अघिल्लो दिन चट्याङ लागेर घाइते भएका उदयपुरका एक युवकको निधन भएको छ।
मंगलबार चट्याङ लागेर घाइते भएका जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईका रोशन चौधरीको उपचारको क्रममा निधन भएको हो। खेतमा रोपाइँका लागि काम गर्दै गर्दा भारी वर्षासँगै परेको चट्याङ लाग्दा २५वर्षीय चौधरी गम्भीर घाइते भएका थिए।
बाबु गुरुदेव चौधरीका अनुसार घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलटारले उद्धार गरी उपचारार्थ सप्तरीको फत्तेपुर लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टम गरी आफन्त्लाई जिम्मा दिने तयारी भईरहेको प्रहरीले जनाएको छ।