सशस्त्र प्रहरीको ताप्लेजुङ फुङलिङस्थित नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरले विपद् पूर्व तयारी र प्रतिकार्यबारे चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ। पहिलो चरणमा विद्यालय र क्याम्पसका शिक्षक तथा अभिभावक केन्द्रित अभिमुखीकरण सुरु गरिएको सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले जानकारी दिए।
बिपद्मा पनि बाढी–पहिरो,आगलागी र भूकम्पलाई बढी केन्द्रित गरी अभिमुखीकरण गराईने सप्रनाउ थापाले बताए। यी बाहेक चट्याङ,भूक्षय,अतिबृष्टी,अनाबृष्टी सहितका विपद् र यसबाट बच्न गर्नुपर्ने पूर्व तयारी र विपद्पछिको प्रतिकार्यबारे प्रभावित देखि विपद् उद्धारमा सक्रिय हुने निकाय सम्मको भूमिका प्रष्ट्याउने गरिन्छ। सोमबार लिटलबुद्ध इङ्लिस बोर्डिङ् स्कुलमा अभिमुखीकरण गराइएको छ। विद्यालयका प्रिन्पिसल युवराज गिरीले विद्यार्थीमार्फत गराईएको अभिमुखीकरण अभिभावक र आफ्ना सहयात्री सम्मलाई पुग्ने भएकोले अभियान प्रभावकारी हुने बताए।
प्याब्सनका पूर्व जिल्ला अध्यक्ष तथा ताप्लेजुङ बुद्ध ईङसिल बोर्डिङ स्कुलका प्रिन्सिपल ईन्द्र गुरुङले विपद् जोखिमका हिसाबले ‘उच्च’ क्षेत्रमा पर्ने ताप्लेजुङमा विपद् जोखिम विरुद्ध पूर्व तयारी र प्रतिकार्य योजना बारे जानकारी प्रेषित गर्ने कार्यलाई आवश्यकताका आधारित अभियान भनेर व्याख्या गरेका छन्। सप्रनाउ थापाका अनुसार यहाँका क्याम्पस तथा माध्यमिक बिद्यालयका विद्यार्थी,शिक्षक र अभिभावकलाई विपद् पूर्व तयारी,विपदका् कारण,प्रभाव,यसको न्यूनीकरणका उपाय र विपद् पछि गरिने राहत तथा उद्धारका कार्य बारे जानकारी गराइएको छ। ‘सबैभन्दा उत्तम त विपद्का घटना हुनै नदिन गर्नुपर्ने सावधानीका उपायबारे अनुशिक्षित गर्नु नै हो’, थापाले भने।
सम्भावित विपद् प्रभावित क्षेत्रको पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायलाई बढी जिम्मेवार र अग्रसर बनाउने जिल्ला विपद् व्यवस्थापन समितिको दीर्घकालिन योजना रहेको छ। ताप्लेजुङ सबैभन्दा बढी आगलागी र बाढी पहिरोका विपद्का घटनाले प्रभावित जिल्ला हो। सदरमुकाम फुङलिङको कोप्चे,गोसखान लाइन सहितका क्षेत्र अहिले आगलागीको जोखिममा छन्। प्रायस भिरालो जनिम रहको जिल्लाको अधिकाँस भूभागमा पहिरोको जोखिम रहेको छ भने नदी तथा खोला तटिय क्षेत्रहरु बाढीको समयमा जोखिममा हुने गर्छन्।