प्रहरीले लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। उदयपुर र सप्तरीको सीमानाका बेलका नगरपालिका १ बानडाँडाबाट प्रहरीले अवैध लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा बेलका नगरपालिका ५ का २७ वर्षीय प्रदिप बस्नेत, २४ वर्षीय सुदिप राई र चौदण्डीगढी नगरपालिका २ का २१ वर्षीय ठगिन्द्र मगर रहेको इलाका प्रहरीले जनाएको छ। लागूऔषध ओसारपसार भईरहेको भन्ने गोप्य सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको प्रहरी टोलीले शनिबार राति पौने ८ बज उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट टामाडोल नामक लागूऔषध ४ सय ९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल (थान), फेनार्गन २४ एम्पुल, फउरिमाईन ३ एम्पुल, लिजेपिक २१ एम्पुल र सिरिञ्ज १ थान बरामद भएको छ। बरामद लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।