प्रदेश १: नामाकरण विवाद जहाँको त्यहीं
१२ साउन २०७९
•
४ मिनेट पाठ
प्रदेश १: नामाकरण विवाद जहाँको त्यहीं
प्रदेश १ को नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन। मुख्यत: भौगोलिक आधारमा कि जातीय आधारमा प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा दलहरूबीचको  विवाद अझै पनि जहाँको त्यहीं छ।  




प्रदेशसभाको ५ वर्षे कार्यकाल सकिने समय नजिकिंदै गर्दा प्रदेश १ मा मुख्य दलहरूले प्रदेश १ को नामाकरण चालु अधिवेशनबाटै राख्ने बताउँदै आए पनि प्रदेशसभाको अधिवेशन टुंगिने अवस्थामा पुगिसके पनि दलहरू नामाकरणको विषयमा सहमति हुन सकिरहेका छैनन्। यसबीचमा बजेट पारित भइसकेपछि  प्रदेशसभाको बैठक स्थगित गरेर केहि दिन दलहरू प्रदेशको नामाकरणका लागि छलफलमा जुटे पनि प्रदेशसभा बैठकमा सांसदहरूको धारणाले  छलफलले कुनै परिणाम नल्याएको स्पष्ट देखिएको छ। प्रदेशसभामा नामाकरणको विषय औपचारिक छलफलमा नलगिए पनि प्रदेशसभाको शुन्य समय र विशेष समयमा बोल्ने सांसदहरूले आफ्नो पार्टीको पुरानै अडान यथावत राखेका छन्। 

एमालेका सांसदहरूले प्रदेशको नामाकरण जातीय आधारमा गर्ने नहुने अडान दोहोर्‍याए। प्रदेश सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद वसन्तीदेवी यादवले प्रदेशको नाम जातीय आधारमा राख्न नहुने धारणा राखिन्। यादवले जातीय विभेद नहुने गरी नामाकरण गर्न माग गरिन्। उनले प्रदेश १ मा एउटा मात्रै जातीको बाहुल्यता नभएकाले जातीय आधारमा नामाकरण उचित नभएको तर्क गरिन्। ‘जातियताबाट प्रदेशको नामाकरण गर्न प्रदेश १ मा एक जातिको मात्रै बाहुल्यता रहेको छ त?’ भन्ने प्रश्न गरिन्।  

सांसद सीतादेवी थेवे जवेगुले पहिचानको आधारमा प्रदेशको नामाकरण ‘लिम्बुवान–किराँत’ राख्न माग गरिन्। उनले लिम्बुवान–किराँत  जातीय नभई प्रदेश १ को पहिचान, संस्कृति र सभ्यता भएको दाबी गरिन्। सांसद शौभाग्यवती राईले विश्वका ठूला र विकसित देशहरूमा पनि  विभिन्न जातका आधारमा प्रदेशको नामाकरण गरिएको तर्क गरिन्।  देशका नेताहरूलाई संघियताको मर्मलाई  मनन गर्दै प्रदेशको नाम किराँत राख्न् माग गरिन्। ‘पौराणीक तथा ऐतिहाँसिक आधारमा हेर्दा प्रदेश १ को नाम किराँत राख्दा राम्रो हुन्छ’ उनले भनिन्।  

प्रदेशसभा बैठकमा नेकपा माओवादीका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद मोहनकुमार खड्काले किराँत कुनै जात नभएको भूगोल, पहिचान, सभ्याता र संस्कृति   भएको दाबी गरे। उनले धार्मीक, साँस्कृतिक र ऐतिहाँसिक आधारमा पनि प्रदेश १ को नामाकरण किराँत प्रदेश राख्नु उचित हुने तर्क गरे। तर, माओवादीका दुईतिहाइ त के बहुमत पनि नभएकाले एक्लैले नामाकरण गर्न नसक्ने भन्दै खड्काले माओवादीको बटमलाईन किराँत प्रदेश भए पनि मध्यमार्गी धारबाट सबैलाई समेट्ने गरी बहुपहिचानका आधारमा  किराँत–कोसी वा किराँत-सगरमाथा नामाकरणमा सहमति जनाउन अन्य दलहरूलाई आग्रह गरे।  

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले दलका तर्फबाट प्रदेशसभाको शुन्य समय वा  विशेष समय लिएर बोल्ने क्रममा सहमतिका लागि तयार हुने भन्दा पनि आफ्नो दलको अडानलाई यथावत राखे। दलहरू आ–आफ्नो अडानबाट टसको मस नभइरहेका वेला प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने कुनै पनि हालतमा प्रदेशको नाम किराँत हुनुपर्ने नभए राम्रो नहुने भन्दै विवादास्पद अभिव्यक्ती  दिएपछि सांसदहरूले प्रदेशसभामा मुख्यमन्त्रीको अभिव्यक्ति प्रति आपत्ती व्यक्त गरे। 

एमाले दलका तर्फबाट विशेष समयमा बोल्दै सांसद  हिमादेवी बस्नेतले मुख्यमन्त्रीको अभिव्यक्तिले पार्टीलाई गम्भीर बनाएको भन्दै संसदमा जवालफ दिन माग गरिन्। उनले मुख्यमन्त्रीले सार्वभौम संसदलाई चुनौति दिंदै विवादास्पद र आपत्तीजनक अभिव्यक्ति दिएको बताइन्। यस अघिका प्रदेशसभा बैठकमा पनि प्रतिपक्षी एमालेका सांसदहरूले मुख्यमन्त्रीको अभिव्यक्ति प्रति आपत्ती जनाउँदै संसदमा जवाफ दिन माग गरेका थिए।  

यता सत्तारुढ नेपाली कांग्रेसका संसदीय दलका नेता तथा गठबन्धनदलका उच्च स्तरिय संयन्त्रका संयोजक राजीव कोइरालाले प्रदेशको नामाकरणको विषयमा दलहरूको आ–आफ्नो अडान यथावत रहेको बताए। उनले कांग्रेसले नामाकरणको विषयलाई प्रकृयामा लगेर टुंगो लगाउन आग्रह गरे पनि सत्तारुढ अन्य दलहरूले सहमति गरेर मात्रै प्रदेशसभामा नामाकरणको प्रस्ताव लैजानुपर्ने धारणा राखेको बताए। 

कोइरालाले  साझा नामका विषयमा सबै दल लचक नभएसम्म प्रदेशको नामाकरणमा सहमति नहुने स्पष्ट पारे। कोइरालाले  सहमतिका लागि कांग्रेस लचक हुन तयार रहेको दाबी गरे। उनले भने, ‘यहि अधिवेशनबाट नामाकरण गर्न हामी लचकता अपनाउन तयार छौं, अरुले पनि अडान छाड्नुपर्‍यो।’ कोइरालाले प्रदेशको नामाकरणका लागि सहमति कायम गर्न संसद बैठक साउन १७ गते सम्मलाई स्थगित गरिएको र यो बीचमा दलहरूलाई सहमतिमा ल्याउन कांग्रेसले सर्वदलिय बैठक वोलाउने जानकारी दिए। उनले भने, ‘साउन १७ गते अघि नै नामाकरणमा सहमतिका लागि कांग्रेसले सर्वदलिय बैठक बोलाउँछ।’ कोइरालाले अहिले पनि दलका नेताहरूवीच प्रदेशको साझा नामका विषयमा औपचारिक र अनौपचारिक छलफल चलिरहेको बताए।  

प्रदेशको नामाकरण विषयमा नेकपा एमालेले कोसी प्रदेश प्रस्ताव गरेको छ। नेपाली कांग्रेसले प्तकोसी, माओवादीले किराँतको अडान छाडेर साझा नाम भन्दै कोसी–किराँत वा किराँत–सगरमाथा नामाकरण गर्न प्रस्ताव गरेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले बहु पहिचानका आधारमा नामाकरण गर्नुपर्ने बताउँदै आएको छ। 

एकल जातीय र भौगोलिक नामाकरणको अडानबाट पछि हट्दै दलहरू यतिवेला भौगोलिक  कि बहुपहिचान भन्ने विवादमा रुमलिएका छन्। प्रदेशको  नामाकरणको विषयमा दलहरूवी सहमति जुटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने मुख्य मन्त्री राजेन्द्र राई भने खराब नाम हुनुभन्दा नामाकरण नै नगर्नु उचि भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिंदै आएका छन्। उनले जातीय पहिचान वा बहुजातीय पहिचान बाहेकको भौगोलिकआधारका  नामलाई ‘खराब’  नाम भन्ने गरेका छन्। मुख्यमन्त्रीकैअडानका कारण सत्तारुढ गठबन्धनका दलहरूवीच पनि प्रदेशको नामका विषयमा सहमति हुन नसकेको स्रोतले बताएको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस