यसअघि ‘करारका ५९ कर्मचारीको म्याद नथप्ने’ निर्णयले हलचल ल्याएको त्रियुगा नगरपालिकाले भर्खरै कर्मचारीको व्यापक आन्तरिक सरुवा गरेको छ। वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावबाट निर्वाचित नयाँ नगरप्रमुख बसन्त बस्नेतले कार्यभार सम्हालेको सयदिन (हनिमुन पिरियड) अवधिसँगै कर्मचारीको आन्तरिक हेरफेर गरेका हुन्।
नगरपालिकाको सबभन्दा आकर्षक ठाउँ मानिएको सामाजिक विकास शाखा प्रमुखमा राजकुमार खड्कालाई ल्याइएको छ। यसअघिका सामाजिक विकास शाखा प्रमुख विश्वजीत राईलाई योजना शाखा प्रमुखको जिम्मेबारी दिइएको छ। उनीहरु दुवै साविक जिल्ला विकास समितिमा एकैदिन भर्ना भएर कार्यरत समान सातौं तहका कार्यक्रम अधिकृत हुन्।
उनीहरु दुवै ०७४ मा स्थानीयतहको पुनर्संरचनासँगै बिघटित जिल्ला विकास समितिबाट त्रियुगा नगरपालिका सरुवा लिएर कार्यरत छ्न्। सुरुमा योजना शाखा प्रमुख भएर काम गरेका अधिकृत राईलाई दुईवर्षअघि मात्र सामाजिक विकास शाखा प्रमुखको जिम्मा दिइएको थियो। राई सरुवा भएपछि पनि जिल्ला समन्वय समितिमै बसेका खड्का नगरपालिका आएदेखि नै सहकारी शाखा प्रमुखको जिम्मेबारीमा थिए।
त्यस्तै शिक्षा शाखा प्रमुखको जिम्मेबारीमा रहेका जिविसकै आन्तरिक लेखापरीक्षण अधिकारी एकबहादुर राउतललाई लेखापरीक्षण शाखामै फर्काइएको छ। लेखापरीक्षण अधिकारीकै दरबन्दीकै सातौं तहका अधिकृत राउतले दुईवर्षयता शिक्षा शाखा प्रमुखको जिम्मेबारी सम्हाल्दै आएका थिए। उनको ठाउँमा विद्यालय निरीक्षक (विनि) उषाकुमारी राउतलाई लगिएको छ। विनिकै दरबन्दीमा रहेकी सातौं तहकै अधिकृत उषालाई यसअघि प्रशासन शाखा प्रमुखको जिम्मेबारी दिइएको थियो।
यसअघि योजना शाखा प्रमुख रहेका विष्णु खत्रीले सहकारी शाखा प्रमुखको जिम्मेबारी पाएका छन्। खड्का सामाजिक विकास शाखामा गएपछि खाली भएको सहकारी शाखा प्रमुखमा छैठौं तहका अधिकृत खत्रीलाई ल्याइएको हो। अर्का छैठौं तहकै अधिकृत घनश्याम पोखरेललाई राजश्व शाखा प्रमुखको जिम्मा दिइएको छ। यसअघि नासु गुरु ढकालले राजश्व शाखा सम्हाल्दै आएका थिए।
नगरपालिकामा लामो समयदेखि जिन्सी शाखा सम्हाल्दै आएका बेदनाथ ढुंगानालाई योजना शाखाको सहायक बनाइएको छ भने उनको ठाउँमा भगवति केसीलाई प्रमुख बनाएर पठाइएको छ। साधारणतर्फ चौथो तह खरिदार रहेकी केसी यसअघि शिक्षा शाखा सहायक थिईन्। ढुंगाना स्थानीय निकाय (विकास)तर्फ चौथो तहका खरिदार हुन्।
राउतलाई शिक्षामा लगेपछि खाली भएको प्रशासन शाखा प्रमुखमा श्याम सुन्दासलाई ल्याइएको छ। साविक जिल्ला विकासबाटै आएका नासु सुन्दास यसअघि वडा नं. १ र ७ को वडा सचिवबाट गएको चुनावअघि मात्रै सरुवा भएर पञ्जिकरण शाखा प्रमुख बनाइएका थिए। यसअघि प्रशासनमै सहायक रहेका उमेश घिमिरेलाई यथावत राखिएको छ।
नगरपालिकाले लेखा, महिला विकास तथा प्राबिधिकतर्फका कर्मचारीहरु भने कसैलाई चलाएको छैन। लेखा अधिकृत विनया बस्नेत र बाबुराजा प्रजापति यथावत छन् भने प्राविधिक शाखा प्रमु्ख इन्जिनियर निर्मलकुमार विश्वास, इन्जिनियर रमेश ढुंगाना, सब इन्जिनियर घरश्याम चौधरी, जुनियर सव इन्जिनियर बसन्त दनुवार र विष्णु दनुवार यथास्थानमा छन्।
मेयर बस्नेतले सबै शाखा प्रमुख तथा सहायक कर्मचारीहरुलाई आन्तरिक सरुवा गरिएको स्वीकारे। एउटै शाखामा लामो समयसम्म काम गर्दा दिक्दारी हुने भएकाले ताजगीपन (रिफ्रेसमेन्ट)का लागि पनि आन्तरिक हेरफेर गरिएको उनले बताए। ‘एउटै कुर्सीमा बसेर सँधै उही जिम्मेबारी निभाईरहदा दिक्क लाग्दो हुन्छ’ मेयर बस्नेतले भने ‘अन्य क्षेत्र र शाखाको अनुभव पनि बटुल्ने मौका दिउँ, रिफ्रेस पनि हउन् भनेर यताउता गरिएको हो।’
एक महिनाअघि मात्र खोटाङको बाराहापोखरी गाउँपालिकाबाट सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले आन्तरिक सरुवाले कर्मचारीलाई नयाँ अनुभव दिलाउने बताए। कर्मचारीहरुमा ताजगीपन ल्याउनुका साथै नयाँ उर्जा र जोशका साथ नगरबासीको सेवाप्रवाह थप प्रभावकारी बनाउने उदेश्यले यो कदम चालिएको उनले बताए।
पहिलेभन्दा छिटो छरितो, चुस्त दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न आन्तरिक हेरफेरले सहयोग पुग्ने अपेक्षा उनले गरेका छन्। ‘क्रोनिक पोष्ट’मा बसेर काम गर्नुभन्दा नयाँ शाखाको अनुभव बटुल्दै नयाँ उर्जाका साथ काम गर्न पनि बेलाबेलामा आन्तरिक सरुवा हुनुपर्ने कार्यालय प्रमुख वनको बुझाई छ।
गत असार ३१ गतेको मितिदेखि लागू हुने गरी करारका ५९ कर्मचारीलाई म्याद नथपेको बिरुद्धमा सातादिनसम्म लगातार कर्मचारीहरु आन्दोलित भएका थिए। निस्कासनमा परेका कर्मचारीमध्ये एक जनाले दिएको मुद्धाउपर प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत बिराटनगरले नगरपालिकालाई ‘कारण देखाऊ आदेश’ दिएको थियो। सो आदेश आएपछि विचाराधीन मुद्धाको पर्खाईमा आन्दोलन साम्य (तुहिएको ?) भएको थियो।
यस विषयमा नगरपालिकाले अदालतलाई जवाफ फर्काईसकेको छ। तर, अन्तिम सुनुवाई भने हुन बाँकी रहेको मेयर बस्नेतले बताए। अतालती परिणाम आउन बाँकी रहेकाले म्याद नथपिएका कर्मचारीहरु हाजीर गर्न छाडेका छन्।