नेपालगन्जका मुस्लिम समुदायले आइतबार धुमधामका साथ बक्राईद मनाइरहेका छन्। यो मुस्लिम समुदायको दोस्रो ठूलो चाड हो। बक्राईद विशेषगरी मासुको परिकार खाने पर्वका रुपमा पनि चिनिन्छ।
बक्राईदको अवसरमा आइतबार बिहान नेपालगन्जका मुस्लिम समुदायले सामूहिक रुपमा नमाज पढेका छन्। उनीहरूले स्थानीय विपी चोकस्थित ईदगाहमा पुगेर नमाज पढेका हुन्। सो क्रममा शुभकामना आदान प्रदान गर्ने ब्यक्तिहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो।
सामूहिक नमाज पढ्न तथा शुभकामना आदान प्रदान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, निवर्तमान प्रमुख डा. धवलसम्शेर राणा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवालगायत ईदगाह परिसरमा पुगेका थिए।
बक्राईदको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा समेत दिएको छ।