स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु–टावर
३० असार २०७९
•
३ मिनेट पाठ
स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु–टावर
पर्यटकलाई धेरैभन्दा धेरै दृश्य देखाएर लोभ्याउन बनाइएको इलामको भ्युटावर पछिल्लो समय सरकारी खर्चमै ‘कुरूप’ बनाइएको छ। गेटमै पैसा तिरेर भ्युटावर चढेका पर्यटक रमाएर होइन, जेलभित्र छिरेको अनुभव सुनाउँदै फर्किंदै छन्।  




पाँचतले भ्युटावरको सबैभन्दा माथिल्लो तला पर्यटकले दृश्यावलोकन गर्ने मुख्य तला हो। तर, यसको वरिपरि स्टिल रेलिङ थपिएपछि पर्यटकले परिपरिको दृश्य देख्न पाएका छैनन्। ‘सुरक्षा’को हवाला दिँदै प्रशासनले दृश्यावलोकन गर्ने तलाकै परिपरि बाक्लो बेरा गर्न दबाब दिएपछि इलाम नगरपालिकाले स्टिल रेलिङ लगाएको हो।  

मुख्य दृश्यावलोकन गर्ने स्थानमै बाक्लो रेलिङ भएपछि पर्यटकले न बाहिरको दृश्य हेर्न सकेका छन् न तस्बिर/सेल्फी खिच्न नै। यहाँ आएका एक पर्यटकले इलाम बजारको पृष्ठभूमिमा तस्बिर खिच्न खोज्दा स्टिल रेलिङ मात्रै आएको बताए। ‘अहिलेसम्म दर्जनौं भ्युटावर चढियो होला तर जेलजस्तो भ्युटावर चाहिँ इलामकै मात्र देखियो,’ उनले भने, ‘परिपरि किन यतिसारो बारबेरा गर्नुपरेको हो ?’  

पर्यटक मात्र होइन, इलामको भ्युटावर चढ्ने जो–कोहीलाई अहिले यही अनुभव हुन थालेको छ। वरपर इलाम बजार, टाढा–टाढाका गाउँ, उच्च पहाड, तराईलगायत दर्जनौं सौन्दर्य देखिने भ्युटावर रेलिङकै कारण कुरूप बनेको पोखराबाट पर्यटन विकासको अनुभव सुनाउन इलाम आएकी जमुना वर्षा शर्माले बताइन्। ‘इलामको यो ठाउँ आएर जुन उत्साहले पर्यटक भ्युटावर चढ्छ, माथि पुगेपछि चाहिँ खिन्न हुनेरहेछ,’ उनले भनिन्, ‘यहाँबाट हेर्दा वरिपरिका दर्जनौं दृश्यले मन लोभ्याउनेरहेछ, हेरिरहँु लाग्ने दृश्य भ्युटावरबाट देखिने रहेछ तर परिपरि लगाइएको रेलिङले चाहिँ सबै दृश्य कुरूप बनाएको रहेछ।’  

उनले पर्यटकीय पूर्वाधार बनाउँदा पर्यटक त्यो पूर्वाधारबाट कति खुसी र सन्तुष्ट हुन्छ भन्ने सोच्नुपर्ने बताइन्। उनले आफूले पनि भ्युटावरबाट इलामको सोचेजस्तो तस्बिर खिच्न नपाउँदा दुःख लागेको सुनाइन्।  

भ्युटावरमै भेटिएकी महिला पर्यटन व्यवसायी मञ्चकी संस्थापक सल्लाहकार देवका पहारीले पनि भ्युटावरबाट देखिने सौन्दर्य अगाडिपट्टिको रेलिङले छोपिदिएको बताइन्। ‘रेलिङ कटाएर कतैबाट फोटो खिच्न नसकिने रहेछ, यो संरचना (भ्युटावर) राम्रो रहे पनि रेलिङले चाहिँ सौन्दर्य छोपेजस्तो भयो।’  

२०६८ सालमै बनाउन थालिएको भ्युटावरको निर्माण केही वर्षअघि मात्र सम्पन्न भएको हो। इलाम नगरपालिकाको करिब ७१ लाख रूपैयाँ खर्चेर बनाइएको भ्युटावरको सबैभन्दा माथिल्लो तलामा सुरुमा हाफ (आधा) रेलिङ मात्र थियो। तर, निर्माण सम्पन्न भएको केही समयपछि ‘असुरक्षित’ भएको भन्दै दृश्य देखिने मुख्य ठाउँमै तत्कालीन प्रमुख जिल्ला अधिकारीको दबाबमा रेलिङ थपिएको हो।  

इलाम नगरपालिकाका एक प्राविधिकले प्रशासनको चर्काे दबाब आएपछि प्राविधिक स्टिमेटभन्दा बाहिर गएर रेलिङ थप्नुपरेको बताए। ‘हामीले रेलिङ थप्दा सौन्दर्य छोपिने भएकाले सुरुमा त नथप्ने अडान लियौं। तारन्तर प्रशासनको चर्काे दबाब आएपछि अनावश्यक ठाउँमा रेलिङ थप्न बाध्य भयौं,’ उनले भने, ‘धेरै रेलिङ लगाएर भ्युटावर कुरूप बनाउन हुँदैन भन्ने थाहा भए पनि दबाब खेप्न सकिएन।’ उनले थपिएको रेलिङ जति भत्काउँदा नै त्यहाँबाट राम्रो दृश्यावलोकन गर्न सकिने बताए। ‘सुरक्षाको जोखिम हुन्छ भन्दैमा खोला–पोखरी, अग्ला घर सबैतिर रेलिङ र जाली हाल्न सम्भव हुन्छ र !’ ती प्राविधिकले भने, ‘भ्युटावर पनि असुरक्षित थिएन। थप रेलिङले कुरूप भएको भन्ने पर्यटकको गुनासो सत्य हो।’
अर्को समाचार
स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु-टावर
२९ असार २०७९
•
३ मिनेट पाठ
स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु-टावर
पर्यटकले दृश्यावलोकन गर्ने मुख्य तल्लामै रेलिङ थपिएको इलामको भ्युटावर। तस्बिर: भीम/नागरिक
पर्यटकलाई धेरैभन्दा धेरै मनोरम दृश्य देखाएर लोभ्याउन बनाइएको इलामको भ्युटावर पछिल्लो समय सरकारी खर्चमै ‘कुरूप’ बनाइएको छ। गेटमै पैसा तिरेर भ्युटावर चढेका पर्यटक रमाएर होइन, जेलभित्र छिरेको अनुभव सुनाउँदै फर्किँदै छन्।  




पाँच तल्ले भ्युटावरको सबैभन्दा माथिल्लो तल्ला  पर्यटकले दृश्यावलोकन गर्ने मुख्य तल्ला हो। तर, यसको वरिपरि स्टिल रेलिङ थपिएपछि पर्यटकले परिपरिको दृश्य देख्न पाएका छैनन्। ‘सुरक्षा’को हवाला दिँदै प्रशासनले दृश्यावलोकन गर्ने तल्लाकै परिपरि बाक्लो बेरा गर्न दबाब दिएपछि इलाम नगरपालिकाले स्टिल रेलिङ लगाएको हो।  

मुख्य दृश्यावलोकन गर्ने स्थानमै बाक्लो रेलिङ भएपछि पर्यटकले न बाहिरको दृश्य हेर्न सकेका छन्, न तस्बिर/सेल्फी खिच्न नै। यहाँ आएका एक पर्यटकले इलाम बजारको पृष्ठभूमिमा तस्बिर खिच्न खोज्दा स्टिल रेलिङमात्रै आएको बताए। ‘अहिलेसम्म दर्जनौं भ्युटावर चढियो होला तर जेलजस्तो भ्युटावर चाहिँ इलामकै मात्र देखियो,’ उनले भने, ‘परिपरि किन यतिसारो बारबेरा गर्नुपरेको हो ?’  

पर्यटकमात्र होइन, इलामको भ्युटावर चढ्ने जो–कोहीलाई अहिले यही अनुभव हुन थालेको छ। वरपर इलाम बजार, टाढा–टाढाका गाउँ, उच्च पहाड, तराईलगायत दर्जनौं सौन्दर्य देखिने भ्युटावर रेलिङकै कारण कुरूप बनेको पोखराबाट पर्यटन विकासको अनुभव सुनाउन इलाम आएकी जमुना वर्षा शर्माले बताइन्। ‘इलामको यो ठाउँ आएर जुन उत्साहले पर्यटक भ्युटावर चढ्छ, माथि पुगेपछि चाहिँ खिन्न हुनेरहेछ,’ उनले भनिन्, ‘यहाँबाट हेर्दा परिपरिका दर्जनौं दृश्यले मन लोभ्याउनेरहेछन्, हेरिरहँु लाग्ने दृश्य भ्युटावरबाट देखिनेरहेछ तर परिपरि लगाइएको रेलिङले चाहिँ सबै दृश्य कुरूप बनाएको रहेछ।’  

उनले पर्यटकीय पूर्वाधार बनाउँदा पर्यटक त्यो पूर्वाधारबाट कति खुसी र सन्तुष्ट हुन्छ भन्ने सोच्नुपर्ने बताइन्। उनले आफूले पनि भ्युटावरबाट इलामको सोचेजस्तो तस्बिर खिच्न नपाउँदा दुःख लागेको सुनाइन्।  

भ्युटावरमै भेटिएकी महिला पर्यटन व्यवसायी मञ्चकी संस्थापक सल्लाहकार देवका पहारीले पनि भ्युटावरबाट देखिने सौन्दर्य अगाडिपट्टिको रेलिङले छोपिदिएको बताइन्। ‘रेलिङ कटाएर कतैबाट फोटो खिच्न नसकिने रहेछ, यो संरचना (भ्युटावर) राम्रो रहेपनि रेलिङले चाहिँ सौन्दर्य छोपेजस्तो भयो।’  

२०६८ सालमै बनाउन थालिएको भ्युटावरको निर्माण केही वर्षअघिमात्र सम्पन्न भएको हो। इलाम नगरपालिकाको करिब ७१ लाख रुपैयाँ खर्चेर बनाइएको भ्युटावरको सबैभन्दा माथिल्लो तल्लामा सुरुमा हाफ (आधा) रेलिङमात्र थियो। तर, निर्माण सम्पन्न भएको केही समयपछि ‘असुरक्षित’ भएको भन्दै दृश्य देखिने मुख्य ठाउँमै तत्कालीन प्रमुख जिल्ला अधिकारीको दबाबमा रेलिङ थपिएको हो।  

इलाम नगरपालिकाका एक प्राविधिकले प्रशासनको चर्काे दबाब आएपछि प्राविधिक स्टिमेटभन्दा बाहिर गएर रेलिङ थप्नुपरेको बताए। ‘हामीले रेलिङ थप्दा सौन्दर्य छोपिने भएकाले सुरुमा त नथप्नै नै अडान लियौं। तारन्तर प्रशासनको चर्काे दबाब आएपछि अनावश्यक ठाउँमा रेलिङ थप्न बाध्य भयौं,’ उनले भने, ‘धेरै रेलिङ लगाएर भ्युटावर कुरूप बनाउन हुँदैन भन्ने थाहा भएपनि दबाब खेप्न सकिएन।’ उनले थपिएको रेलिङजति भत्काउँदा नै त्यहाँबाट राम्रो दृश्यावलोकन गर्न सकिने बताए। ‘सुरक्षाको जोखिम हुन्छ भन्दैमा खोला–पोखरी, अग्ला घर सबैतिर रेलिङ र जाली हाल्न सम्भव हुन्छ र !’ ती प्राविधिकले भने, ‘भ्युटावर पनि असुरक्षित थिएन। थप रेलिङले कुरूप भएको भन्ने पर्यटकको गुनासो सत्य हो।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस