सर्वोच्च अदालत लगायत देशभरका केही अदालतमा आज मुद्दाको पेसी तोकिएका छैनन्। सर्वोच्च अदालतमा आज एउटा एकल इजलास मात्रै तोकिएको छ।
एकल इजलासले बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेरेको छ। केही उच्च अदालत र जिल्ला अदालतमा मुद्दाका पेशी नै तोकिएनन् भने केहीमा एकादुई इजलास तोकिएका छन्।
नयाँ आर्थिक वर्षको शुरुवात भएकाले मुद्दाको जिम्मेवारी, लगत व्यवस्थापनका लागि तीन दिन बन्दी प्रत्यक्षीकरणका मात्रै मुद्दा हेर्ने सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले बताए। ‘आज, भोलि र पर्सि एकल इजलासले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरिनेछन्। चार गतेदेखि मुद्दा हेर्न थालिनेछ’, उनले भने, ‘नयाँ आर्थिक वर्षको शुरुवात भएकाले जिम्मेवारी सार्ने, मुद्दाको लगत अद्यावधिक गर्नका लागि इजलास तोकिँदैनन्।’
अदालतका मुद्दाका आन्तरिक व्यवस्थापन, बाँकी रहेका फैसला लेखनलाईसमेत ध्यान दिँदै अदालतमा साउन महिनामा केही दिन पेशी नतोक्ने चलन पूरानै हो।