विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना
०४ भदौ २०७९
•
३ मिनेट पाठ
विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना
विद्यार्थीले चलाएको सवारी चेकजाँच गर्दै ट्राफिक प्रहरी। तस्बिर सौजन्य: काठमाडौं उपत्यका ट्राफिक कार्यालय
 उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।




कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुईपांग्रेकै दुर्घटनाबाट भएका थिए। यी १ सय १७ मध्ये ५८ जना दुईपांग्रेको ठक्करबाट मृत्यु भएका पैदलयात्रु हुन्।

यसरी दुर्घटनामा पर्नेहरूमा ज्यादातर १७ देखि ३५ वर्ष उमेर समूहका रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। त्यसमा पनि बढीजसो विद्यार्थी नै रहेको कार्यालयको अनुभव छ। यही अनुभवका आधारमा ट्राफिक कार्यालयले विद्यार्थी लक्षित सडक सुरक्षा योजना सुरु गरेको हो। झन्डै एक सातादेखि विद्यालय, कलेज र विभिन्न शैक्षिक प्रतिष्ठानको समयलाई ध्यानमा राखेर ‘विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ’लाई बढावा दिइएको छ।

हालसम्ममा झन्डै ३ सय विद्यार्थीलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्ट बताउँछन्। उनका अनुसार बिहीबार मात्रै १ सय १४ जना चालक कारबाहीमा परेका छन्।

‘विशेषगरी बिहानको ५ बजेदेखि ७ बजेको समयलाई फोकस गरेर हामीले यो अभियान चलाइरहेका छौं,’ उनले भने, ‘सुरुवातदेखि नै ठुलै मात्रामा विद्यार्थीहरूबाट ट्राफिक नियम उल्लंघनका घटना देखिएका छन्।’

यस्तोमा सवारी चालक अनुमतिपत्र प्राप्त नै नगरी साधन चलाउने, आवश्यक कागजपत्र साथमा नराख्ने, सवारी चलाउँदा लापरबाही गर्ने, क्षमताभन्दा बढी यात्रु चढेर हिँड्ने, तीव्र गतिमा हाँक्ने, हेल्मेट लगायत सुरक्षा सामग्री नलाउने, मदिरा र लागुऔषधजन्य पदार्थ सेवन गरेर सवारी चलाउनेलगायत प्रवृत्ति पाइएको एसएसपी भट्ट बताउँछन्।

‘बिल्कुलै रफ स्वरूप भेटियो। एक त किशोर उमेर छ, त्यसैमा पनि ट्राफिक नियमहरूप्रति पुरै लापरबाह रूप देखिएको छ। यसमा यो अभियान अत्यावश्यक देखिएको छ,’ उनी भन्छन्।

विद्यालयकेन्द्रित सचेतनामा जोड

यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षालाई ध्यान दिएर विद्यालय तथा कलेज केन्द्रित सचेतना कार्यक्रम पनि गर्दै आएको छ। यसमा विद्यालय तथा कलेजमै पुगेर सडक सुरक्षा, ट्राफिक नियमलगायत विषयमा विद्यार्थीलाई अभिमुखीकरण गर्ने गरिएको डिआइजी चौधरीले जनाइन्।

घटनाको दर देखेपछि अभियान

सडक दुर्घटनामा दुईपांग्रेको उच्च आँकडा र त्यसमा किशोर र युवा उमेर समूहका चालकहरूको भूमिका देखिएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेको कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मीरा चौधरीले बताइन्।

‘अघिल्ला आर्थिक वर्षको तथ्यांक हेर्दा एकदमै डरलाग्दो आँकडा देखियो। त्यसबाहेक अभिभावक र जनसमुदाय स्तरबाट पनि माग भएर आयो,’ उनले भनिन्, ‘त्यही कारण हामीले यो अभियान थालेका हौं।’

विद्यार्थीलाई सचेत र सावधान पार्दै अनुशासनमा राख्न सके काठमाडौं उपत्यकाको सडक दुर्घटना ह्वात्तै घटाउन सकिने पनि देखिएको उनको धारणा छ। ‘अक्सर विद्यार्थीहरू नै दुईपांग्रे चलाउँछन्। दुर्घटनामा उनीहरूको नै उपस्थिति बढिरहेको ट्रेन्डले पनि देखाउँछ। त्यसकारण विद्यार्थी लक्षित कार्यक्रम चलाएका हौं,’ उनले थपिन्। विद्यार्थीहरूलाई किशोर उमेरमै सवारी चालक अनुमतिपत्र नलिई सवारीसाधन नदिन अभिभावक पनि सतर्क हुनुपर्ने डिआइजी चौधरी बताउँछिन्। उनी भन्छिन्, ‘किशोर उमेरमा उनीहरूलाई त्यो रहर लाग्छ नै। तर अभिभावक नै सचेत हुनु जरुरी देखिन्छ।’

यसबाहेक नसालु पदार्थ सेवन गरेर सवारी चलाउने विद्यार्थीहरू देखिनु झन् खतरानाक अवस्था देखिएको एसएसपी भट्ट बताए। उनले भने, ‘एकाबिहानै नसा सेवन गरेर सवारी हाँक्ने विद्यार्थी पनि देखिए। यो निकै चिन्ताजनक विषय छ।’
अर्को समाचार
भारतको बेतालघाट दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै
२८ चैत्र २०८०
•
१ मिनेट पाठ
भारतको बेतालघाट दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै
सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ।  




दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु प्नि शव लिन नैनीताल पुगेका बताए।

‘अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ’,नैनीतालबाट प्रमोदले भने,‘शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ।’ उनले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल पुगिसक्ने जानकारी दिए। सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु,तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत रहेका छन्।

त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए। ‘मृतकका आफन्तहरु नैनीताल पुगेर हामीसँत नियमित सम्र्पक गरिरहनुभएको छ’,उनले भने,‘नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिङ्गो वडा नै शोकमा छ।’

वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरुको भारतमै उपचार भइरहेको छ।

सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो। घटनास्थल वरपर नै उनीहरु सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथेँ। सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरु जीप चढेको केही बेरमै दुर्घटना भएको थियो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस