मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
०७ भदौ २०७९
•
१ मिनेट पाठ
मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।




प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।  

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै तीन लाख माग गरेकामा  एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो।  

रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए। प्रहरीले पक्राउ परेकासँग एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ। पक्राउ परेकामाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।  रासस
अर्को समाचार
कामक्ष्यदेवीका सञ्चालकद्वारा पाँच करोड ठगी
१० असोज २०७९
•
२ मिनेट पाठ
कामक्ष्यदेवीका सञ्चालकद्वारा पाँच करोड ठगी
प्रभावकारी नियमन अभाव र गलत क्षेत्रमा लगानीजस्ता कारणले सहकारीमा रहेका सदस्यहरूको बचत असुरक्षित बन्दो छ। शृंखलाबद्ध रूपमा पूर्वका मुख्य सहरहरूमा सहकारी संस्थाबाट बचतकर्ता असुरक्षित हुने क्रममा इटहरीको कामक्ष्यदेवीले पाँच करोडभन्दा बढी ठगी गरेको खुलेको छ।




पछिल्लो समय इटहरीमै एकपछि अर्को सहकारी संस्थाले सर्वसाधारणलाई ठगी गरिरहेका छन्। एक महिनाअघि इटहरी उपमहानगरपालिका ९ मा सञ्चालित थालनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा हिनामिना गरेको सार्वजनिक भएको थियो। लगत्तै कामक्ष्यदेवी सहकारी संस्थाले ठूलो संख्यामा रहेका बचतकर्ताको पैसा नदिएर ठगी गरेको छ।

इटहरीकै बचतकर्ता युवराज श्रेष्ठको १६ लाख रूपैयाँ डुबेको छ। उनले सहकारी संस्थाका अध्यक्ष अनिल गौतमले बचतकर्ताको पैसा अन्यत्रै लगानी गरेर सर्वसाधारणलाई ठगी गरेको दाबी गरे। कामक्ष्यदेवी बचत तथा ऋण सहकारी संस्थामा साना पसल सञ्चालन गर्नेदेखि ठूला व्यापारीले समेत पैसा जम्मा गरेका थिए। झन्डै आठ सय बचतकर्ताको रकम सहकारीले फिर्ता गरेको छैन।

सहकारीले रकम नदिएर सञ्चालक समितिका अध्यक्ष गौतमले यसअघि पनि पैसा तिर्ने म्याद राखेर गुजारेका थिए। पीडितले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसमक्ष आग्रह गरेपछि अध्यक्ष गौतमलाई मिलापत्र गर्ने सर्तमा डाकिएको थियो। पीडितले गौतम भेट्नासाथ आक्रोशित भएका थिए। त्यसपछि उनलाई प्रहरी कार्यालयमा जिम्मा लगाइएको छ।

बचतकर्ता संस्थाका अध्यक्ष गौतमले पाँच करोड ४५ लाख ५५ हजार १८३ रूपैयाँ ठगी गरेको रकम फिर्ता गर्नुपर्ने देखिन्छ। त्यसमध्ये तीन करोड ७६ लाख ३७ हजार ६ सय १६ रूपैयाँ मात्र ऋण लगानी भएको छ। बिनाधितो ऋण दिएका कारण लगानी फिर्ता आउने सम्भावना नभएको बचतकर्ताले बताएका छन्।

कामक्ष्यदेवी सहकारी संस्थाले राष्ट्रबैंकको नीतिविपरीत बिनाधितो पैसा लगानी गरेकाले सर्वसाधारणको पैसा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले सहकारीमार्फत ठगी गर्नेविरुद्ध कानुनी मुद्दा चलाइने तयारी भएको बताए।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस