साता दिनअघि उदयपुरको बेलका नगरपालिका ७ का एकै परिवारका ३ जनाको हत्या भएको शोकाकुल परिवारप्रति बेलका नगरप्रमुख अशोक कार्कीले सहानुभूति सहयोग गरेका छन्। आईतबार मेयर कार्की शोकाकुल परिवारको मैनामैनी गोवाटारस्थित घरमै पुगेर समबेदना व्यक्त गर्दै सहानुभूति सहयोग गरेर फर्केका हुन्।
बेलका ७ का वडाध्यक्ष निकेश राईका अनुसार आफ्नै दाजु नरबहादुर कार्कीको खुकुरी प्रहारबाट हत्या भएको शोकाकुल परिवारलाई भेटेर मेयर कार्कीले समबेदना व्यक्त गर्दै सहानुभूति सहयोगवापत ५० हजार रकम प्रदान गरेका हुन्। बेलका ८ का वडाध्यक्ष जयकुमार राईसहित पुगेका मेयर कार्कीले मृतकहरुको काजक्रिया गर्न सहयोग गर्ने उदेश्यले उक्त रकम दिएको वडाध्यक्ष राईले बताए।
साथै अचानक बाउआमा गुमाउन पुगेका मृतकका २ छोरीहरुको शिक्षादिक्षा र अन्य बृत्ति विकासको जिम्मा पनि नगरपालिकाले लिने आश्वासन मेयर कार्कीले परिवारलाई दिएको बताइएको छ। वडाध्यक्ष राईका अनुसार छोरीहरुलाई कक्षा १२ सम्म निशूल्क पठनपाठन गर्न तथा लालनपालनलगायत अन्य आवश्यक व्यवस्था मिलाउन नगरपालिका तयार रहेको आश्वासन कार्कींले पीडित परिवारलाई दिएका छन् ।
४३ वर्षीय नरबहादुरले गत १७ गते विहान ११ः३० बजेको समयमा स्थानीय बाहिङ खोलामा रहेको खेततर्फ जाँदै गरेका आफ्नै भाइ ३७ वर्षीय राजकुमार बस्नेतलाई बाटैमा छप्काएर हत्या गरेका थिए। त्यसपछि खेत पुगिसकेका बुहारी ३३ वर्षीया सरिता र १३ वर्षीय भतिज सुजनलाई खोलामै पुगेर हत्या गरेका थिए ।
घट्नापछि भागेका नरबहादुर सोही दिन साँझ बेलका ६ स्थित बरगाछीमा पक्राउ परेका थिए। अहिले उनलाई प्रहरी हिरासतमा राखेर प्रहरीले अन्सन्धान भरिरहेको छ। उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। बस्नेतले भाइ, बुहारी र भतिजको हत्या गरेको अपराध कबोल गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताएका छन्।