मुर्कुचीदेखि १५ मिनटमै रौता पुग्ने सडक सिल्यान्यास
०६ भदौ २०७९
•
३ मिनेट पाठ
मुर्कुचीदेखि १५ मिनटमै रौता पुग्ने सडक सिल्यान्यास
सडक सिल्यान्यास कार्यक्रममा जनतासँग सांसद तथा नेता राई। तस्विरः महेश्वर
उदयपुरको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरी पुग्ने छोटो पक्की (कालोपत्रे) सडक निर्माण हुने भएको छ। त्रियुगा, उदयपुरगढी र रौतामाईको संगमस्थल मुर्कुचीदेखि रौतामाई गाउँपालिका ५ मा पर्ने रौतापोखरी जोड्ने साढे ७ किलोमिटर लामो सडकको आइतबार उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल) सिल्यान्यास गरे।




उदयपुरको मात्र नभएर प्रदेशकै महत्वपूर्ण, धार्मिक तथा पर्यटकीयस्थल बन्दै गएको रौतापोखरीमा चारैतिरबाट पर्यटक भित्र्याउने उदेश्यले सडक सञ्जाल पुर्‍याउने उदेश्य अनुसार यो छोटो सडक निर्माण थालिएको हो। जस अन्तर्गत मुर्कुचीको छौड्याहा खोलादेखि रौतापोखरी खण्डको नयाँ पक्की सडक निर्माण सुरु भएको हो।  

सत्तारुढ दलमध्येको एक नेकपा (माओबादी केन्द्र)का पोलिट्व्युरो सदस्यसमेत रहेका सांसद राईको पहलमा संघीय रणनीतिक सडक अन्तर्गत ४ अर्ब लागतको बहुवर्षीय योजनामार्फत काम सुरु भएको हो। जस अन्तर्गत चालुवर्ष २५ करोड ६५ लाख १२ हजार १ सय ३५ रुपैंया बजेटको ठेक्का गत असारमै लागेर सडक सिल्यान्यास भएको हो। मुर्कुचीदेखि तेलतेले हुँदै रौतापोखरी नजिकैको चौकीभन्ज्याङ जोडिने ७.५ किलोमिटर लम्बाईको सडकको चौडाई १० मिटर र कालोपत्रे ८ मिटर हुने निर्माण कम्पनी लामा–अजय–शम्भु जेवीले जनाउको छ।  

२ वर्ष ३ महिनाभित्र काम सकेर सडक हस्तान्तरण गर्ने गरी ०७९ असार २९ गते ठेकेदार कम्पनीले सरकारसँग सम्झौता गरे पछि साउनदेखि काम थाल्न लाग्दा वर्षा बाढीले सिल्यान्यासमा ढिलाई भएर १ महिनापछि गर्नूपरेको निर्माण कम्पनी प्रतिनिधि अजय राउतले बताए। उनका अनुसार अस्फाल्ट प्रबिधिको कालोपत्रेस हुने गुणस्तरीय सडक तोकिएकै म्यादभित्र बनाईसक्ने उदेश्ये ठेकेदार कम्पनीले लिएको छ।  

उक्त सडक बनेपछि मुर्कुचीदेखि १५ मिनटमा रौतापोखरीको दर्शन गर्न पुग्न सकिने रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए। अध्यक्ष मगरले हालको सडक मुर्कचीदेखि पुँवारे हुँदै रौतापोखरी जानुपर्दा अनेक घुम्तीयुक्त, लामो र स्तरोन्नति गर्नै नमिल्ने भएकाले अप्ठ्यारो र घण्टौँ समय लाग्ने गरेको बताए। छोटो सडक निर्माण गर्न आवश्यक बजेट र योजना ल्याईदिएकामा माओबादी नेता तथा संघीय सांसद राईलाई अध्यक्ष मगरले गाउँपालिकाको तर्फबाट धन्यबादसमेत दिए।  

रौतामाईका निबर्तमान अध्यक्ष गजेन्द्रबहादुर खड्काले यो सडक निर्माण हुने भएपछि धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरी पुग्न धेरै सहज हुने बताए। उनले हाल चालु मुर्कुची–पुँवारे–रौतापोखरी सडकलाई जत्ति मर्मत गरे पनि स्तरोन्नति गर्न नसकिने भएकाले यो सडक निर्बिकल्प रहेको बताए। निर्माण सुरु भएको सडकलाई छिटोभन्दा छिटो सक्न आग्रह गर्दै पूर्व अध्यक्ष खडुकाले योजना निर्माण भएपछि मुर्कुचीदेखि रौतापोखरी बीचमा पर्ने तेलतेले, आहाले, अँधेरीलगायत दर्जन गाउँबस्तीको जीवनस्तर उक्सने अपेक्षा गरिएको बताए।  

रौतामाई ७ मुर्कुचीका वडाध्यक्ष मनोज रानामगरले सडक निर्माण भएपछि मुर्कुचीदेखि रौतापोखरी १५ मिनट तथा गाईघाट र नेपालटारदेखि आधाघण्टा तथा चौदण्डीगढीको बेलटारबाट १ घटणमा पुग्न सकिने बताए। वडाध्यक्ष मगरका अनुसार सुनसरी र उदयपुरको सीमास्थल बेलका चतराबाट र सिन्धुलीको सीमा बजार कटारीबाट डेढघण्टामै पुग्न सकिनेछ। मदन भण्णडरी लोकमार्गसँग मुर्कुची जोडिएको हुनाले सुनसरी, भोजपुर, सिन्धुली, सप्तरी, सिराहा, ओखलढुंगालगायत जिल्लाबाट पनि रौतापोखरी घुम्ने पर्यटक तथा दर्शनार्थी आउन बढीमा ३ घण्टा खर्चे पुग्ने वडाध्यक्ष मगरले बताए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस