२४ लाख जरिवाना र कैद तोकिएका फरार पक्राउ
०६ भदौ २०७९
•
२ मिनेट पाठ
२४ लाख जरिवाना र कैद तोकिएका फरार पक्राउ
पक्राउ ३ परारहरु।
वर्षौंअघिदेखि फरार भइरहेका ४ जना अभियुक्तहरुलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएर सजाय भुक्तानीका लागि अदालतमा बुझाएको छ।




आइतबार एकै दिन पक्राउ पर्नेमा ३ जना वन मुद्दाका दोषी रहेका छन् भने एक जना सवारी मुद्दाका अभियुक्त हुन्। ८ वर्ष र ४ वर्षअघि वन र सवारी ज्यान मुद्दामा अदालतबाट दोषी करार भए पनि भाग्दै आएका फरारहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४ वर्षअघिदेखि फरार रहेका वन मुद्दाका अभियुक्त त्रियुगा नगरपालिका ५ दमौटीका ५२ वर्षीय बलबहादुर बस्नेत र सवारी ज्यान मुद्दाका अभियुत्तः त्रिनपा ४ का ३५ वर्षीय रोहित प्रधान छन्। बस्नेतविरुद्ध ०७५ साउन २९ गतेको अदालती फैसला अनुसार २० दिन कैद तथा १ लाख १ हजार २ सय ४८ रुपैयाँ जरिवानाको सजाय तोकिएको छ।

त्यस्तै ४ वर्षअघिदेखि नै फरार अर्का अभियुक्त प्रधानलाई अदालतको ०७५ असार ३ गतेको फैसला अनुसार २४ दिन कैद र २ हजार जरिवाना तोकिएको छ। ८ वर्षअघि नै अदालतले दोषी करार गरे पनि फरार रहँदै आएका त्रिनपा ५ दमौटीकै ४५ वर्षीय गोपाल भन्ने बुद्धिबहादुर राईविरुद्ध अदालतले १ महिला २५ दिन कैद र ९ लाख ६० हजार ५ सय ३३ रुपैयाँ जरिवाना तोकेको छ।

त्यसैगरी त्रियुगा ५ दमौटीकै ५९ वर्षीय पदमबहादुर भन्ने सिंहबहादुर राईलाई पनि अदालतले १ सय २५ दिन कैद र ९ लाख ६० हजार ५ सय ३३ रुपैयाँ नै जरिवाना तोकेको छ। उनीहरुविरुद्ध अदालतले क्रमशः ०७१ साउन २९ गते र ०७१ वैशाख ९ गतेको इजालसबाट फैसला गरी उक्त सजाय तोकेको हो।

पक्राउ चारै जनालाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालयमार्फत् सजाय भुक्तानका लागि सम्मानित जिल्ला अदालतमा बुझाइएको छ। प्रहरीबाट प्राप्त भएलगत्तै अदालतले पनि तुरुन्त कैद सजाय भुक्तानका लागि जिल्ला कारागार शाखा पठाएको प्रहरी कार्यालयका निमिक्त सूचना अधिकारी इन्सपेक्टर मोहन थापाले बताएका छन्।
अर्को समाचार
साढे ३५ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ
०६ पौष २०७८
•
१ मिनेट पाठ
साढे ३५ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ
प्रहरी नियन्त्रणमा परेका फरार अभियुक्त खड्का। तस्बिरः महेश्वर
वन मुद्दामा ४ वर्षअघिदेखि फरार यहाँका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। साढे ३५ लाख बिगोको फैसला गर्दै अदालतले दोषी करार गरे पनि फरार रहेका जिल्लाको उदयपुरगढी गाउँपालिका ६ का ५८ वर्षीय भक्तबहादुर खड्का सोमबार पक्राउ परेका हुन्।




वन मुद्दाका आरोपी खड्कालाई जिल्ला अदालत उदयपुरले उनलाई दोषी करार गर्दै ०७४ फागुन १५ गतेको फैसला अनुसार ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैदको सजाय तोकिएको छ। अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले खोजविनको क्रममा घरमै फेला पारेर नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।

विशेष सूचनाको आधारमा पक्राउ गरेर ल्याएलगत्तै सोमबार दिउसो नै खड्कालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतको जिम्मा लगाइएको छ। प्रहरीले विभिन्न मितिमा अदालतको फैसला अनुसार दोषी प्रमाणित भई कैद र जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गर्ने आदेश अनुसार उनलाई नियन्त्रणमा लिइएको हो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस