पूर्वाधार बनाउँदा मापदण्ड ख्याल गर्न पोखरा महानगरको आग्रह
०७ असोज २०७९
•
४ मिनेट पाठ
पूर्वाधार बनाउँदा मापदण्ड ख्याल गर्न पोखरा महानगरको आग्रह
पोखरा महानगरपालिकाले भौतिक संरचना निर्माण गर्दा ती संरचनाको वैधता र मापदण्ड हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। कतिपय संरचना सार्वजनिक जग्गा मिचेर बन्ने भएकाले त्यो नियन्त्रण गर्न निर्माण व्यवसायीलाई सचेत गराएको महानगरले बताएको छ।  




महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीले सार्वजनिक जग्गा मिचेर पूर्वाधार बनाउने भएकाले ती पूर्वाधारको वैधता परीक्षण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको बताए। ‘सार्वजनिक जग्गा मिचेर पूर्वाधार बनाइएको छ। कतिपय पूर्वाधार नक्सासमेत पास नगरी निर्माण गरिन्छ। अबदेखि पूर्वाधार बनाउँदा कम्तीमा ती संरचनाको वैधता हेर्न भनिएको हो,’ उनले भने, ‘स्थायी वा अस्थायी जस्तोसुकै संरचना बनाए पनि अवैध भएमा त्यहाँ काम नगर्न निर्माण व्यवसायीलाई भनिएको हो।’

केसीका अनुसार निर्माण व्यवसायीले नयाँ संरचना बनाउँदा बन्न थालेका ती पूर्वाधारको वैधता परीक्षण गर्दैनन्। काम पाएको आधारमा जो कोहीले गर्ने चलन छ। तर, अबदेखि कम्तीमा आफूले बनाउँदै गरेका पूर्वाधारको वैधता रहे नरहेको हेर्न भनेको उनले बताए। ‘सार्वजनिक जग्गा मिचेर पूर्वाधार बनाइन्छ। नक्सापास पनि गरिएको हुँदैन, तर व्यवसायीले पूर्वाधारको वैधता परीक्षण नगरी काम गरिदिन्छन,’ केसीले भने, ‘कम्तीमा वैद्यता परीक्षण गर्ने, सार्वजनिक जग्गा बने नबनेको हेर्ने वा मापदण्ड मिचेको भए काम नगर्ने हो भने यस्तो अवस्था आउँदैन।’

बनिसकेपछि पूर्वाधार हटाउनभन्दा पनि बन्नै नदिनेतर्फ महानगरले ध्यान दिएको उनले बताए। ‘पूर्वाधार बनाउँदा कम्तीमा कानुनी प्रावधान पार गर्नुपर्छ। बन्न थालेका पूर्वाधारले कतै सार्वजनिक जग्गा मिचेका त छैनन् भनेर निर्माण व्यवसायीलाई हेर्न भनेका हौं,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति मिचेर बनाउन थालिएका पूर्वाधार नै निर्माण व्यवसायीले नबनाइदिने हो भने आगामी दिनमा केही कम हुन सक्छ। कम्तीमा जो कोहीले सार्वजनिक जग्गा मिच्ने आँट गर्दैनन्।’

खासगरी फेवातालको मापदण्ड मिचेर संरचना निर्माण भएको पाएपछि महानगरले सार्वजनिक जग्गा मिचिएको जग्गामा बनाइने पूर्वाधार नबनाइदिन व्यवसायीलाई आग्रह गरेको हो। त्यस्ता पूर्वाधार बनाउन सहभागी भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधनलगायत सामग्रीसमेत कानुनबमोजिम नियन्त्रणमा लिइने पनि केसीले बताए। ‘जथाभावी अस्थायी टहरा बनेका छन्। विभिन्न निर्माण व्यवसायीले ती पूर्वाधार बनाइदिन सघाएका छन्। अब कुनै पनि पूर्वाधार निर्माण गर्दा ती पूर्वाधारले कानुनी प्रावधान पालना गरेका छन् वा छैनन् भनेर हेरिदिने हो भने अवैध काम रोकिन्छ,’ उनले भने, ‘व्यक्तिगत जग्गामा पूर्वाधार बनाउँदासमेत कानुनी वैधानिकता हेरिदिनुपर्छ। निजी जग्गामा संरचना बनाउने क्रममा सार्वजनिक जग्गा मिच्न पनि सक्छन् वा नक्सा पास नगरी पूर्वाधार ठड्याउन पनि सक्छन्।’  

‘निर्माण व्यवसायीले अवैध संरचना निर्माणमा असहयोग गर्ने हो भने आगामी दिनमा केही नियन्त्रण हुने अपेक्षा हो,’ उनले भने, ‘संरचना बनाउँदा कम्तीमा कस्तो र कसको जग्गामा बनाउँदैछांै भनेर निर्माण व्यवसायीले पनि सोचिदिनुपर्छ। त्यो हुँदा आगामी दिनमा अवैध संरचना बनाउने क्रम केही कम हुन सक्छ।’  

निर्माण व्यवसायी संघ कास्कीका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ पनि कतिपय निर्माण व्यवसायीले मन लाग्दी तरिकाले पूर्वाधार बनाइदिने भएकाले यसबारे सचेत हुनुपर्ने बताए। ‘हामी व्यवसायी पनि सचेत हुने हो भने अवैध संरचना निर्माण कम हुने छन्। त्यस्तै सार्वजनिक जग्गा मिच्ने क्रम पनि घट्नेछ,’ उनले भने, ‘कम्तीमा निर्माण व्यवसायी सचेत हुने हो भने सार्वजनिक जग्गा मिच्ने क्रम रोकिनेछ।’  

पूर्वाधार निर्माण कार्य गरिरहँदा महानगरपालिकाबाट स्वीकृति लिएको वा नलिएको भनेर हेर्दा राम्रो हुने उनले बताए। ‘अवैध काम नहोस् भनेर गरिएको यो प्रयास सकारात्मक हो। सबै निर्माण व्यवसायी काममा सिरियस हुँदैनन्। निजी क्षेत्रमा काम गर्नेलाई नक्सा हेर्ने भन्ने नै थाहा हुँदैन,’ उनले भने, ‘सबै निर्माण व्यवसायी इमान्दार भएर कसैले पनि अवैध संरचना नबनाउने हो भने सार्वजनिक जग्गा मिच्ने क्रम पनि रोकिन्छ। अवैध संरचना पनि बन्दैनन्। कम्तीमा व्यवसायी सचेत हुनुपर्छ।’  

महानगर बनाउने अभियानमा निर्माण व्यवसायीको पनि साथ हुनुपर्ने उनले बताए। ‘आआफ्नो पक्षबाट सबै जिम्मेवार हुनुपर्छ। महानगरले नक्सा पास गरेपछि ती पूूर्वाधार कसरी बनेका छन् भनेर अनुगमन गर्नुपर्छ भने व्यवसायी पनि कस्तो संरचना बनाउँदै छौं भनेर सचेत बनिदिनुपर्छ,’ उनले भने। काम पाएँ भन्दैमा जस्तो पायो उस्तै बनाउन नहुने उनले बताए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस