सदरमुकाम त्रियुगा नगरपालिकाले झण्डै ५ दर्जन करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको छ। अघिल्लो जनप्रतिनिधिको कार्यकालमा बिभिन्न मितिमा नियुक्त भएका २५ महिलासहति ५९ जना करार कर्मचारीको साउन १ गतेदेखि नगरपालिकाले म्याद नथप्ने निर्णय गरेको हो।
असार ३१ गतेको मितिमा जारी सूचना आईतबार विहान नगरपालिकाको सूचना पाटीमा टाँस भएपछि करार कर्मचारीमा खैलाबैला मच्चिएको छ। मेयर बसन्त बस्नेतको नगर प्रमुखस्तरीय निर्णय भन्दै कर्मचारीको म्याद नथपिने कुरा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालद्वारा जारी सूचनामा उल्लेख छ। सूचनामा ‘करार÷ज्यालादारी कर्मचारीको ०७९ साउन १ गतेबाट म्याद थप नहुने सम्बन्धमा’ भन्ने बेहोरामुनि कर्मचारीहरुको नाम र पद बिबरण खुलाइएको छ।
म्याद नथपिने कर्मचारीहरुमा प्रशासनदेखि खेलकुदसम्म गरी १२ शाखा र फाँटमा कार्यरत रहेका छन्। प्रशासनतर्फ २ जना कार्यालय सहयोगी, २ जना हलुका सवारी चालक, १ जना जेसिबी चालक, ७ जना सरसफाईकर्मी छन् भने परियोजनातर्फ महिला हिंसा कार्यक्रम संयोजक अञ्जु राईसहित ८ जना, सामी परियोजना कार्यक्रम संयोजक जयन्तीकला तामाङ र प्रशासन तथा बित्त अधिकृत मनिता चौधरीसहित १० जना छन्।
त्यसैगरी, सहरी पूर्वाधार विकासतर्फ इन्जिनियर अनिल पुर्वे र ३ जना सब इन्जिनियर र २ जना सुपरभाईजर, खेलकुदतर्फ कार्यालय सचिव उदय राई, फुटबल र बक्सिङ प्रशिक्षक २ जनाको पनि म्याद थप नहुने सूचनामा उल्लेख छ। न्यायिक समितितर्फ कानुनी परामर्श विज्ञद्वय कृपाराम चौधरी र अनिल खड्का तथा सहायकस्तर पाँचौ महेश पौडेल, कृषि विकास शाखाका ३ जना र पशु सेवा विकासतर्फ १ जना नायव प्राविधिक सहायकको पनि म्याद नथपिने उल्लेख छ।
अन्य म्याद नथपिने कर्मचारीमा बत्ती विद्युृततर्फ १ जना सवइलेक्ट्रीकल इन्जिनियर र १ जना इलेक्ट्रीसियन, सिमेन्ट निकासी कर संकलक २ जना, जग्गा व्यवस्थापनतर्फ ३ जना अभिलेख सहायक, कम्प्युटर सहायक र कार्यालय सहयोगी गरी ५ जना छन्। त्यस्तै बरुवा बसपार्क व्यवस्थापक र हेरालुको पनि म्याद नथपिने सूचनामा उल्लेख छ।
आईतबार विहान कार्यालय आएका कतिपय कर्मचारी सूचना पाटीमा म्याद नथपिने लिस्टमा आफ्नो नाम देखेपछि बिलखबन्दमा परे। सँधैजसो १० बजे कार्यालय आउँदा म्याद नथपिने लिस्टमा नाम देखेपछि ढोकाबाटै फर्केका कर्मचारीहरु सहकर्मीलाई फोन गरेर खवर आदानप्रदान गरेका थिए।
त्रियुगा नगरपालिकाल करार तथा ज्यालादारी ५९ कर्मचारीको म्याद नथप्ने निर्णय गर्दा पनि त्यत्ति नै अझ त्यो भन्दा बढी बाँकी रहेको प्रशासन शाखाका सहायक उमेश घिमिरेले बताए। उनका अनुसार झण्डै सवा ३ सय कर्मचारी कार्यरत नगरपालिकामा सबै शाखा गरी झण्डै १ सय २० जना स्थायी कर्मचारी छन् भने तत्कालीन वडा सहायक भई हाल सहायकस्तर चौथो तहमा रहेका अस्थायी कर्मचारीको संख्या २० जना रहेको छ।
आयोजना÷परियोजनातर्फ सामी, प्रधानमन्त्री रोजगार कार्यक्रम, ओसिएमसी, लघु उद्यम, बहुक्षेत्रीय पोषण र पञ्जिकरणमा कार्यरत कर्मचारी सबै करारका रहेको घिमिरेले बताए। ती सबैमा गरी ज्यालादारी २४ जना कार्यरत छन् भने करार सेवामा १ सय २० को हाराहारीमा रहेको घिमिरेले बताएका छन्।
मेयर बस्नेतले नगरपालिकालाई नावश्यक्त्रताभन्दा बढी कर्मचारीको म्याद नथप्ने निर्णय गरेको बताए। नगरपालिकालाई आमदानीभन्दा बढी खर्च हुने गरेको र अनावश्यक संख्यामा रहेका करार र ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरेको बस्नेतले बताए। आउँदो कार्यपालिका बैठकले सो निर्णय अनुमोदन गर्ने पनि मेयर बस्नेते बताएका छन्।