बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष स्थापना
११ असोज २०७९
•
१ मिनेट पाठ
बागमती प्रदेशमा ५२ वटा यात्रु सहायता कक्ष स्थापना
चाडपर्वका समयमा सर्वसाधारण यात्रुको सहजताका लागि बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुरूप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।




चाडपर्वका समयमा भीडभाड हुने र आम नागरिकलाई यात्रामा असहज हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बागमती प्रदेशअन्तर्गतका १० जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्जले जानकारी दिइन्। उनका अनुसार बागमती प्रदेशअन्तर्गतका बसपार्क तथा भीडभाड र आवतजावत बढी हुने स्थानमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको छ। मकवानपुरमा ८, चितवनमा ४, धादिङमा ६, नुवाकोट र रसुवामा ६÷६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछापमा २ र सिन्धुली जिल्लामा ५ वटा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।  

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित एक सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ सै घन्टा प्रहरीको उपस्थिति रहने छ।  

डीआइजी बज्राचार्यले भनिन्, ‘चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगीलगायतका घटना हुन नदिन बागमती प्रदेशको प्रहरी टोली तयार छ। यस अभियानमा सर्वसाधारणको समेत सहयोग र समन्वयको अपेक्षा राखेका छौं।’ प्रहरीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र कुनै पनि घटना भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।
अर्को समाचार
भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष
१२ असोज २०७९
•
१ मिनेट पाठ
भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष
चाडपर्व लक्षित गर्दै भारतीय सीमानाकासहित यहाँका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन्। दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सीमानाकासहित यहाँका विभिन्न राजमार्ग तथा सहायक सडकमा सहायता कक्ष सञ्चालन गरेका हुन्।  




भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

दसैँ तिहारका बेला यात्रुलाई गन्तव्यमा पुर्‍याउनका लागि सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुईजना सुरक्षाकर्मी खटिएका छन्।

उनले भने, 'चाडपर्वको समयमा भीडभाड हुने भएकाले यात्रुलाई परेको समस्या समाधान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएका हुन्, समस्यामा परेका नागरिकले सहायता कक्षमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।'

तोकिएको भाडाभन्दा बढी लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुलाई सहजताका साथ गन्तव्यमा पुर्‍याउनका लागि यात्रु सहायता कक्षमार्फत काम भइरहेको सतबाँझस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक हबल्दार मोहन विष्टले जानकारी दिए।  

चाडपर्वमा लागि भारतबाट फर्कने नागरिक, जिल्लाबाट बाहिर जाने र आउने नागरिकको सङ्ख्या बढेकाले यात्रुलाई कुनै समस्या नहोस् भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जनाएको छ। छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ। यसका साथै चाडपर्वलाई लक्षित गर्दै यहाँ ‘सुरक्षा योजना’ लागू पनि गरिएको छ। रासस
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस