आमाले ज्याला मजदुरी गरेर पढाएको छोराले ल्याए कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा
२१ भदौ २०७९
•
३ मिनेट पाठ
आमाले ज्याला मजदुरी गरेर पढाएको छोराले ल्याए कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा
पर्वतको जलजला गाउँपालिका–४,की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन्। चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले सधैँ सताइरहने परियारले गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन्। निरन्तर दुःखसँग पौँठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।




अनेक अभावका बावजुद पनि छोराको पढाईमा अभाव हुन नदिएकी सबिताका खुशीका आँशु झारेर नै रुन थालेपछि पर्वत जिल्लाको निजी तथा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका छोरा सन्दिपले आमाको सपना पूरा गर्ने बताउँदै सम्हाले। उनको जिन्दगीमा ‘श्रीमान नामको पुरुष प्रवेश गरेपनि कलिलै उमेर देखि श्रीमानको झगडा, अतिरिक्त दुःख र मानसिक, शारीरिक यातनाले कहिल्यै सुख भन्ने महसुस गर्न पाइनन्। श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोडिन्।श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्रधारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो।

जिवित हुँदा श्रीमानको कहिल्यै साथ नपाएकी सबिताले मृत्युपछिको दैनिकी झन् पहाडले थिचेजस्तै भयो।अहिले बिहानैदेखि रातीसम्म सबिताले छोराछोरीका लागि गर्ने मेहनत देखेर छिमेकी समेत दंग पर्छन्।घरमा बस्दा उनले सिलाई कटाई र बाहिर जाँदा पलाष्टर देखि निर्माण सम्बन्धि काममा व्यस्त हुने सबितालाई कामले भने कहिल्यै पीडा महसुस भएनन्। गाउँकै विपन्न परिवारकी सबिताले पर्वतबेनी र म्याग्दीको सदरमुकाम बेनीमा निर्माण क्षेत्र, व्यक्तिको घरमा काम गरेर छोराको उच्च शिक्षा पूरा गरेको बताइन्।‘घरमा नियमित कमाई छैन,‘ज्यालामजदुरीबाटै छोराको उच्च शिक्षा पूरा गरे, अबको यात्रा थप चुनौतीपूर्ण छ‘ सबिताले भनिन्।  

उनले दुखः कष्ट र पीडासँगै दैनिक मजदुरीमा बगाएको पसिनालाई सम्झिएर छोराले उच्च शिक्षामा नतिजा ल्याउन सफल भएकोमा निकै खुसी लागेको बताइन्।‘मेरो कमाईले घरखर्च चल्छ, छोराछोरीको पढाईमा सहयोगीदाता भए थप सहज हुने थियो’ सबिताले भनिन्। उनले कक्षा १२ सम्म दक्षिण कोरियामा रहेका सुनिल बरुवालले छात्रवृद्धिको सुविधाले सहज भएपनि अब छोराको क्याम्पस तहको शिक्षा र छोरीलाई आवश्यक पर्ने खर्चको जोहो गर्न अझै कठोर मजदुरी गर्नुपर्ने अवस्था आएको बताइन्। उनले छोरालाई व्यवस्थापन संकायमा स्नातकसँगै लोकसेवा आयोगबाट निजामति सेवामा प्रवेश गराउने आफ्नो अन्तिम चाहना रहेको बताइन्।‘छोरालाई सरकारी पोशाकमा घरमा आएको देख्न चाहन्छु,‘मेरो चाहना र उसको लक्ष्य एउटै छ’ सबिताले भनिन्। यता सन्दिपले समेत आफ्नो आमाको सबै इच्छालाई पूरा गरेरै छोड्ने बताए।  

‘आमाको चाहनामा मैले मेहनत गरेको छु,‘उहाँको सपना पूरा हुदाँको दिनमा मैले लक्ष्य भेटाएको ठान्ने छु’ सन्दिपले भने। उनले आफ्नो पढाईका लागि आमाले आँसु पिएरमात्रै बाँच्नुपर्ने अवस्था अझै आँखामा घुम्ने गरेको बताए। आफूले कमाउने आधार बनाएपछि आमालाई दैनिक ज्यालामजदुरीको कामबाट अलग गर्ने  सन्दीपको पहिलो लक्ष्य छ। यता विद्याज्योतिका प्रअ रघुनाथ आचार्यले सन्दिप लगनशील, मिहनेती तथा अनुशासित छात्रका रूपमा रहेको बताए। उनले प्रयाप्त स्रोतसाधन र वातावरण भएमा भविस्यमा जिल्लाकै उत्कृष्ट जनशक्ती बन्न सक्ने बताए। उनले विद्यालयले हरेक यात्रामा साथ दिने प्रतिबद्धता समेत जनाए। म्याग्दी बहुमुखी क्याम्पसमा निःशुल्क पढाउने प्रस्ताव गरिएपनि अन्य खर्च आवश्यकता भएकाले सहयोगी मनलाई सन्दिपको शिक्षामा सहज हुने गरी सहयोग गर्न समेत अपिल गरेका छन्।
अर्को समाचार
पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे
२७ चैत्र २०७९
•
३ मिनेट पाठ
पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे
पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा लागेको आगो। नाङलिवाङको जंगल क्षेत्रमा तिनदेखि आगलागी भए पनि नियन्त्रणमा समस्या भएको स्थानीयले बताएका छन्। तस्बिर: नागरिक
पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरू रहेका छन्। कुश्मा नगरपालिका–१ काउरेपाखा वनबाट सुरु भएको आगो फैलिँदै जलजलाको नाङलिवाङमा छिरेको हो।




जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख समेत रहेका स्थानीयवासी सोमबहादुर जिसीका अनुसार अहिलेसम्म कम्तीमा एक सय ५० हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ। विभिन्न सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र आगलागीले सखाप पारेको उनले बताए। जिसीका अनुसार आगो नियन्त्रणमा स्थानीयवासी, वन कार्यालयका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी सहितको टिम परिचालन भए पनि निभाउन सकिएको छैन।

‘दिउँसो हावा चल्छ, अनि आगोले झनै तीव्र गतिमा फैलिन्छ, आगो नियन्त्रण गर्न सकिएको छैन, घरेलु सामाग्रीको भरमा मात्र नियन्त्रणमा कठिन भएको छ,’ उनले भने, ‘बस्तीमा पस्न नदिनका लागि प्रयास भईरहेपनि जंगल बचाउन भने सकिएको छैन। बस्तीमा आगो पस्ने त्रासले गाउँलेहरू रातभर जागै बसेका छन्। ’ उनका अनुसार सल्लोको वन भएको र स्थानीयले घाँस नकाटेका कारण यो बेला सुख्खा हुँदा आगो फैलिएको उनले बताए। आगलागीले बस्तीमा ल्याउने खानेपानीको पाइप पनि जलेको उनले बताए।

जिसीका अनुसार कुश्मा नगरपालिका–१ काउरेपाखाको १५ हेक्टर, जलजला–८ साउनेपानी सामुदायिक वनको १२, गिठिनीको १५, मालारानीको २०, शालिग्रामको २०, लक्ष्मीनारायण सामुदायिक वनको ४० हेक्टर र कोरेसापाखा वनको ४० हेक्टर क्षेत्रफल वन जलिसकेको छ। ‘झन्डै एक सय ५० हेक्टर क्षेत्रफल वन ध्वस्त भइसकेको छ, आगो सहजै नियन्त्रणमा आउने देखिन्न, बस्तीतिर जान रोक्ने बाहेक विकल्प छैन,’ उनले भने, ‘अग्नीरेखा बनाएर बस्तीमा पस्न रोक्ने बाहेक विकल्प छैन। हावाहुरीले गर्दा झनै तीव्र गतिमा फैलिएको छ।’ उनका अनुसार नजिकका बस्तीमा पानी ल्याउने पाइप पनि त्यही आगलागीमा परेर जलेको छ। बेलैमा आगो नियन्त्रण गर्न नसके थप क्षति हुने र गाउँमा खानेपानीको हाहाकार मच्चिने सम्भावना रहेको उनले बताए।

जलजला–८ का अध्यक्ष हरि विकास जिसीका अनुसार उच्च पहाड भएकोले पनि निभाउन जान अप्ठेरो परेको छ। आगलागीका कारण नजिकैका तालेवाङ, लुकाङ, बनौ, धाइरिङ सहितका गाउँका बस्ती जोखिममा छन्। अहिलेसम्म जलजला–८ को फैलिएको आगो अब जलजला–७ को धाइरिङ र वडा नम्बर ९ को बनौमा पस्न थालेको छ। ‘जंगलको छेउमा बढेमानका बस्ती छन्। ती बस्ती जोगाउन हम्मे हम्मे भएको छ। आकाशबाट पानी नपरेसम्म आगो सहजै निभ्ने देखिन्न,’ जिसीले भने, ‘हिजो राती त दुई बजेसम्म गाउँलेहरू सुत्दै नसुती बस्तीमा आगो पस्नबाट रोक्का लागि अग्नीरेखा बनाएका थिए। गाउँलेहरुले बस्तीमा आगो पस्ने त्रासले रातमा सुत्न पनि पाएका छैनन्।’

उनका अनुसार आसपासका वडामा पनि वन क्षेत्र रहेकोले अब आगो ती वन क्षेत्रमा पस्ने त्रास छ। ‘जंगलमा बादर, चितुवा, मृग, खरायो लगायतका जनावर र चराचुरुङगीको वासस्थान थियो। ती जनावर र चराचुरुङगी पनि मरेको आशंका छ,’ उनले भने, ‘रुख ढलेकोले पनि आगो हत्तपत्ति निभेको छैन। सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ।’ पछिल्लो एक सातादेखि पानी नपरेकोले पनि आगो लाग्न सहज भएको उनले बताए।

डिभिजन वन कार्यालय पर्वतका वन अधिकृत विष्णुप्रसाद अधिकारीले पनि आगलागी नियन्त्रणमा लिन निकै नै समस्या भएको बताए। उनका अनुसार आगलागीले अहिलेसम्म ठुलो क्षेत्रफल वन क्षेत्र नोक्सान गरिसकेको छ। ‘सुख्खा र भीर भएकोले पनि सहजै निभाउन सकिएको छैन। भीरका कारण त्यहाँ वर्षेनी लडेर मान्छेको ज्यान समेत गरेको थियो । भीरका कारण मान्छे लड्ने गरेकोले जाली समेत लगाएर घेरेका थियौ, अहिले त्यही क्षेत्रमा भीषण आगलागी भएको छ,’ अधिकारीले भने, ‘निभाउने प्रयासमा स्थानीय श्रोत साधन र सुरक्षाकर्मी परिचालन बाहेक विकल्प छैन। आइतबार पनि दिनभर प्रयास भएको हो, तर, सकिएको छैन।’ आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको उनले बताए। आगो नियन्त्रणका लागि सशस्त्र, नेपाल प्रहरी सहित स्थानीयवासी खटिएको उनले बताए।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस