इलामका होटलमा हुर्किएन ‘हस्पिटालिटी’
३२ असार २०७९
•
६ मिनेट पाठ
इलामका होटलमा हुर्किएन ‘हस्पिटालिटी’
इलाम बजार।
पर्यटकीय जिल्ला इलाममा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तथा व्यवसायीको क्षमता विकासमा भएको समय र बजेट खर्च हिसाब गर्ने हो लामै समय लाग्ला। कतिपय खर्चको त हिसाब–किताब नै नआउन पनि सक्ला। तर, यतिको ‘लगानी’ गरेर पनि यहाँ आएका पर्यटक र सरोकारवालाले पर्यटनको आधारभूत आवश्यकतामा प्रायः गुनासो गरिरहनु चाहिँ विडम्बना बनिरहेको छ।




गाडीमा चढ्दा गाडी स्टाफबाट र होटलमा खाँदा–बस्दा होटल स्टाफबाटै हस्पिटालिटी (सत्कार) नपाएको अनुभव पर्यटकले गरिरहेका छन्। सदरमुकामलगायत पर्यटकीय क्षेत्रका ठूला भनिएका केही होटलमा समेत पर्यटकमाथि अपमानजनक व्यवहार गरिएको गुनासो बारम्बार आउने गरेको छ। केही महिनाअघि कन्यामको एक ठूलो भनिएको होटलमा बास बसेका विराटनगरका पाहुना बिहान उठेर चिया खाइरहेका बेला होटलका कामदारको व्यवहार देखेर ‘छक्क’ परे।

बसेर चिया पिइरहेका बेला कसिंगर बढार्दै होटल कामदारले उनीहरूलाई बसिरहेको ठाउँबाट उठाइन्। ‘चिया पिइरहेका बेला धुलो उडाउँदै बढार्न थालिएपछि हामी त्यहाँ बस्न सकेनौं,’ ती युवकले सुनाए, ‘इलामको दृश्य मनमोहक छ तर होटलवालाको व्यवहार चाहिँ सुधार्नुपर्ने रहेछ।’ त्यही होटलमा करिब छ महिनाअघि एउटा कार्यक्रम आयोजना गरिएको थियो। दिउँसो १ बजे आयोजना गरिएको कार्यक्रम १ घन्टाजतिमा सकियो।

आयोजकका अनुसार कार्यक्रममा सहभागीको संख्याअनुसार बिहानै खाजा–चिया ‘अर्डर’ गरिएको थियो। तर, कार्यक्रम सकिएर पनि करिब १ घन्टापछिमात्र खाजा–चिया बन्ने खबर पाएपछि आधाभन्दा बढी सहभागी खाजै नखाइ उठेर हिँडे। करिब एक तिहाई सहभागीले होटलको व्यवस्थापनप्रति आक्रोसित हुँदै खाजा–चिया खाइदिए।

साताअघि इलाम सदरमुकामकै एक होटलमा पश्चिमी जिल्लाबाट पर्यटक आए। राति करिब २ बजे होटलमा आइपुगेका पर्यटकले दिउँसो बुक गरेअनुसार होटलका कोठामा बेड पाएनन्। ‘त्यसबारे गुनासो गर्दा होटलका कामदारले जस्तो छ, त्यस्तैमा सुत्नुहोस्। यतिबेला अब कहाँ तपाइँले खोजेजस्तो भेटिन्छ? भन्ने जबाफ दिए,’ ती पर्यटकले भने, ‘चियाबारीको सौन्दर्यले घेरिएको होटल हेर्दा जति सुन्दर छ, त्यसभित्र पर्यटकलाई गर्ने व्यवहार चाहिँ ज्यादै रुखो रहेछ।’

सुनसरीबाट इलाम घुम्न आउँदा बिर्तामोडबाट इलामको जिप चढेका पर्यटक सुनील यादवले इलामका पर्यटकीयस्थलबारे चालकबाट जानकारी लिन खोजे। तर, चालकले बताउन चाहेनन्। ‘म गाडी चलाउने मान्छेलाई केको पर्यटकीयस्थल सोध्नुभएको?’ उनले चालकबाट पाएको जबाफ सुनाए, ‘झर्किंदै ती चालकले कन्याम, अन्तुहरू त होला नि भनेर थप बोल्न चाहेनन्!’ यो जवाफ पाएर सुनील छक्क परे।

‘इलाममै गाडी चलाउने मान्छेलाई इलामकै बारेमा सामान्य जानकारी छैन, म इलाम घुम्न आएको नयाँ मान्छे हुँ भन्दाभन्दै पनि इलामको बारेमा जानकारी छैन भन्न पनि कति उनी निकै झर्किए,’ सुनीलले गुनासो गरे, ‘कमसेकम पर्यटकीय जिल्लामा त गाडी चालकले पनि आफ्नो जिल्लाबारे केही न केही जानकारी राख्नुपर्ने हो।’ ती चालकले तोकिएभन्दा बढी भाडा आफूबाट लिएको र ‘बरु ओर्लिनुहोस् तर भाडा यही हो’ भन्ने जवाफ फर्काएको पनि सुनीलले सुनाए।

इलाम चारैतिर सुन्दर छ। पहिलोपटक घुम्न आएका पर्यटक त यहाँको सौन्दर्यमा रमाउने नै भए, पटक–पटक आउनेलाई पनि इलामको सौन्दर्यले धीत मर्दैन। तर, जब पर्यटक यहाँका सवारीका साधन, होटल र अन्य सेवाप्रदायकसँग ठोक्किन्छन्, सोचेजस्तो व्यवहार र सत्कार पाइरहेका छैनन्। घुम्न आएका पर्यटक प्रायः इलामबाट फर्किंदा गुनासो गर्न थालेका छन्।

एक नम्बर प्रदेशका पर्यटन व्यवसायी महिलालाई दिइने तालिमको सहजीकरण गर्न आएकी महिला पर्यटन व्यवसायी मञ्चकी संस्थापक सल्लाहकार तथा पोखराकी पर्यटन व्यवसायी देवका पहारीले इलाम भन्नेबित्तिकै पोखराबासीले पनि अधिक सौन्दर्यको कल्पना गर्नेगरेको बताइन्। ‘तर, यति भएर पनि इलाममा कतिपय स्थानमा पूर्वाधार विकास गर्नु आवश्यक रहेछ,’ उनले भनिन्, ‘अर्काे महत्वपूर्ण कुरा चाहिँ पर्यटकले खोज्ने भनेकै आतिथ्य सत्कार हो, त्यो अभाव भयो भने पर्यटन खल्लो हुन्छ।’

उनले होटल सुविधासम्पन्न हुनुपर्नेभन्दा पनि पर्यटकले चाहिँ त्यहाँ सेवा दिने तरिका र आफूप्रति गरिने व्यवहार हेर्ने उनले जनाइन्। ‘पोखरा र इलामको तुलना गर्दा, पोखरामा कसरी पर्यटकलाई खुसी पार्न सकिन्छ भन्ने हेरिन्छ,’ उनले भनिन्, ‘इलाममा चाहिँ यहाँ जस्तो छ, त्यसैमा पर्यटक खुसी हुनुपर्छ भन्ने व्यवहार म आफैंले पनि भोग्नुपर्‍यो। यसमा सुधार गर्नु आवश्यक छ।’ पर्यटकलाई दिइने सेवा–सुविधा प्रायः होटलहरूको एउटै हुने तर सेवा दिने तरिका चाहिँ फरक–फरक हुने भन्दै उनले पर्यटक खुसी हुने या नहुने भन्ने सेवाप्रदायकको व्यवहारमै भर पर्ने जनाइन्। 

यस्तै पोखराबाटै आएकी जमुनावर्षा शर्माले इलाम प्राकृतिक हिसाबले जति सुन्दर भएपनि पर्यटकमैत्री व्यवहारको केही अभाव देखेको बताइन्। ‘इलाम आउने पर्यटकलाई यहाँ लामो समय टिकाउने, पुनः घुम्न आउने र अरूलाई समेत इलाम घुम्न प्रोत्साहित गर्नेगरी इलामबासीले व्यवहार गर्नु दिगो पर्यटन प्रवर्द्धको उपाय हो,’ पर्यटन व्यवसायी महिलालाई दिइएको तालिमको सहजीकरण गर्ने क्रममा उनले भनिन्, ‘जो–कोही पर्यटक सोझै ठोक्किने यातायातका साधन र होटलले चाहिँ पर्यटकलाई गरिने व्यवहारमा खुब चनाखो हुनुपर्छ।’

जिल्लाका होटल, यातायात व्यवसायीआवद्ध संघ–संस्थामात्र होइन, सरकारी–गैरसरकारी निकायले पनि सेवाप्रदायकलाई पर्यटकप्रति गर्नुपर्ने व्यवहारबारे तालिम, प्रशिक्षण नदिएका होइनन्। तर, तीमध्ये थोरैले मात्र व्यावहारिक रूपमा आफूले सिकेको सिप र ज्ञान कार्यान्वयन गर्नेगरेको त्यसै क्षेत्रका अगुवासमेत स्वीकार्छन्।

होटल एसोसिएसन जिल्ला अध्यक्ष देवी पौडेल होटलहरूले आतिथ्य सत्कार सुधारर्नु आवश्यक रहेको बताउँछन्। ‘इलामजस्तो पर्यटकीय जिल्ला घुम्न आएका पर्यटकले सत्कार नपाउनु दुःखद् हुन्छ,’ उनले भने, ‘पर्यटकलाई जति र जसरी व्यवहार गर्नुपर्ने हो, त्यति भएको छैन।’ उनले एसोसिएसन र व्यवसायी पर्यटकमैत्री व्यवहारमा चनाखो रहेपनि सोचेजति सुधार्न नसकेको बताए। ‘आफूले दिने सेवा र सुविधा राम्रो बनाउने प्रयास त सबै व्यवसायीले गरेकै छन् तर कहिलेकाही पर्यटकको गुनासो आउने गरेको छ,’ उनले भने, ‘पर्यटकको स्तर, चाहना र आवश्यकता होटलले थाहा नपाएर पनि कहिलेकाही समस्या हुनेगरेको छ।’

अध्यक्ष पौडेलले एसोसिएसन र विभिन्न संघ–संस्थाले पर्यटकलाई गरिने आतिथ्य सत्कारबारे तालिम, गोष्ठी, प्रशिक्षण, सेमिनारलगायत कार्यक्रम गरिहेको बताए। तर, स्थानीय सरकारले चाहिँ पर्यटन क्षेत्रको विकास गर्ने नीति लिएपनि त्यसअनुसार बजेट र कार्यक्रम नराख्दा सोचेजति काम गर्न नसकेको उनको भनाइ छ।

‘पर्यटन प्रवर्द्धनका लागि सरकारी क्षेत्रबाट होटल व्यवसायीलाई प्रोत्साहन र श्रमिकका लागि क्षमता विकास आवश्यक हुन्छ,’ उनले भने, ‘ती कार्यक्रम कम भएरै होटल क्षेत्रमा दक्ष श्रमिक अभाव छ।’ सदरमुकाम क्षेत्रका १ सय २० होटलमा तालिमप्राप्त होटल श्रमिकको संख्या ६० हाराहारी छ। जिल्लाभर ४ सय २० हाराहारी होटल रहेपनि तालिमप्राप्त होटल श्रमिकको संख्या चाहिँ न्यून रहेको एसोसिएसनले जनाएको छ।

यातायात क्षेत्रले पनि व्यवसायी र श्रमिकलाई पर्यटकप्रति गर्नुपर्ने सत्कार तथा व्यवहारबारे सचेत गराउने गरेको छ। तर, बेला–बेला सवारी साधनमा कार्यरत श्रमिकको व्यवहारबारे गुनासो आउने गरेको पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिका कार्यालय सचिव सुमन काफ्ले बताउँछन्।

‘हामीले श्रमिकलाई कहिलेकाही पर्यटकलाई गर्नुपर्ने सत्कार र व्यवहारबारे प्रशिक्षण दिनेगरेका छौं,’ उनले भने, ‘तर, त्यति भएर पनि बेला–बेला गुनासो आउँछ, दुवै पक्षलाई सम्झाइ–बुझाइ गर्छाैं।’ उनले सवारी चालक त्यसका स्टाफलाई प्रालिले पटक–पटक सचेत गराउनेगरेको बताए।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस