‘लिफ्टिङ’ बाट पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम अन्तिम चरणमा
०१ भदौ २०७९
•
२ मिनेट पाठ
‘लिफ्टिङ’ बाट पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम अन्तिम चरणमा
भाद्र महिना भित्र ‘लिफ्टिङ’ प्रविधिबाट पूर्वकै पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्‍याउने कार्यको परीक्षण गरिने भएको छ।




‘लिफ्टिङ’ प्रविधिको काम सकिएको र विद्युतीकरणको काम समेत अन्तिम चरणमा पुगेकोले यहि महिना भित्र परीक्षण गर्ने योजना बनेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए। केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युत जडान कार्य अहिले काफ्लेपाटीबाट उकालो लागेको छ। काफ्लेपाटी पाथीभरा मन्दिर जान सवारी साधन पुग्ने अन्तिम केन्द्र हो। त्यहाँ अहिले केन्द्रीय प्रसारण लाइनकै विद्युत बल्छ।  

कार्यकारी निर्देशक काफ्लेका अनुसार अब विद्युत माथिल्लो फेदी हुँदै ‘लिफ्टिङ’ प्रविधिको अन्तिम पम्पिङ रहेको क्षेत्र नयाँ पाटी सम्म विद्युत जडान कार्य पूरा भएपछि परीक्षण गर्ने तयारी गरिएको काफ्लेले बताए। पम्पिङ प्रणालीका सबै कार्य पूरा भईसकेको र अन्तिम पम्पिङ क्षेत्रसम्म विद्युत पुग्ने बित्तिकै परीक्षण गर्न सकिने उनले जानकारी दिए। निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाका अनुसार काफ्ले पाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण भएको छ।

काफ्ले पाटी, बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी ६ वटा ट्याङ्की निर्माण भएको समेत उनले बताए। लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण रहेको छ। मटरपम्प जडान सहितका सबै कार्य पूरा भईसकेको थापाले जानकारी दिए। कूल ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ लागत रहेको यो आयोजना सहलगानीको आयोजना हो।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल सरकार अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो। कूल मध्ये नेपाल सरकारको ५ करोड ७५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ र पाथीभरा क्षेत्र विकास समितिको २ करोड ४६ लाख ३४ हजार ९ सय ८ रुपैयाँ सहलगानी रहेको छ। २०७७ साल असोज १८ गते यो आयोजना सञ्चालन सम्झौता भएको थियो। 
अर्को समाचार
पाथीभरा मन्दिरबाट संकलन भयो १ सय ८४ तोला सुन
१२ पौष २०८०
•
१ मिनेट पाठ
पाथीभरा मन्दिरबाट संकलन भयो १ सय ८४ तोला सुन
ताप्लेजुङको पाथीभरा मन्दिरबाट १ सय ८४ तोला सुन सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत पछिल्लो समय जम्मा भएको सुनचाँदी सहितको परिणाम सार्वजनिक गरेको हो।




जसअनुसार कुल १ सय ८४ तोला १ सय ३४ लाल सुन जम्मा भएको छ भने ९२ किलो ६ सय ५० ग्राम चाँदी जम्मा भएको छ। चाँदी भने रिफाइन नगरिएको अवस्थामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानकारी दिए।

उनका अनुसार ८५ तोला ८ लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको छ भने ९९ तोला १ सय २६ लाल सुन भने रिफाइन नगरिएको अवस्थामा रहेको छ।

पाथीभरा मन्दिरबाट संकलन भएको ६ हजार ५ सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्राम बराबर घण्टी भण्डारण भएको अवस्थामा रहेको समितिले जनाएको छ।

समितिले अहिले आफ्नो खातामा ८ करोड ३५ लाख २३ हजार ५ सय ४८ रुपैयाँ मौज्दात रहेको समेत जानकारी दिएको छ। यसमध्ये गत वर्षको अल्या ७ करोड ६७ लाख ६१ हजार ७ सय ६० रुपैयाँ रहेको थियो।

गत कार्तिक १ गतेदेखि मंसिर मसान्तसम्ममा ६८ लाख ११ हजार १ सय १० रुपैयाँ भेटी जम्मा हुन आएको समेत समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक हाङवाङले संकलन भएको भेटी रकममध्ये उल्लेखित रकम भने गणना हुन आएको रकम मात्र रहेको जानकारी दिए ।

‘पछिल्लो दुई महिनामा संकलन भएको रकममध्ये गणनामा स्थलमा ल्याएर गणना गर्ने र अर्को महिनामा सो सहितको विवरण सार्वजनिक गर्ने तयारीमा छौं’ उनले भने।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस