पोखरामा ठडिँदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’
०८ साउन २०७९
•
५ मिनेट पाठ
पोखरामा ठडिँदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’
पोखरा महानगरपालिका–६ बंगलादीमा ठडिँदै गरेको अतिथि अपार्टमेन्ट। तस्बिर: सन्तोष/नागरिक
कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रूपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो। तर, कतिपय व्यवसायीले कोरोनाको त्यही सकसलाई लगानीको अवसरमा बदल्ने प्रयास पनि गरिरहेका छन्। त्यसको उदाहरण हो–पोखरामा अतिथि समूहको लगानी।




पर्यटन र आवासलाई सँगसँगै लैजानेगरी यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। अतिथि समूहले पोखरामा सुविधासम्पन्न रिसोर्ट, रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ। यही समूहले अहिले ठुलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।

अपार्टमेन्टलाई आवासका साथै व्यावसायिक प्रयोजनमा उपयोग गर्ने यो समूहको योजना रहेको छ। अतिथि समूहले अहिले पोखरा महानगरपालिका–६ बंगलादीमा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटन व्यवसायमा उपयोग गर्ने योजना सञ्चालकको छ।

अतिथिका सञ्चालक भरतराज शर्माका अनुसार पाँच रोपनी क्षेत्रफलमा यो अपार्टमेन्ट बनिरहेको छ। यसमा भूइँतला बाहेक सातवटा तला छन्। तीनवटा फरक तहको अपार्टमेन्ट यसमा बन्नेछन्। ‘कोरोनाले सबैतिरको आर्थिक अवस्था शिथिल बनाएको बेला हामीले नयाँ सोचका साथ यो पूर्वाधार बनाउन थालेका हौं, बाहिरी संरचना करिब अन्तिम चरणमा पुगेको छ,’ शर्माले भने, ‘आगामी वैशाखसम्म सबै काम सक्ने लक्ष्य छ। १३ महिनादेखि यो भवन बनिरहेको छ। कोरोनाले पर्यटन क्षेत्रमा अधिक मार पारेको भएपनि हामीले भने लगानी अवसरको रूपमा बुुझेर यो क्षेत्रमा हात हालेका हाैं।’

उनका अनुसार यो स्वरूप र सोचको अपार्टमेन्ट विकसित मुलुकमा मात्र चल्तीमा छन्। आवासीय मात्र नभई व्यवसायिक प्रयोजनमा पनि प्रयोग हुने भएकोले यो अपार्टमेन्ट अन्यत्रको भन्दा फरक स्वरूपको रहेको उनले बताए। अन्यत्रका अपार्टमेन्ट आवासीय मात्र रहेकोमा यहाँ भने आवाससँगै तारे होटलको सुविधा दिनेगरि प्रयोगमा ल्याउन थालेको उनले बताए। उनका अनुसार एक, दुई र तीनवटा बेडरुमसहितको अपार्टमेन्ट यहाँ बन्नेछन। त्यसबाहेक पेन्टहाउस पनि तयार हुनेछ। पेन्टहाउस झनै सुविधासम्पन्न अपार्टमेन्ट रहेको उनले बताए। सबैखाले अपार्टमेन्टमा बेडरुम बाहेक, हल र भान्सा, लवी सहितका सुविधा पनि हुने उनले बताए। पेन्टहाउस भने भवनको सबैभन्दा माथिल्लो तलामा सुविधासम्पन्न बन्नेछ।  

‘आगामी चैतसम्म हामीले काम सक्ने लक्ष्य लिएका छौ। १३ महिनादेखि यसको काम भईरहेको छ,’ शर्माले भने, ‘निकै नै सुविधासम्पन्न र फरक शैली र उद्देश्य यो अपार्टमेन्टको रहेको छ।’ यसमा झन्डै ६५ वटा गाडी अट्ने पार्किङ, रेस्टुरेन्ट, ग्रोसरी, सभाहल, रूफटप पौडीपोखरी, बगैंचा लगायतका सुविधा हुनेछन्। सबैभन्दा फरक विशेषता भनेको यसलाई ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ को रूपमा उपयोग गर्ने तयारी लगानीकर्ताको रहेको छ।

शर्माका अनुसार ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ को यो नै नेपालको पहिलो अभ्यास हो। जहाँ ग्राहकले कुनै निश्चित अपार्टमेन्ट खरिद गर्छ। अपार्टमेन्ट धनी वर्षमा एकमहिना मात्र यहाँ बस्न पाउँछन्। बाँकी एघार महिना यो अपार्टमेन्टलाई होटलको रूपमा अतिथि समुहले नै संचालन गर्नेछ। अपार्टमेन्ट खरिद गरेका व्यक्तिले वर्षमा एकमहिना अग्रिम जानकारी दिएर आफ्नो अपार्टमेन्टमा बसोबास गर्न पाउनेछ। तर बाँकी एघार महिनासम्म भने होटलको रूपमा सञ्चालन हुनेछ।  

होटलको रूपमा अपार्टमेन्ट प्रयोगमा ल्याउँदा पाहुना बसेको आधारमा ६० प्रतिशत अपार्टमेन्ट धनी र बाँकी ४० प्रतिशत रकम अतिथि समूहले आम्दानी बाँड्नेछन। ‘हामीकहाँ यस्तो अभ्यास मात्र नभएको हो, नत्र अन्तर्राष्ट्रियसहरमा यो निकै नै पहिलेको चलन हो,’ शर्माले भने, ‘बाह्रैमास आवासको रूपमा यो अपार्टमेन्ट प्रयोग गर्ने होईन। अपार्टमेन्ट धनी नै वर्षमा बढीमा एकमहिना बस्न पाउनेछ। बाँकी एघारमहिना होटलको रूपमा चलाउनका लागि अतिथि समुहलाई नै दिनेछ।’ पहिलोचरणमा १० वर्षका लागि यस्तो सम्झौता हुने उनले बताए। होटलको रूपमा अपार्टमेन्ट प्रयोग गर्दा प्रयोग भएको आधारमा अतिथि समुहले आम्दानी बाँडफाँट गर्ने उनले बताए।  

‘यो अपार्टमेन्टलाई हामीले ‘होली–डे होम’को रूपमा उपयोग गर्न चाहेका हौ। बाह्रैमहिना बस्नेगरि यो अपार्टमेन्ट कसैले खरिद गर्ने छैन। किनकी यो बिदा मनाउन आँउदा बस्ने ठाउँ बनोस भन्ने हो,’ शर्माले भने, ‘अपार्टमेन्टधनीले यो अपार्टमेन्टबाटै कमाउन पनि सक्नेछन। बाह्रैमास बस्नेका लागि यो उपयुक्त हुँदैन।’ होटलको रूपमा प्रयोग गर्दा बाह्य पाहुनाले अपार्टमेन्टकै तोकिएको शुल्क तिर्नुपर्ने उनले बताए।  

‘पश्चिमा मुलुकमा यस्तो अवस्थाको अपार्टमेन्ट निकै नै पहिलेदेखि चलनमा आएको हो। तर, हामीकहाँ मात्र ढिला भएको हो,’ उनले भने, ‘हामीले उच्चवर्षका लगनाीकर्ता जसले पोखरालाई होलिडे होमको रूपमा बसोबास गर्न चाहन्छन, उनीहरूलाई नै लक्षित गरेका छौं।’ शर्मामा अनुसार अपार्टमेन्ट किन्दा धनीले सामुहिक आवास अन्तर्गत लगानी गर्छ, तर सञ्चालनको व्यवस्थापन भने अतिथि समूहले गर्ने उनले बताए। ‘यस्तो अपार्टमेन्ट अन्तर्राष्ट्रिय सहरको प्रडक्ट हो। पोखरा पर्यटकीय सहर भएकोले यो उपयुक्त हुने ठानेका हौ,’ उनले भने। यो अपार्टमेन्टका अधिकांशका कोठाबाट अघिल्तिरको फेवाताल, पुम्दीभुम्दीको शान्तिस्तुप, रानीवन र लेकसाइडको फुटट्र्याक देख्न सक्छन भने पछाडिपट्टिको हरियाली जंगल पनि यहाँको आकर्षण हो।

यो अपार्टमेन्ट बनाउन करिब एकअर्ब २५ करोड रूपैयाँ लाग्ने अनुमान शर्माको छ। खरिदकर्ताले एकबेड रुम सहितको अपार्टमेन्टको कम्तिमा एककरोड ६० लाख, दुइ बेडरुमको ३ करोड ५० लाख र ३ बेडरुमको ५ करोड २५ लाख तथा पेन्टहाउसको नौ करोड रूपैयाँ मुल्य पर्नेछ। बेडरुम र अपार्टमेन्टले ओगटेको क्षेत्रफल अनुसार पनि फरक फरक आकारको अपार्टमेन्ट रहेकोले मुल्य तलमाथि पर्न सक्ने उनले बताए। यो भवनमा सबैगरि ४९ वटा अपार्टमेन्ट रहेका छन।  

‘नेपाली उच्चवर्गका व्यक्तिलाई हामीले लक्षित गरेका हौ। नेपालका धेरै धरानीयालाई यो स्वरूपको अपार्टमेन्ट आवश्यक परेको छ,’ शर्माले भने, ‘अरूतिरका सबै अपार्टमेन्ट सामूहिक आवासमा मात्र उपयोग भईरहँदा हामीले फरक सोचका साथ काम गरेका हौ। यसले पोखरालाई पर्यटन र लगानीमैत्री सहरको रूपमा पनि चिनाउन सघाउनेछ।’ कोरोनाका कारण सबैतिरको लगानीबारे जोखिम उठिरहेपनि नयाँ स्वरूपले लगानी गरिरहेको उनले सुनाए।
अर्को समाचार
पोखरामा ठडिंदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’
०३ साउन २०७९
•
५ मिनेट पाठ
पोखरामा ठडिंदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’
पोखरा महानगरपालिका–६ बंगलादीमा ठडिँदै गरेको अतिथि अपार्टमेन्ट। तस्बिरः सन्तोष/नागरिक
कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रुपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो। तर, कतिपय व्यवसायीले कोरोनाको त्यही सकसलाई लगानीको अवसरमा बदल्ने प्रयास पनि गरिरहेका छन्। त्यसको उदाहरण हो–पोखरामा अतिथि समूहको लगानी।




पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। अतिथि समूहले पोखरामा सुविधासम्पन्न रिसोर्ट, रेस्टुरेन्ट संचालन गरिरहेको छ। यही समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।

अपार्टमेन्टलाई आवासका साथै व्यवसायिक प्रयोजनमा उपयोग गर्ने यो समूहको योजना रहेको छ। अतिथि समूहले अहिले पोखरा महानगरपालिका–६ बंगलादीमा सुविधासम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटन व्यवसायमा उपयोग गर्ने योजना संचालकको छ।

अतिथिका संचालक भरतराज शर्माका अनुसार पाँचरोपनी क्षेत्रफलमा यो अपार्टमेन्ट बनिरहेको छ। यसमा भूइँतला बाहेक सातवटा तला छन्। तीनवटा फरक तहको अपार्टमेन्ट यसमा बन्नेछन्। ‘कोरोनाले सबैतिरको आर्थिक अवस्था सिथिल बनाएको बेला हामीले नयाँ सोँचका साथ यो पूर्वाधार बनाउन थालेका हौ, बाहिरी संरचना करिब अन्तिम चरणमा पुगेको छ,’ शर्माले भने, ‘आगामि बैशाखसम्म सबै काम सक्ने लक्ष्य छ। १३ महिनादेखि यो भवन बनिरहेको छ। कोरोनाले पर्यटन क्षेत्रमा अधिक मार पारेको भएपनि हामीले भने लगानी अवसरको रुपमा बुझेर यो क्षेत्रमा हात हालेका हौं।’

उनका अनुसार यो स्वरुप र सोँचको अपार्टमेन्ट विकसित मुलुकमा मात्र चल्तीमा छन्। आवासीय मात्र नभई व्यवसायिक प्रयोजनमा पनि प्रयोग हुने भएकोले यो अपार्टमेन्ट अन्यत्रको भन्दा फरक स्वरुपको रहेको उनले बताए। अन्यत्रका अपार्टमेन्ट आवासीय मात्र रहेकोमा यहाँ भने आवाससँगै तारे होटलको सुविधा दिनेगरि प्रयोगमा ल्याउन थालेको उनले बताए। उनका अनुसार एक, दुई र तीनवटा बेडरुम सहितको अपार्टमेन्ट यहाँ बन्नेछ। त्यसबाहेक पेन्टहाउस पनि तयार हुनेछ। पेन्टहाउस झनै सुविधासम्पन्न अपार्टमेन्ट रहेको उनले बताए। सबैखाले अपार्टमेन्टमा बेडरुम बाहेक, हल र भान्सा, लवी सहितका सुविधा पनि हुने उनले बताए। पेन्टहाउस भने भवनको सबैभन्दा माथिल्लो तलामा सुविधासम्पन्न बन्नेछ।  

‘आगामि चैतसम्म हामीले काम सक्ने लक्ष्य लिएका छौ। १३ महिनादेखि यसको काम भईरहेको छ,’ शर्माले भने, ‘निकै नै सुविधासम्पन्न र फरक शैली र उद्देश्य यो अपार्टमेन्टको रहेको छ।’ यसमा झन्डै ६५ वटा गाडी अट्ने पार्किङ, रेस्टुरेन्ट, ग्रोसरी, सभाहल, रुफटप पौडीपोखरी, बगैंचा लगायतका सुविधा हुनेछन्। सबैभन्दा फरक विशेषता भनेको यसलाई ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ को रुपमा उपयोग गर्ने तयारी लगानीकर्ताको रहेको छ।

शर्माका अनुसार ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ को यो नै नेपालको पहिलो अभ्यास हो। जहाँ ग्राहकले कुनै निश्चित अपार्टमेन्ट खरिद गर्छ। अपार्टमेन्ट धनी वर्षमा एकमहिना मात्र यहाँ बस्न पाउँछन्। बाँकी एघार महिना यो अपार्टमेन्टलाई होटलको रुपमा अतिथि समुहले नै संचालन गर्नेछ। अपार्टमेन्ट खरिद गरेका व्यक्तिले वर्षमा एकमहिना अग्रिम जानकारी दिएर आफ्नो अपार्टमेन्टमा बसोबास गर्न पाउनेछ। तर बाँकी एघार महिनासम्म भने होटलको रुपमा संचालन हुनेछ।  

होटलको रुपमा अपार्टमेन्ट प्रयोगमा ल्याउँदा पाहुना बसेको आधारमा ६० प्रतिशत अपार्टमेन्ट धनी र बाँकी ४० प्रतिशत रकम अतिथि समूहले आम्दानी बाँड्नेछन। ‘हामीकहाँ यस्तो अभ्यास मात्र नभएको हो, नत्र अन्तर्राष्ट्रिय सहरमा यो निकै नै पहिलेको चलन हो,’ शर्माले भने, ‘बाह्ैमास आवासको रुपमा यो अपार्टमेन्ट प्रयोग गर्ने होईन। अपार्टमेन्ट धनी नै वर्षमा बढीमा एकमहिना बस्न पाउनेछ। बाँकी एघारमहिना होटलको रुपमा चलाउनका लागि अतिथि समुहलाई नै दिनेछ।’ पहिलोचरणमा १० वर्षका लागि यस्तो सम्झौता हुने उनले बताए। होटलको रुपमा अपार्टमेन्ट प्रयोग गर्दा प्रयोग भएको आधारमा अतिथि समुहले आम्दानी बाँडफाँड गर्ने उनले बताए।  

‘यो अपार्टमेन्टलाई हामीले ‘होली–डे होम’को रुपमा उपयोग गर्न चाहेका हौ। बाह्ै्रमहिना बस्नेगरि यो अपार्टमेन्ट कसैले खरिद गर्ने छैन। किनकी यो बिदा मनाउन आँउदा बस्ने ठाउँ बनोस भन्ने हो,’ शर्माले भने, ‘अपार्टमेन्ट धनीले यो अपार्टमेन्टबाटै कमाउन पनि सक्नेछन। बाहै्रमास बस्नेका लागि यो उपयुक्त हुँदैन।’ होटलको रुपमा प्रयोग गर्दा बाह्य पाहुनाले अपार्टमेन्टकै तोकिएको शुल्क तिर्नुपर्ने उनले बताए।  

‘पश्चिमा मुलुकमा यस्तो अवस्थाको अपार्टमेन्ट निकै नै पहिलेदेखि चलनमा आएको हो। तर, हामीकहाँ मात्र ढिला भएको हो,’ उनले भने, ‘हामीले उच्चवर्षका लगनाीकर्ता जसले पोखरालाई होलिडे होमको रुपमा बसोबास गर्न चाहन्छन, उनीहरुलाई नै लक्षित गरेका छौं।’ शर्मामा अनुसार अपार्टमेन्ट किन्दा धनीले सामुहिक आवास अन्तर्गत लगानी गर्छ, तर संचालनको व्यवस्थापन भने अतिथि समुहले गर्ने उनले बताए। 

‘यस्तो अपार्टमेन्ट अन्तर्राष्ट्रिय सहरको प्रडक्ट हो। पोखरा पर्यटकीय सहर भएकोले यो उपयुक्त हुने ठानेका हौ,’ उनले भने। यो अपार्टमेन्टका अधिकांशका कोठाबाट अघिल्तिरको फेवाताल, पुम्दीभुम्दीको शान्तिस्तुप, रानीवन र लेकसाइडको फुटट्रयाक देख्न सक्छन भने पछाडिपट्टिको हरियाली जंगल पनि यहाँको आकर्षण हो।

यो अपार्टमेन्ट बनाउन करिब एकअर्ब २५ करोड रुपैयाँ लाग्ने अनुमान शर्माको छ। खरिदकर्ताले एक बेडरुम सहितको अपार्टमेन्टको कम्तिमा एककरोड ६० लाख, दुइ बेडरुमको ३ करोड ५० लाख र ३ बेडरुमको ५ करोड २५ लाख तथा पेन्टहाउसको नौ करोड रुपैयाँ मुल्य पर्नेछ। बेडरुम र अपार्टमेन्टले ओगटेको क्षेत्रफल अनुसार पनि फरक फरक आकारको अपार्टमेन्ट रहेकोले मुल्य तलमाथि पर्न सक्ने उनले बताए। यो भवनमा सबैगरि ४९ वटा अपार्टमेन्ट रहेका छन।  

‘नेपाली उच्चवर्गका व्यक्तिलाई हामीले लक्षित गरेका हौ। नेपालका धेरै धरानीयालाई यो स्वरुपको अपार्टमेन्ट आवश्यक परेको छ,’ शर्माले भने, ‘अरुतिरका सबै अपार्टमेन्ट सामुहिक आवासमा मात्र उपयोग भईरहँदा हामीले फरक सोँचका साथ काम गरेका हौ। यसले पोखरालाई पर्यटन र लगानीमैत्री सहरको रुपमा पनि चिनाउन सघाउनेछ।’ कोरोनाका कारण सबैतिरको लगानीबारे जोखिम उठिरहेपनि नयाँ स्वरुपले लगानी गरिरहेको उनले सुनाए।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस