२४ घण्टादेखिको निरन्तर वर्षाका कारण उदयपुरको वैजनाथ खोलामा आएको बाढीले आईतबार एउटा ट्रक बगाएको छ। कटारी नगरपालिका ६ र ७ बीचमा पर्ने सोमबारेस्थित वैजनाथ खोलाको बाढीले आईतबार मध्यान्ह बागमति प्रदेश ०३–००१ ख २०६१ नं. को ट्रक बगाएको हो।
अघिल्लो दिनदेखि वर्षा भईरहेकाले उर्लेर आएको बाढीले खोलाछेउमा हिलोमा फसेको ट्रक बगाएर झण्डै २ सय मिटर तल खोला बीचमा पुर्याएको छ। ट्रक बगाएर खोला बीचमा पुर्याएपछि निकाल्नै नसक्ने गरी फसेको ट्रक मालिक फडिन्द्र केसीले बताए। गाईघाटका काष्ठ व्यवसायी केसीका अनुसार सो ट्रक अघिल्लो दिन रिस्कु लाने क्रममा हिलोमा फसेर निकाल्न नसकेपछि त्यहीँ छाडिएको थियो।
कटारी ७ का वडाध्यक्ष सुविन ढुंगानाका अनुसार स्थानीय सामुदायिक वन उपभोक्ता समूहले निकासी गरेको काठ, दाउरा लिन गएको ट्रक वैजनाथ खोलामा पुल नभएकाले खोला तर्ने क्रममा फसेको थियो। अघिल्लो दिन फसेको गाडी बेलैमा निकल्न नभ्याएका कारण बाढीले बगाएर क्षति बेहोर्नु परेको ढुंगानाले बताए।
गाडीधनी केसीका अनुसार१० चक्के ट्रक बाढीले बगाएर पूर्णरुपमा क्षति भएको अनुमान गरिएको छ। ७५ लाख मूल्य पर्ने गडी अहिले खोलामा डुबिरहेको र बाढी निरन्तर बढ्दो छ। आइतबार पनि विहानदेखि वर्षा भईरहेकाले गाडीमा थप क्षति पुग्ने सम्भावना रहेको केसीले बताए।
सोमबारेमा पक्की पुल नहुँदा वर्षेनी वैजनाथ खोलाको बाढीले स्थानीयलाई पिरोल्ने गरेको छ। पूर्व सांंसदहरु विष्णुबहादुर राउत, जगन्नाथ खतिवडा र नारायण कार्कीलाई पटकपटक त्यहाँ पुल हाल्न आग्रह गर्दा पनि त्यसप्रति कसैले चासो नदिएको भन्दै स्थानीयले गम्भीर गुनासो गरेका छन्। हालका सांसद सुरेशकुमार राई र प्रदेश सांसद कला घले मन्त्री हुँदा पनि पुल बनाउने कुराले प्राथमिक्ता नपाएको भन्दै स्थानीयले दःख व्यक्त गरेको साविक रिस्कु गाविसका पूर्व अध्यक्ष चक्रबहादुर राईले बताए।
उदयपुर निर्वाचन क्षेत्र नंं. २ का सांसद सुरेशकुमार राईले भने बैजनाथ खोलामा पक्की पुल निर्माण गर्न आफुले यसअघिदेखि नै सरकारसँग माग गरिरहेको बताए। बाढीले ट्रक बगाएको घट्नाप्रति दुःख व्यक्त गर्दै राईले सोमबारेमा चालु आर्थिक वर्षभित्रै पक्की पुल निर्माण गर्न आवश्यक बजेट छट्याउन पनि सरकारको ध्यानकर्षण गराएको बताए।
नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्यमेत रहेका सांसद राईले चालु संसद अधिवेशनमा पनि यो कुरा राखेर पुल निर्माण गर्न स्थलगत सर्भेक्षण र डिपिआरका लागि तत्काल प्राविधिक खटाउने व्यवस्था मिलाउन माग गर्ने प्रतिबद्धता जनाए।
सोमबारेमा मात्र नभएर वैजनाथ र अन्य खोला खहरेहरुमा पनि आवश्यक ठाउँमा पुल बनाउन आफू निर्वाचित भएर गएदेखि नै लागिरहेको तर, सरकारले ध्यान नदिएको उनको गुनासो छ।