भिजिट भिषामा कडाइ ट्राभल एजेन्सीसमेत कारबाहीमा पर्ने
१९ भदौ २०७९
•
५ मिनेट पाठ
भिजिट भिषामा कडाइ ट्राभल एजेन्सीसमेत कारबाहीमा पर्ने
पर्यटक भिसाको दुरूपयोग गरी मानव तस्करीका घटना बढेपछि सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन कार्यविधि संशोधन गरी कडाइ गर्ने भएको छ। मानव तस्करहरूले भिजिट भिषा दुरूपयोग गरी खाडी मुलुकमा घरेलु कामदार पठाउन थालेपछि सरकारले नयाँ कार्यविधिमार्फत कडाइ गर्न लागेको हो।  




नयाँ बनेको कार्यविधिमा बैंकको स्टेटमेन्टदेखि ट्राभल एजेन्सीलाई कारबाही गर्नेसम्मको प्रावधान समेटिएको छ। परिवारका सदस्यबीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात, कम्तीमा चार लाख रूपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आवद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रूपैयाँ बैंक मौज्दात रहेको स्टेटमेन्ट, आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण, दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण नपुगेका व्यक्ति भिजिट भिषामा जान पाउने छैनन्।

नयाँ कार्यविधि अनुसार तोकेका मुलुकमा भिजिट भिसामा भ्रमणका लागि हवाई टिकट लिनुपूर्व अध्यागमन विभागको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ। ‘पर्यटक भिसामा विदेश भ्रमणमा जान चाहने नेपाली नागरिकहरूले सोको स्वीकृतिका लागि विभागको अनलाइन प्रणालीमार्फत कम्तीमा सात दिनअघि निवेदन दिनुपर्नेछ,’ कार्यविधिमा उल्लेख गरिएको छ। ट्राभल एजेन्सीले टिकट लिनेबेलामा पनि उसलाई जिम्मेवार बनाउन गलत व्यक्ति भिजिट भिषामा जानबाट रोक्नका लागि जानुपूर्व नै त्यो व्यक्ति हो होइन भन्ने यकिन गर्नुपर्ने प्रावधान राखिएको छ।  

नेपालबाट विदेश प्रस्थान गर्ने हवाई टिकटको व्यवस्था मिलाउने ट्राभल एजेन्सीहरूले तोकिएका मुलुकमा पर्यटक भिसामा भ्रमणका लागि जाने नेपालीको टिकट व्यवस्थापन गर्नुपूर्व सो मुलुकमा भ्रमणका लागि स्वीकृत प्राप्त व्यक्ति हो वा होइन यकिन गर्नुपर्नेछ। आफ्नो ट्राभल एजेन्सीमार्फत नेपालबाट विदेशको भिजिट भिसामा प्रस्थान भएका नेपाली यात्रुलाई तोकिएको मितिमा नेपाल फर्काउने तथा सो कार्यको विभागलाई प्रतिवेदन दिने जिम्मेवारी सम्बन्धित ट्राभल एजेन्सीको हुने व्यवस्था गरिएको छ। साथै वैदेशिक रोजगारका लागि पर्यटक भिसामा विदेश गई गन्तव्य देशमा अलपत्र परेको सन्दर्भमा कुनै व्यक्ति तथा इजाजत प्राप्त संस्थाको संलग्नता रहेको व्यहोरासहितको उजुरी प्राप्त भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने भनी व्यवस्था गरिएको छ।  

गृह मन्त्रालयमा प्रवक्ता नयाँ कार्यविधि स्वीकृति भैसकेको बताए। ‘भिजिट भिषामा जसरी समस्या देखिएको छ त्यसको समाधानका लागि नयाँ कार्यविधि स्वीकृत भएको छ अब यही कार्यविधि अनुसार भिजिट भिषामा नागरिकहरू जानेछन्,’ प्रवक्ता पोखरेलले भने।  

नयाँ बनाइएको कार्यविधिमा सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेको अर्धसरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका केन्द्रीय पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारी र तिनका परिवारका सदस्य, सूचना संकलन तथा व्यवसाय न गर्न विदेश भ्रमणमा जाने पत्रकार तथा सञ्चार गृहका सञ्चालक, विशिष्ट योगदान पु¥याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त गरेका व्यक्ति, ज्येष्ठ नागरिक, नागरिक समाजका अभियन्ता तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र तिनका परिवारका सदस्यले पनि आवश्यक प्रमाण पेस गर्नुपर्नेछ।  

नियमित यात्रु, उच्च शिक्षा हासिल गरेका र विगतमा विदेश बसेका व्यक्ति र तिनका परिवारका सदस्य, पेसागत संघ तथा महासंघका पदाधिकारी र तिनका परिवारका सदस्य र वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनको लागि जाने म्यानपावर कम्पनीका सञ्चालक र वैदेशिक रोजगार विभागबाट स्वीकृति प्राप्त प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रतिनिधि, विदेशमा रहेका आफन्त बिरामी परेर विदेशस्थित नेपाली नियोगको सिफारिसमा कुरुवाको रूपमा सेवा गर्न जाने बिरामी वा निजको पति वा पत्नितर्फका बढीमा दुईजना आफन्तहरू भिजिट भिषामा जान पाउनेछन्।  

त्यस्तै, विदेशमा रहेका आफन्तको मृत्यु भएको अवस्थामा सोसम्बन्धी कामका लागि जाने मृतकका आफन्त, पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्य, विदेशमा रहेका आफन्त भेट्न जाने आफन्तका परिवारका सदस्य, नेपालमा आयात÷निर्यात गर्ने व्यावसायिक संस्थाका सञ्चालक, नेपालको कानुनअनुसार स्थापित संघ÷संस्थाका सञ्चालक, प्राज्ञिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी, शिक्षक र व्यवस्थापक, दक्ष रोजगारमूलक अन्तर्वार्ता, व्यावसायिक तालिम तथा अध्ययन भ्रमण, व्यावसायिक प्रदर्शनी, खेलकुद, फिल्म तथा गीत सुटिङ तथा कला÷सांस्कृतिक कार्यक्रममा जाने व्यक्तिहरू पनि जान पाउनेछन्।

त्यसैगरी, सञ्चारकर्मीहरूको हकमा पनि नयाँ व्यवस्था गरिएको छ। सूचना संकलन तथा व्यवसाय प्रवद्र्धन गर्न विदेश जाने पत्रकार तथा सञ्चार गृहका सञ्चालकले पनि कागाजात पेस गर्नुपर्ने छ। सूचना विभागबाट जारी भएको पत्रकार परिचयपत्र वा सञ्चार गृहले प्रदान गरेको सञ्चालक रहेको परिचय पत्र, सम्वद्ध सञ्चार गृहले प्रदान गरेको परिचयपत्र र आफू सम्वद्ध सञ्चार गृहले सूचना संकलनका लागि मनोनयन गरेको पत्र, दुईतर्फी हवाई टिकट र गन्तव्य मुलुकको होटलको वेबसाइट खुल्ने गरी होटल बुकिङको प्रमाण पनि पेश गर्नुपर्नेछ। नयाँ कार्यविधिले भिजिट भिषाको दुरूपयोग रोकिने अपेक्षा गर्दै मन्त्रालयले अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने गरी नयाँ कार्यविधि स्वीकृत गरेको हो।  

मानव तस्करहरूले ग्रामीण भेगका युवतीहरूलाई आकर्षक रोजगारको प्रलोभनमा भिजिट भिषामा दुबई र त्यहाँबाट अन्य मूलक पठाइरहेका कारण पनि मन्त्रालयले नयाँ कार्यविधि ल्याएको जनाएको छ।  

खाडीका देशमा बसेर कतिपय व्यक्तिले भिजिट भिसामा कामदार ओसार्न नेपालमा एजेन्ट नै राखेर पनि लैजाने गरेको भन्दै मन्त्रालयले यो कार्यविधिबाट समस्या नआउने जनाएको छ। यूएईसँग खाडीका अन्य देशमा समेत ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी र तिनैका प्रतिनिधि एजेन्टले भिजिट भिसाका नाममा रोजगारीमा कामदार पठाइरहेकाले यो कार्यविधिले ट्राभल एजेन्सीलाई पनि जिम्मेवार बनाउन खोजेको दाबी मन्त्रालयको छ।  

यसअघि मन्त्रालयका प्रवक्ता पोखरेलकै संयोजकत्वमा भिजिट भिसाका कारण सिर्जना भएको समस्याबारे अध्ययन कार्यदल बनेको थियो। सो कार्यदलले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरू अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका पोखरेलको नेतृत्वमा बनेको कार्यदलले कार्यविधि परिमार्जन गरेर भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाहरूको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो। अहिले बनेको नयाँ कार्यविधि सो कार्यदलले दिएको सुझावको आधारमा तयार भएको हो।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस