ताप्लेजुङका नौ वटै स्थानीय तह र भूमि आयोगबीच सम्झौता
३० भदौ २०७९
•
३ मिनेट पाठ
ताप्लेजुङका नौ वटै स्थानीय तह र भूमि आयोगबीच सम्झौता
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रयोजनसहित ताप्लेजुङका तीन स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्। यो सहित राष्ट्रिय भूमि आयोगसँग ताप्लेजुङका सबै नौ वटै पालिकाको सम्झौता सकिएको छ।  




भूमि आयोगको ताप्लेजुङ जिल्ला समितिका सदस्य सचिव एवम् नापी कार्यालय ताप्लेजुङका प्रमुख विज्ञान बञ्जराका अनुसार पछिल्लो समय मैवाखोला गाउँपालिका,फक्ताङ्लुङ गाउँपालिका र पाथिभरा याङ्वरक गाउँपालिकासँग सम्झौता भएको छ। सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सम्बन्धित पालिका क्षेत्रमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनमा मार्गप्रशस्त भएको छ। बञ्जराका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्ने स्थानीय तहले पालिका तथा वडा स्तरमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति गठन गर्नुपर्ने, आयोगले प्रकाशित गर्ने ३५ दिने सूचना पश्चात निवेदन फारम भराइ लगत संकलन गर्ने र लगत प्रविष्टि गर्ने, निवेदन दर्ताको निस्सा वितरण गर्ने, आयोगबाट खटिएको नापी प्राविधिक टोलीलाई अत्यावश्यक सामग्री तथा अन्य प्रवन्ध गर्ने, स्थानीय तहबाट थप नापी प्राविधिक व्यवस्थापन गर्ने, नापी कार्यालयलाई स्थानीय तहबाट थप गरिएका नापी प्राविधिक टोलीमा संलग्न गराउने, नाप नक्सा गर्ने क्षेत्रको पहिचान, घेरा (चार किल्ला) यकिन र वर्गीकरण, आवाद कमोतको अवधि यकिन सिफारिस गर्नुपर्ने हुन्छ। 

स्थानीय तहमध्ये गाउँपालिकाले ग्रामीण क्षेत्र, सहरोन्मुख क्षेत्र, सहरी क्षेत्र र पालिकाको केन्द्रलाइ वर्गीकरण गर्नुपर्ने हुन्छ भने नगरपालिकाले भने ग्रामीण क्षेत्र, सहरोन्मुख क्षेत्र र सहरी क्षेत्रमात्र वर्गिकरण गरे पुग्छ। नापनक्सा हुने क्षेत्रको वर्गिकरण गर्दा ऐलानी, पर्ति, नदी उकास लगायतका सरकारी जग्गा र साविकको वन क्षेत्र जनाइएको भएपनि आवादीमा परिणत भएको जग्गा मात्रलाइ आधार बनाउनुपर्ने हुन्छ। यो कार्य पूरा भएपछि जिल्ला समितिको समन्वयमा जग्गा नाप नक्साको योजना बनाउने, नाप नक्साको विधि तय गर्ने, नाप नक्सा सम्बन्धित यन्त्र उपकरणको तयारी गर्ने र नाप नक्साको कार्य गर्ने प्रकृया अघि बढ्ने छ। यस्तै विगतको नाप नक्साको आवश्यक चेकजाँच गरी स्वामित्व ग्रहण गरिदिन सम्बन्धित जिल्ला समितिलाई अनुरोध गर्ने, नाप नक्सासँग सम्बन्धित फारमको व्यवस्थापन गर्ने, निवेदकको नामावलीको सूचना प्रकाशित गर्ने, विवरण सच्याउने तथा उजुर बाजुर दाबी विरोधको निरुपणका लागि वडास्तरीय सहजीकरण समितिमार्फत् छानबिन गर्ने, वडा समितिले स्थानीय तहको कार्यपालिकालाई, कार्यपालिकाले आयोगलाई भूमिहिन र अव्यवस्थित बसोबासीको प्रमाणीकरण र सिफारिस गर्ने कार्य स्थानीय तहबाट हुनेछन्। 

योसँगै स्थानीय तहमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र स्थापना गर्नुपर्ने हुन्छ भने सोको विवरण आयोगमा पठाउनुपर्छ। सेवा केन्द्र स्थापनासँगै केन्द्र प्रमुख तोकेर उसको सम्पूर्ण विवरण आयोगमा पठाइ कम्प्युटर प्रविष्टिका लागि युजर नेम र पासवर्ड लिन आयोगमा सम्पर्क गर्नुपर्ने दायित्व समेत स्थानीय तहको हुने छ।
अर्को समाचार
लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय
१६ मंसिर २०८०
•
३ मिनेट पाठ
लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय
कैलालीको  टीकापुर नगरपालिका ६ का निसादविक्रम बम ६० वर्षदेखि एक बिघा ६ कट्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्।जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्।




राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन्। ‘जग्गा भएर पनि सुकुम्वासीजस्तो बस्नुपरेको थियो। त्यस जग्गाबाट उत्पादन गर्नुभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो। ‘निसाद भन्छन्, ‘पहिल्यै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयन् काम गर्न सकिन्थ्यो, त्यो हुन सकेन। अब आशा जागेको छ। स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरण प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन।’

वडा कार्यालयले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै वडाभित्रका करिब ६ सय परिवारमा खुसीयाली छाएको छ। सोही ठाउँका मंगल पुनसँग कति जग्गा छ भन्ने थाहै छैन। करिब सात दशकदेखि भोगचलन गर्दै आएको जग्गा अनुमानित एक बिघाभन्दा बढी छ।

वडा कार्यालयबाट निस्सा पाएपछि निकै खुसी भएका उनी लालपुर्जा पाउनेमा विश्वस्त छन्। ‘एक बिघाभन्दा बढी जग्गा होला तर नापजाँच अहिलेसम्म भएको छैन’, उनी भन्छन्, ‘वडा कार्यालयबाट निस्सा पाएपछि लालपुर्जा पाउने आशा जागेको छ। अब जग्गा कति छ भन्ने थाहा हुन्छ।’

भ्रतापुरका खेदु डगौरा पनि चार दशकदेखि ऐलानी जग्गा कुरेर बसेका छन्। १० कट्ठा जग्गा ६ कट्ठामा सीमित भएको छ। सँधियारले मिच्दै गएपछि उनको १० कट्ठा जग्गा ६ कट्ठामा सीमित भए पनि उनका लागि सबथोक त्यही जग्गा हो। ‘त्यसमा भएको उब्जनीबाट परिवारको पेट भरिन्छ। छोराछोरीको कापीकलम पनि हुन्छ’, खेदु भन्छन्।

वडामा ६ सय ४० जनालाई जग्गको निस्सा वितरण भएको वडाध्यक्ष बलिराम चौधरीले बताए। उनका अनुसार २० परिवार भूमिहीन दलित, ८० परिवार भूमिहीन सुकुम्वासी र पाँच सय ४० अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेको हो। ‘आजसम्म हामीले लालपुर्जा वितरण गरिसक्नुपर्ने थियो। बीचमा भएको सरकार परिवर्तन र अन्य प्राविधिक समस्याले समयमा काम गर्न सकिएन। ‘वडाध्यक्ष चौधरी भन्छन्, ‘निस्सा वितरणको काम सकिएलगत्तै जग्गा नापजाँच सुरु गरेर लालपुर्जा वितरण गर्ने तयारी गरेका छौं।’

नगरपालिकाले केही दिनमा अरू वडामा समेत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गर्ने नगर प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए। उनले सबैभन्दा बढी समस्या वडा १ र ८ मा रहेको र त्यहाँ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी धेरै रहेको बताउँदै क्रमशः सबैलाई जग्गाको मालिक बनाइने बताए।

टीकापुर नगरपालिका १ स्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मात्रै पाँच हजारभन्दा भन्दा बढी सुकुम्वासी छन्। क्याम्पसका नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमण गरेर बसेका सुकुम्वासी त्यही ठाउँमा जग्गा पाउने आशामा छन् भने क्याम्पस प्रशासनले पटकपटक आफ्नो जग्गा खाली गराइदिन स्थानीय सरकारमार्फत आग्रह गर्दै आएको छ। त्यहाँ बसोवास गरिरहेका सुकुम्वासीलाई व्यवस्थापन गर्न भने चुनौती देखिन्छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस