम्पर्कविहीन भएको ३÷४ दिन भएको छ,’ तिवारीले भने, ‘अब त उनीहरु फर्किसक्नुपर्ने हो। तर कतै सम्पर्क भएको छैन।’ यो बेला धवलागिरी बेसक्याम्पमा धेरै पाहुना छन्। मौसम खराब हुँदा त्यहाँ हेलिकप्टर पनि जान सकेको छैन।  

त्यस्तै मनास्लु क्षेत्रको पदयात्रामा गएका विदेशी पाहुना पनि अप्ठेरोमा परेका छन्। उनीहरुसँग भने सम्पर्क भईरहेको व्यवसायीले बताएका छन्। मनास्लु पदयात्रामा गएका पाहुनाले अप्ठेरोमा परेको भन्दै उद्धारका लागि हेलिकप्टर माग्ने गरेका छन। गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाँउ, विही र प्रोक क्षेत्रमा धेरै पर्यटक अड्केका छन। ‘हिउँ पर्दा लार्केपास गर्न हिडेका उनीहरु बीचमा अलपत्र परेका हुन्,’ टान अध्यक्ष पौडेलले भने।
उनका अनुसार मनास्लु सर्किटको लार्केपास पार गरेर अन्नपूर्ण पदमार्गको धारापानी निस्कन हिडेका उनीहरु अप्ठेरामा परेका छन्। ‘लार्केपास गर्न सकेका छैनन। विदेशी नागरिक र उनीहरुका नेपाली सहयोगी रहेका छन्। तर, कति संख्यामा भन्ने यकिन भएको छैन। कम्पनिले हेलिकप्टर माग गरिरहेका छन,’ उनले भने, ‘मनास्लुमा पर्यटकसँग सम्पर्क भएको छ, तर हिडडुल गर्न मात्र सकेका छैनन।’ तल झर्न पहिरोको मार र माथि उक्लिन हिमपातको अप्ठेरो रहेको व्यवसायीले बताएका छन्।  

अन्नपूर्ण फेरो पदयात्रामा रहेका पर्यटक पनि अप्ठेरोमा परेका छ। मनाङ हुँदै गएका उनीहरु अन्यत्रको जस्तो बढी समस्यामा भने छैनन। तर, उनीहरुको पदयात्रा पुरा हुन सकेको छैन। उनीहरुले थोराङला भञ्ज्याङ पार गर्न नसकेको र फर्किने बाटोमा पनि पहिरो झरेकोले अप्ठेरो भएको छ। ‘हाइ अल्टिच्यूडमा गएका पर्यटकलाई माथि जान पनि नसक्ने र फर्किदा पहिरोको सकस छ,’ पौडेलले भने।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख राजकुमार गुरुङले धवलागिरीमा पर्यटक अप्ठेरोमा परेको बारेमा जानकारी नभएको बताए। धवलागिरीका पर्यटकले एक्यापसँग परमिट समेत लिनु नपर्ने भएकोले त्यसबारे जानकारी नहुने उनले बताए। ‘टुकुचे, मार्फा हुँदै गएको भए मात्र एक्यापको घाँसामा विवरण राखिन्छ। तर, बेनी हुँदै जाँदा एक्यापसँग अनुमति लिनु पर्दैन। घाँसा र मार्फा हुँदै गएमा बल्ल अनुमति लिनुपर्छ। त्यो रुटबाट निकै नै कम पदयात्रा हुन्छ,’ उनले भने। उनले पदयात्रामा गएका पर्यटक अप्ठेरोमा परेको भए खोजी र उद्धारमा सहजीकरण गर्नु तदारुकता देखाउनुपर्ने बताए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस