बिपद् जोखिम न्यूनीकरणको स्थानीयकरणका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्न थालिएको छ। नगरपालिकाका प्रमुख-उपप्रमुख,गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरु,बिषयगत शाखाका पदाधिकारी र कर्मचारीलाई लक्षित गरी अभिमुखीकरण सुरु गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयको वातावरण तथा बिपद् व्यवस्थापन शाखाका शाखा अधिकृत जयराम उप्रेतीका अनुसार अभिमुखीकरणमा स्थानीय तहले बिपद् व्यवस्थापनका बारे ऐन,नियम र कार्यविधिको तर्जुमा गरे-नगरेको देखि बिपद् पूर्वतयारी र प्रतिकार्य योजनाको अवस्था समेटिएको विश्लेषण गरिने छ। स्थानीय क्षेत्रमा हुनसक्ने सम्भावित बिपद्,जोखिमको अवस्था,जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने तयारी,प्रतिकार्य योजना,पूर्व तयारी र प्रतिकार्यका क्रममा प्रयोग हुने जनशक्ति र सामग्रीको व्यवस्थापन देखि लिएर जोखिम पहिचान समेतको अभिमुखीकरण भएको ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिइन्।
मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तरराष्ट्रिय सहायता नियोग(ग्क्ब्क्ष्म्÷द्यज्ब्)को सहयोग अन्तरगत अन्तराष्ट्रिय आप्रवासन संगठन(क्ष्इः–ग्ल् ःष्नचबतष्यल)मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसंगको सहकार्यमा कार्यक्रम अघि बढेको मन्त्रालयका शाखा अधिकृत उप्रेतीले जानकारी दिए। उनका अनुसार भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(ल्क्भ्त्),लुथरन वल्र्ड फेडेरेसन्(ीध्ँ) र प्राक्टिकल एक्सन् कन्सल्टेन्ट(एब्ऋ)ले अभिमुखीकरण सहजीकरण र सञ्चालन गर्नेछन्।