भेरी अस्पतालका व्यवसायिक संरचना हटाउने बाटो खुल्यो
२० असार २०७९
•
२ मिनेट पाठ
भेरी अस्पतालका व्यवसायिक संरचना हटाउने बाटो खुल्यो
व्यवसायिक संरचना भत्काएपछि खाली भएको भेरी अस्पताल अगाडीको क्षेत्र। तस्बिर: अर्जुन/नागरिक
नेपालगन्जस्थित भेरी अस्पतालको स्तरवृद्धि गर्नका लागि ब्यवसायिक संरचना हटाउने बाटो खुलेको छ। अस्पतालले करिव ९ महिनाअघि जीर्ण संरचना हटाउन सुरु गरेको थियो। अस्पताल विकास समितिले जीर्ण संरचना हटाउन खोज्दा तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास समक्ष रिट निवेदन दर्ता भएपछि बीचमै रोकिएको थियो।




अस्पतालले आधाभन्दा बढी संरचना भत्काइसकेको अवस्थामा बीचमा रोकिएपछि सबै योजना अलपत्र परेको थियो। विकास समितिले संरचना हटाउन खोज्दा अन्तरिम आदेश माग गर्दै रेडक्रस सोसाइटी बाँके शाखा र चिकित्सक संघ भेरी शाखा अदालत समक्ष पुगेका थिए। अदालतले हालै उक्त रिट निवेदनलाई खारेज गरिदिएपछि ब्यवसायिक संरचना हटाउने बाटो खुलेको हो। यसअघि पनि अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन मानेको थिएन।  

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल अदालतले रिट निवेदन खारेज गरेसँगै ब्यवसायिक संरचना हटाउन बाटो खुलेको बताए। रेडक्रस र चिकित्सक संघका ती ब्यवसायिक संरचनामा होटल तथा पसल सञ्चालनमा छन्। रेडक्रसको ब्यवसायिक भवनको पछाडी रक्तसञ्चार केन्द्रको अर्को भवन जोडिएको छ। ‘अदालतको आदेश आएसँगै चिकित्सक संघले सहज रुपमा आफ्नो संरचना हस्तान्तरण गरिसकेको छ, अब रेडक्रसले पनि सहज रुपमा हस्तान्तरण गर्नेमा हामीलाई विश्वास छ,’ धितालले भने। रेडक्रस बाँकेको नेतृत्वसँग पनि यस विषयमा छलफल चलेको उनले बताए। अस्पतालको जग्गामा निर्मित उक्त भवनलाई संघले हालै हस्तान्तरण गरेको थियो। चिकित्सक संघले नेपालगन्जको सुर्खेत रोडस्थित आफ्नो छुट्टै भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ। भेरी अस्पतालको जमिनमा दशकौं अघि चिकित्सक संघ र रेडक्रसको ब्यवसायिक संरचना बनाइएको थियो। अस्पतालको स्तरवृद्धि गर्ने क्रममा अहिले जीर्ण अवस्थामा रहेका ती भवन भत्काउन खोजिएको हो।  

तत्कालिन अस्पताल विकास समितिले रेडक्रस र चिकित्सक संघलाई उपयोग गर्न मात्र जग्गा दिएको थियो। ‘सकभर रेडक्रससँग पनि सहमतीमै अगाडी बढ्ने पक्षमा छौं, तोडफोड गरेर विवाद ल्याउने पक्षमा हामी छैनौं,’ समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने। सबै संरचना हटिसकेपछि अगाडी पट्टी पर्खाल लगाउने अस्पताल विकास समितिको तयारी छ। उनले भने, ‘चिकित्सक संघले सहमतीमा आएर आफ्नो संरचना हस्तान्तरण गरिसक्यो, रेडक्रसलाई हामीले कहिले सम्म कुरेर बस्नुपर्ने हो ?’ अस्पतालले रेडक्रसको रक्तसञ्चार केन्द्रको भवनलाई भने नचलाउने श्रेष्ठले सुनाए।  

रेडक्रस बाँकेले भने आफ्ना ब्यवसायिक संरचना भत्काउने हो भने बिरामीलाई अत्यावश्यक पर्ने रक्तसञ्चार सेवा नै बन्द हुने तर्क गर्दै आएको छ। रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले आफुहरु अस्पतालको विकास विरोधी नभएको बताए। ‘हामी विकास विरोधी होइनौं, रेडक्रसलाई आयस्रोत आउने खालको केही दिनुपर्यो मात्रै भनेका छौं,’ उनले भने ‘उच्चले निवेदन खारेज गरिदिएपनि चित्त नबुझेको अवस्थामा माथी(सर्बोच्च) सम्म जाने ठाउँ बाँकी नै छ, तर हामी सकभर अब मुद्दा मामिला गर्ने पक्षमा छैनौं।’  

भेरी अस्पतालले ब्यवसायिक संरचना हटाउन खोजेपनि अस्पतालसँग कुनै नक्सा र योजना नभएको रेडक्रस सभापति सम्झनाको आरोप छ। रक्तसञ्चार सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म भौतिक संरचना भत्काउन कठिनाई हुने उनले दोहोर्‍याए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस