नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा
०७ असोज २०७८
•
१ मिनेट पाठ
नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्।




आजदेखि सुरु भएको ‘यात्रु सहायता कक्ष’को लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दिपक कुँवरले शुभारम्भ गरे। कार्यक्रममा इञ्जिनियर कुँवरले नयाँ बसपार्कसँगै देशको सबै प्रदेशसँग सञ्जाल जोडिएको भन्दै चाडबाडमा हुनसक्ने चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा ‘यात्रु सहायता कक्ष’बाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले चाडबाडका लागि घर जाने टिकटसम्बन्धी कुनै समस्या परे त्यसको समाधान गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याउन लागेको बताए। ‘यात्रु सहायता कक्ष’ले दसैँ मान्न घर जान लागेका यात्रुलाई सहजता प्रदान गर्ने उनको भनाइ छ।

हाल काठमाडौँको नयाँबसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। काठमाडौँ महानगरपालिकासँग ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कबाट हाल दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्दै आएका छन्। नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ।

नयाँ बसपार्कबाट सुरु भएको ‘यात्रु सहायता कक्ष’ आगामी दिनमा गौशाला, बल्खु, कोटेश्वर, सातदोबाटो, कलङ्की, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाति, सुन्धारा, रत्नपार्क र फर्पिङमा सञ्चालन हुने महाशाखाले जनाएको छ।
अर्को समाचार
त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष
१८ असोज २०७८
•
२ मिनेट पाठ
त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष
यात्रु सहायता कक्ष उद्घाटन गर्दै प्रहरी प्रमुख एसपी बोहरा । तस्बिरः महेश्वर
नजिकिएको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले सदरमुकामस्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रुको भिडभाड तथा सम्भावित दुर्घटनाबाट बचाउन सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो।  




त्रियुगा नगरपालिका ३ र १२ स्थित त्रियुगा बसपार्क प्रवेशद्वारमै जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयले स्थापित सहायता कक्षको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले एक कार्यक्रमका बीच उद्घाटन गरे। सहायता कक्षले भीडभाडमा यात्रुहरुको यात्रालाई सहज बनाउँदै सुरक्षित गन्तव्य गराउन सहयोग पुर्‍याउने उद्देश्य लिइएको एसपी बोहराले बताए। 

यातायात व्यवसायी, ट्राफिक प्रहरी, जिल्ला प्रहरी तथा सवारी चालक र स्थानीयवासीको बृहत उपस्थितिमा कक्ष उद्घाटन गर्दै एसपी बोहराले चाडपर्वका बेला सुरक्षित यात्रा र सहज गन्तव्यका लागि यसले सहयोग पुग्ने बताए। कार्यक्रममा सवारी चालकहरुले सुरक्षित भएर सवारी चलाउन पनि उनले आग्रह गरेका थिए। 

‘चाडपर्वका बेला सबै यात्रुहरु हतारमा हुने गर्छन्, त्यस्तो हुँदा गन्तव्य असहज हुनसक्छ, चोरी चकारी र पाकेटमारीको सम्भावनाले सरसामान र नगद सुनचाँदी असुरक्षित हुन पनि सक्छ’, उनले भने, ‘त्यसैले यात्रु, चालक र यातायात व्यवसायी सबै चनाखो भएर हिँड्नुपर्छ। अप्ठेरो परे प्रहरीलाई तत्काल खवर गर्नुपर्छ।’  

दुर्घटना हुनुको मुख्य कारण चालकहरुको लापरबाही र यात्रुको बेवास्ता पनि भएको उनले बताए। कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख नायव निरीक्षक (सई) लिलाकुमार श्रेष्ठले यात्राको क्रममा कुनै पनि यात्रुलाई आईपर्ने समस्या सामाधानका लागि सहायता कक्ष खोलिएको बताए। उनले अप्ठेरो परेका बेला सहयाग गर्नकै लागि ट्राफिक प्रहरी र प्रहरी सधै तैनाथ राखिने बताए।  

यात्राको क्रममा कतै समस्या परे तत्काल यात्रु सहायता कक्षमा सम्पर्क गर्न अनुरोध गर्दै उनले जनताको सेवाकै लागि ट्राफिक र प्रहरी परिचालन भएको उनको भनाइ थियो। चाडबाडको बेला भाडामा ठगी हुन सक्ने, पाकेटमारी हुन सक्ने तथा चोरीचकारीको पनि उत्तिकै सम्भावना भएकाले होसियारीपूर्वक यात्रा गर्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ।  

त्यसैगरी कोभिडको जोखिम अझै कायमै रहेकाले यात्रा गर्दा अनिवार्य मास्क लगाउन, भिडभाड नगरी बस्न तथा सेनिटाईजर प्रयोग र साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ। यातायात व्यवसायीलाई पनि हरेक यात्रुबाहक सवारी साधनमा सेनिटाईजर र साबुनपानी राख्न क्षमताभन्दा बढी यात्रु नराख्न, हटमा यात्रु नराख्न आग्रह गरिएको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस